समाचार
१७ फागुन, बाँके । महिला तथा किशोरीको आत्मरक्षाका लागि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् । तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । […]
१७ फागुन, इलाम । प्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी । इलाम सदरमुकामबाट माईपोखरी १८ किलोमिटरको दुरीमा पर्ने माईपोखरी सन् २००८ देखि विश्व रामसार सूचीमा सूचिकृत छ । […]
१७ फागुन, काठमाडौं । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ । एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति […]
१७ फागुन, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारले आफूविरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएकामा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् । ‘सत्यमेव जयते’ अर्थात् ‘सत्यको जित हुन्छ’ भन्दै उनले दिल्ली पुलिस र सरकारी वकिलहरुलाई यस मुद्दालाई गम्भीरतापूर्वक लिन र फास्टट्र्याकबाट किनारा लगाउन आग्रह गरेका छन् । अरविन्द केजरीवाल नेतृत्वको सरकारले शुक्रबार कन्हैया कुमारसहित १० जनाविरुद्ध […]
१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ झलनाथ खनाल र वामदेव गौतमसहित चार नेताहरु छलफलमा जुटे । लगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न माधव नेपाललाई बालुवाटार बोलाए । अपराहृन बालुवाटार पुगेका नेपालसँग ओलीले खुमलटार बैठकबारे बुझ्न […]
१६ फागुन, काठमाडौं । विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ? सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र […]
१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थतन्त्रका सबै पक्ष केलाएर नीति बनाउन सक्षम छन् भन्ने मानिन्छ । तर, उनका पछिल्ला निर्णयहरु विज्ञतामा आधारित भन्दा पनि ‘सफल’ अर्थमन्त्रीमा दरिने लालसामा आधारित हुन थालेको देखिन्छ । अर्थविदहरुकाअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर बढाएर खतिवडाले प्रष्टरुपमा यो सन्देश दिएका छन् कि उनी अब […]
१६ फागुन, काठमाडौं । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी […]
१३ फागुन, काठमाडौं । सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीको एजेन्टसँग कमिसनको हिसाबकिताब गरेको अडियो बाहिरिएपछि गोकुलप्रसाद बास्कोटा सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भए । बास्कोटाकै अग्रसरतामा अघि बढाउन लागिएका कतिपय आयोजना उनी बाहिरिएसँगै अन्योलमा फसेका छन् । त्यसमध्येकै एक हो, नेपालको आफ्नै स्याटेलाइट । बास्कोटाको पालामा फ्रान्ससँग भएको लेटर अफ एक्सचेन्ज (एलओई) अनुसार अन्तरिक्षमा नेपाली […]
१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले अनुमति विना अडियो रेकर्ड गरेको र झुटो आरोप लगाएर सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीका एजेन्ट विजय मिश्रविरुद्ध अदालतमा उजुरी दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा आफ्ना […]
१६ फागुन, दक्षिण कोरिया । चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ कोरोना भाइरस यतिबेला दक्षिण कोरियाका विभिन्न शहरमा पुगेको छ । कोरिया रोग नियन्त्रण विभागका अनुसार जनवरी २० मा चीनको वुहानबाट फर्किएका ५५ वर्षीय कोरियन नागरिकलाई पहिलो पटक यो भाइरस देखा परेको पुष्टि भएको थियो । फेब्रुअरी २८ साँझको ५ बजेसम्म १३ जनाले ज्यान गुमाइसकेका […]
१६ फागुन, वीरगञ्ज । पछिल्लो मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुको शालिक निर्माणमा सांसद र वीरगञ्ज महानगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने भएका छन् । वीरगञ्जको घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक बनाउन स्थानीय पूर्वाधार विकास साझेदारी अन्तर्गत पर्सा क्षेत्र नं. १ को २० लाख र वीरगञ्ज महानगरपालिकाकाले २० लाख गरी ४० लाख रुपैयाँ खर्च […]
१६ फागुन, विराटनगर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेता वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको निर्णय कार्यान्वयन हुने बताएका छन् । तर उनले कार्यान्वयन कहिले हुने भन्ने समय नतोकिएको जिकिर गरे । विराटनगर विमानस्थलमा शुक्रबार साँझ पत्रकारसँगको कुराकानीमा उनले भने ‘नेकपाको सचिवालयको बैठकले कमरेड वामदेव गौतमको बारेमा जुन निर्णय गरेको […]
१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागहरु गठन गर्ने भन्दै नाम दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । तर पौडेलले अधिवेशन लागि सकेको भन्दै नाम नदिने बताएका छन् । कांग्रेस सभापति देउवाले शुक्रबार दिउँसो वरिष्ठ नेता पौडेललाई टेलिफोन गरेर विभागहरु गठन गर्न लागेको बताएका थिए । त्यसका लागि आफ्नो तर्फबाट […]
१६ फागुन, बुटवल । तिलोत्तमा नगरपालिकाले नगरभित्र पर्ने नदीबाट उत्खनन् हुने ढुंगा,गिटी र बालुवाको दररेट साविक भन्दा दोब्बर वृद्धि गरेको छ । तिनाउ नदी तथा सुखौरा खोलाको नदीजन्य पैदावार संकलन तथा बिक्रीका लागि नयाँ दर रेटमा टेण्डर आह्वान गरेसँगै निर्माण व्यवसायीहरु नदीको ठेक्का रोक्न माग गर्दै स्थानीय र प्रदेश सरकारविरुद्ध अदालतमा गए । तर उच्च […]
१६ फागुन, डोटी । नेपाल सरकारले घोषणा गरेको डोटी, जोरायल गाउँपालिका–२, बुडर औद्योगिक ग्रामको प्रक्रिया अगाडि बढेको छ । औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच शुक्रबार समझदारी भएको छ । सझदारी पत्रमा मन्त्रालयको तर्फबाट सह–सचिब शोभाकान्त पौडेल र जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले हस्ताक्षर गरेका […]
१६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ । खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख […]
१६ फागुन, सुर्खेत । गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जिप दुर्घटनामा मृत्यु भएको हो । मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । […]
१६ फागुन, काठमाडौं । उखु उत्पादक किसानलाई सरकारले दिने अनुदान वितरण गर्न अर्थ मन्त्रालयले थप ४९ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको छ । बिहीबार उखु खेती हुने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई उक्त रकम पठाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । किसानलाई प्रोत्साहन स्वरुप राज्यले दिने कुल अनुदान १ […]
१६ फागुन, वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका–४ झौवाका तीन वर्षीय बालक खुसिद आलम रहेका छन् । शुक्रबार बिहान साढे १० बजेको समयमा बाटोमा खेलिरहेको समयमा ना ६५ प ६४२९ नम्बरको माटरसाइकलले खुसिदलाई ठक्कर दिएको मृतक बालकका बुवा आसमहमद आलमले बताए । मोटरसाइकलको ठक्करबाट घाइते बालक […]
१६ फागुन, काठमाडौं । कमिसन मागिएको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा लिएर जिल्ला अदालत काठमाडौं गएका छन् । मिश्र त्यही व्यक्ति हुन्, जसले आफूसँग बास्कोटाले कमिसन मागेको भन्दै अडियो सार्वजनिक गरेका थिए । त्यही अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा […]
from समाचार – Online Khabar https://ift.tt/2vibMQa
via IFTTT