समाचार
१३ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँको गिरावट आएको हो । मंगलबार छापावल सुनको मूल्यको प्रतितोला तीन सयले सस्तिएर ८० हजार झरेको छ भने तेजावी सुनको मूल्य ७९ […]
१३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नेतृत्व आगामी ६ चैतदेखि खाली हुँदैछ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी नरहेको बेला गभर्नरको नियुक्ति हात पार्न आकांक्षीहरुको दौडधुप तीव्र देखिएको छ । गभर्नरका आकांक्षीमा राष्ट्र बैंकका सञ्चालक, बहालवाला डेपुटी गभर्नरदेखि नेपाल सरकारका पूर्वप्रशासक […]
१३ फागुन, काठमाडौं । चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, […]
१३ फागुन, काठमाडौं । गत असार १८ को गुणस्तर परिषदको बैठकले ३३ ग्रेड ओपीसी सिमेन्टको गुणस्तर परिमार्जन गर्ने निर्णय गर्यो । नेपाल गुणस्तर परिषदका अध्यक्ष एवं तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नेपाल गुणस्तर २०४९ दोस्रो पुनः परीक्षण अनुसार ओपिसी सिमेन्टअन्र्तगतका ३३, ४३ र ५३ ग्रेडका सिमेन्टका गुणस्तर परिमार्जन गर्ने निर्णय […]
१३ माघ, ललितपुर । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा ललितपुरका स्थानीयले मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् । ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो । सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम […]
१३ फागुन, काठमाडौं । सेनानी (मेजर) रेखा खत्री भक्तपुरको नलिञ्चोकको सैनिक परिवारमा हुर्किइन् । नलिञ्चोक गाउँमा उनका ठुलोबुबा र काका मात्र नभई अधिकांश परिवारका कोही न कोही सैनिक सेवामा थिए । त्यसैको प्रभाव पनि होला, रेखा खत्रीलाई सानैबाट नेपाली सेनाको पोशाक मन पर्थ्यो । २०६० सालमा सिनामंगलको नोबेल कलेजबाट ‘प्लस टु’ दिएर बसेको बेला उनलाई […]
१३ फागुन, रोल्पा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी जनयुद्धका बेला आवासका रुपमा प्रयोग गरेको रोल्पाको राङसीस्थित घर र आसपासका क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ । प्रचण्ड स्थानीय लालबहादुर घर्तीको घरमा ०६१ वैशाखदेखि २०६१ फागुन ३ गतेसम्म पत्नी सीता र छोरा प्रकाशसहित बसेका थिए । त्यहाँ सेनाले आक्रमण गर्दैछ भन्ने सूचना […]
१३ फागुन, काठमाडौं । ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स प्राइभेट लिमिटेड, […]
१३ फागुन, काठमाडौं । सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । उनले संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् । ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ,’ उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली […]
१३ फागुन, काठमाडौं । लिग लिडर लिभरपुलले प्रियिमर लिगमा कीर्तिमानी जित हात पार्दै उपाधि हाेड बनाएकाे छ । साडियाे मानेले गरेकाे निर्णायक गाेलमा लिभरपुलले सोमबार राति वेस्टह्यामलाई ३-२ ले पराजित गरेकाे हाे । यस सिजन अपराजित रहेकाे लिभरपुलकाे याे लगातार १८ औं जित हाे । लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी […]
१२ फागुन, काठमाडौं । कोरोना माहामारीका कारण नेपाल-चीन व्यापारका मुख्य नाका एक महिनादेखि ठप्प छ । तर, माघमहिनासम्म दुई देशबीचको व्यापार भने गत वर्ष भन्दा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको व्यापार तथ्यांक अनुसार नेपाल र चीनबीच गत वर्षको समीक्षा अवधिमा भन्दा १० अर्ब ५८ करोड रुपैयाँ बढीकोे व्यापार […]
१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुममा आइतबार मनाएको जन्मदिनको तरंग पोखरासम्म पुगेको थियो । सामाजिक सञ्जालमा आलोचना र बहस चलिरहेको थियो । यसले नेकपाका नेता- कार्यकर्तालाई पनि नछुने कुरै भएन । पोखरा सभागृहमा सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै थियो । प्रशिक्षणलाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गरे । प्रशिक्षण […]
१२ फागुन, जनकपुरधाम । लोकसेवा आयोगले कर्मचारी भर्नाका निम्ति विज्ञापन आह्वान गरेपछि प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ३ मा आयोगलाई पत्र लेख्दै भर्ना रोक्न आग्रह गरेका थिए । प्रदेशमा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने भएकाले प्रदेशका १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन […]
१२ फागुन, काठमाडौं । श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका – ५ घर भई काठमाडौं बस्ने शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा प्रहार गरेका हुन् । घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्रहार गरेका उनले रोक्न […]
१२ फागुन, काठमाडौं । ‘यो यती होल्डिङ्स, मानिलिउँ हाम्रो कुनै एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि, केही हो कि भनेजसरी व्याख्या हुने गरेको छ,’ १५ माघमा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘म एकदम खुलस्त भन्न चाहन्छु, व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनौं । अहिलेको सरकार भ्रष्टाचारका पछाडि, […]
१२ फागुन, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ । गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको आयोगले जनाएको छ । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले […]
१२ फागुन, काठमाडौं । काठमाडौंको कलंकीमा सोमबार साँझ ठूलो दुर्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले १२ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकको ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको थियो । त्यसपछि अनियन्त्रित बनेको ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी […]
१२ फागुन, विराटनगर । भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार राति तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको सोमबार बुढी खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो […]
१२ फागुन,काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले किरात सुनुवारले लगाउने जाली रुमाल राज्यको सम्पत्ति भएकाले यसको संरक्षण राज्यबाटै हुनुपर्ने बताएका छन् । सुनुवार सेवा समाजका पूर्वअध्यक्ष तथा भाषा संस्कृति विज्ञ लोकप्रिय सुनुवारको कृति ‘मुल्केम मुक्दुम’को सार्वजनिक गर्दै सांसद सुनुवारले भाषा संस्कृति तथा पहिचान जोगाउन समुदायमात्र नभएर राज्यको भूमिका हुनुपर्ने बताए । सुनुवार […]
१२ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा एक्लै संलग्न नरहेको दाबी गरेका छन् । यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले छानविन गर्न माग गरेका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले […]
१२ फागुन, हेटौंडा । वागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला सहभागिता शून्य रहेको भन्दै सत्तापक्षकै महिला सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपाका महिला सांसदहरुले संविधानको भावना विपरीत प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको भन्दै सरकारको आलोचना गरेका हुन् । सांसद सरस्वती बाटीले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी प्रावधान वागमती प्रदेशको मन्त्रिपरिषद्मा नदेखिएको […]
from समाचार – Online Khabar https://ift.tt/3c7hDZ6
via IFTTT