Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

न्युजिल्याण्डसँग भारत १० विकेटले पराजित

काठमाडौं । फास्ट बलरले सानदार प्रदर्शन गर्दा घरेलु टोली न्युजिल्याण्डले भारतविरुद्धको पहिलो टेष्ट १० विकेटले जितेको छ । दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दोस्रो इनिङ्समा १.४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो । न्युजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रतासमेत लिएको छ । टेष्ट च्याम्पियनसिपमा […]

उपत्यकाका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १ गम्भीर

१२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । ललितपुरको बालकुमारीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेका […]

भारत आउँदै ट्रम्प, विपक्षी कांग्रेसले उठायो प्रश्न

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् । उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले […]

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

१२ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो […]

छापामा आज : कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्माको जन्मोत्सव र संविधान संशोधनका लागि नेकपाले बनाएको कार्यदलले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, गोकुल बास्कोटाको अडियो छानबिनका लागि अख्तियारले देखाएको अग्रसरता, सेक्युरिटी प्रेस खरिदमा विमल पौडेलले खेलेको भूमिकालगायत विषयबारे पनि पत्रपत्रिकाहरूले चर्चा परिचर्चा गरेका छन् । ‘कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव’ शीर्षकमा नयाँ पत्रिकाले आज ब्यानर […]

संकटमा फस्यो ओली सरकार, प्रधानमन्त्री भन्छन्- शरीरभित्र तार राखेर पनि चल्छु !

११ फागुन, काठमाडौं । आफ्नो ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार एकपछि अर्को संकटमा फस्न थालेको छ । यी संकट आन्तरिक र बाह्य दुबै किसिमका छन् । तर, प्रधानमन्त्री ओलीले भन्दैछन्, ‘मेरो जिन्दगी लडाइँमा बित्या छ, शरीरभित्र तार, यन्त्र-सन्त्र राखेर पनि चल्छु ।’ मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ, […]

गर्भमै तुहिने भो वामदेवलाई ‘प्रधानमन्त्री बनाउने’ कार्यदल

११ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको शनिबार बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमको माग अनुसार संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने निर्णय गर्‍यो । वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटालाई सदस्यका रुपमा प्रस्ताव गरिएको छ । अहिलेको संविधानअनुसार राष्ट्रिय सभाको सांसद प्रधानमन्त्री बन्न मिल्दैन […]

४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास, दूतावास भन्छ- डराउनुपर्दैन

११ फागुन, काठमाडौं । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । […]

बास्कोटाको अडियोले ब्यूँझियो छाया सरकार

११ फागुन, काठमाडौं । नौ महिनासम्म निष्क्रियजस्तै रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा छाया प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् । काग्रेसले ६ जेठमा २१ वटा मन्त्रालयगत समिति बनाएको थियो र संयोजक र सदस्यहरु तोकेको थियो । सामान्यत छाया सरकारमा मन्त्रीहरु मात्र तोकिने भए […]

भक्तपुरमा बस र टिपर बायाँ लेनमा मात्र चलाउन पाइने

११ फागुन, काठमाडौं । कोटेश्वरमा हुने सवारी चाप न्यूनिकरण गर्न ट्राफिक प्रहरीले नयाँ प्रावधान अघि सारेको छ । सूर्यविनायक–जडिबुटी सडक-खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधानहरु बायाँ लेनबाट मात्र कुदाउने नियम लागू गर्न लागिएको हो । दाहिने लेनबाट भने निजी तथा साना सवारीसाधन मात्रै गुड्नेछन् । यो प्रावधान १४ फागुनदेखि […]

मोडललाई बलि चढाउन खोजिएको प्रकरण : ६ जना कारागार चलान

११ फागुन, काठमाडौं । मोडललाई बलि चढाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनामध्ये ६ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले भारतमा लगेर बलि चढाउन खोजिएको प्रकरणमा संलग्नमध्ये एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । सुनसरीका रञ्जितकुमार चौधरी धरौटीमा छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी एक साताअघि […]

अर्थमन्त्री खतिवडाले फागुन २० मा राजीनामा देलान् ?

११ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाले । निर्वतमान मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका हुन् । रोचक आगामी फागुन २० गते अर्थमन्त्रीबाट स्वतः अवकाश पाउने व्यक्तिलाई नै डेढ हप्ताका लागि सञ्चार मन्त्रालयको जिम्मेवारी थमाएर ओली सरकारले रमाइलो गरेको छ । अर्थमन्त्री डा. खतिवडा […]

प्रधानमन्त्रीले ढाँट्नु भएको होइन, केही थाहा नै छैन : गगन

११ फागुन, बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा थियो भन्ने सुनेको बताए । त्यही प्रधानमन्त्रीले […]

कोरोनाजस्तै मौसमी इन्फ्लुएन्जा

११ फागुन, काठमाडौं । माघ अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्यो, ‘गाउँपालिका–३ को गुम्बावस्तीमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता कोरोनासँग (कोभिड १९) लक्षण मिल्दोजुल्दो १ सय जना भन्दा बढी बिरामी भेटिएका छन् ।’ पत्र क्षणभरमै भाइरल भयो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई अत्याइरहेका बेला जुगल गाउँपालिकाको पत्रले […]

व्यक्तिका लागि सरकारी जग्गामा बाटो सिफारिस !

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका– १४ को कार्यालय परिसरमा आइतबार बिहान मानिसहरुको एउटा समूह आएर नारा लगायो, ‘सार्वजनिक जग्गा मिच्न पाइँदैन, भ्रष्ट वडाध्यक्ष चाहिँदैन ।’ कलंकी मालपोत कार्यालयको पछाडिको १४ आना सार्वजनिक पर्ती जग्गालाई महानगरपालिकाले व्यक्तिलाई लाभ हुने गरी सहायक पिच बाटो भनेर सिफारिस गरेको भन्दै उनीहरु वडा कार्यालय घेर्न पुगेका थिए । त्यहाँका […]

नागरिक उड्ययन प्राधिकरण टुक्रयाउने दुई विधेयक संसदमा दर्ता

११ फागुन, काठमाडौं । नेपालको हवाइ सेवाको नियामक निकायका रुपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी तयार भएको दुई वटा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आइतबार दर्ता गरेको प्रस्तावित विधेयकमा हवाइ सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय प्रस्ताव गरिएको छ । जसको […]

पूर्वमन्त्री श्रेष्ठ र पन्तविरुद्ध १५ दिने म्याद जारी

११ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । आइतबार श्रेष्ठसहित २० जनाको नाममा हद म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले अनलाइनखबरलाई जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले श्रेष्ठसँग ९ करोड ६५ लाख […]

नवलपुरको नमूना सदरमुकामको लागत १५ अर्ब

११ फागुन, चितवन । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । देशकै जिल्ला सदरमुकाममध्ये सबैभन्दा आधुनिक र नमूना सदरमुकाम बनाउने गरी थालिएको डीपीआरको काम सकिएको पूर्वी नवलपरासी क्षेत्र नं. २ का सांसद तिलक महतले जानकारी दिए । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र केन्द्र सरकारको शहरी विकास मन्त्रालयले माइलस्टोन डिजाइन […]

बागमती प्रदेशसभामा उठ्यो सेक्युरिटी प्रेस खरिद र ललिता निवास प्रकरण

११ फागुन, हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र ललिता निवास जग्गा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको छ । आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकाँश साँसदले सरकार भ्रष्टचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् ।सत्तापक्षका सांसदहरुले सरकारले भ्रष्टचार गर्ने कोहीलाई नछाड्ने गरी काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन् । […]

भारतमा दुर्घटनामा मृत्यु भएका तीर्थयात्रीको शव ल्याउन अन्योल

११ फागुन, विराटनगर । बुधबार राति भारतको तामिलनाडुमा दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको शव ल्याउने विषयमा अन्योल भएको छ । सरकारले बेलामा समन्वय नगर्दा भारतमा मृत्यु भएका तीर्थयात्रीको शव कसरी नेपाल ल्याउने भन्ने विषयमा आफन्त अलमलमा छन् । तीर्थयात्रामा गएका नेपाली सवार मिनीबस बुधबार राति भारतको तामिलनाडु प्रान्तको सलेम जिल्ला स्थित बेंगलरु नेशनल हाइवेमा दुर्घटना […]

पोखरामा बाल अस्पताल खोल्न मेयर र डा. भगवान कोइरालाबीच सम्झौता

११ फागुन, पोखरा । पोखरामा विशिष्ट सेवासहित बाल अस्पताल स्थापना हुने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले पोखरामा बाल अस्पताल स्थापना तथा सञ्चालन गर्ने भएको हो । चाइल्ड हेल्थले सबै प्रदेशमा विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने तथा बाल स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्य राखेको छ । उसले त्यसको सुरुआत […]



from समाचार – Online Khabar https://ift.tt/2vdPFKz
via IFTTT
Powered by Blogger.