समाचार
१६ फागुन, काठमाडौं । कमिसन मागिएको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा लिएर जिल्ला अदालत काठमाडौं गएका छन् । मिश्र त्यही व्यक्ति हुन्, जसले आफूसँग बास्कोटाले कमिसन मागेको भन्दै अडियो सार्वजनिक गरेका थिए । त्यही अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा […]
१६ फागुन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडक-खण्डको सिद्धबाबामा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो। बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए । उपचारका लागि उनलाई […]
१६ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ६ किलो लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार छपरा ग्राम महुली वडा नं.२ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु ६ किलो लागूऔषध गाँजा बोकेर पैदल भारततर्फ […]
१६ फागुन, काठमाडौं । सेलिब्रेटी छविका पूर्वडीआईजी रमेश खरेल अहिले चर्चामा छन् । ‘हाम्रो नेपाल हामी नेपाली’ नामको गैरराजनीतिक अभियान अघि बढाउने तयारीमा रहेका उनी अन्तिम क्षणमा पछि हटेपछि चर्चाको विषय बनेका हुन् । अभियान घोषणा कार्यक्रमभन्दा तीन घन्टा अगाडि मात्रै उनले अभियानमा आफू नरहने घोषणा गरेका थिए । क्रिस्ल पार्टी प्यालेसमा बिहिबार दिउँसो ३ […]
१६ फागुन, काठमाडौं । इटहरीस्थित पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैयाको सुविधा सम्पन्न सैनिक अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ । अस्पतालको शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहकाबीच उद्घाटन गरेका छन् । प्रधानसेनापति थापाले अस्पताल सञ्चालनमा आएसँगै सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवारका सदस्य स्वास्थ्य उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए । नेपाली […]
१६ फागुन, काठमाडौं । सिंगटी-लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८को बोझ र ९को झिंगानेमा भइरहेको अवरोधका कारण आयोजनाले ५ वटा टावरको निर्माण गर्न सकिरहेको छैन । तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा […]
१६ फागुन, काठमाडौं । प्रहरीले जिउँदो सालकको अवैध बिक्रीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ चापागाउँ बस्दै आएका ३३ वर्षीय टिके तामाङ र मकवापुर घर भइ पाटन बस्दै आएका १९ वर्षीय अनिश तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुलाई सुन्धाराको […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका चार नेताबीच गरेको भेटवार्तामा नेपाल पनि सहभागी थिए । उक्त […]
१६ फागुन, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार बिहीबार दिउँसो खड्का पक्राउ परेका हुन् । थापाका अनुसार […]
१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धनश्याम भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै साढे तीन महिना हुन लाथ्यो तर भावी कार्ययोजना समेत सार्वजनिक गरेका छैनन् । उनी सार्वजनिक कार्यक्रमहरुमा कम देखिन्छन् । अब भने उनी कृषि कायपलट गर्ने योजनाहरु सार्वजनिक गर्ने तरखरमा जुटेका छन् । मन्त्रालयका एक अधिकारीकाअनुसार कृषिको विद्यमान समस्या […]
१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले अनुमति विना अडियो रेकर्ड गरेको र झुटो आरोप लगाएर सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीका एजेन्ट विजय मिश्रविरुद्ध अदालतमा उजुरी दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा आफ्ना […]
१६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको स्रोतले अनलाइनखबरलाई […]
१६ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा दाग्ने कर बढाइदिएपछि पछिललो समय सरकारको आलोचना भइरहेको छ । यस सन्दर्भमा अर्थ मन्त्रालयले शुक्रबार स्पष्टिकरण सार्वजनिक गरेको छ । ‘अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा […]
१६ फागुन, काठमाडौं । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी […]
१६ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गएको पुस १६ गते अर्थात् २०२० जनवरी १ मा नेपाल भ्रमण वर्षको शुभारम्भ गरेसँगै कर्णाली प्रदेशको पर्यटन प्रबर्धन गर्न सरकारले कर्णाली पर्यटन बोर्डसमेत गठन गरिसकेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गठन गरेको बोर्डको […]
१६ फागुन, वीरगञ्ज । चामल, तेल तथा दाल उद्योगीले एक महिना भन्दा बढी उधारोमा समान बिक्री गर्न नमिल्ने गरी कानुनी व्यवस्था हुनुपर्ने माग राखेका छन् । उनीहरुले चामल, दाल, तेल उद्योगमा देखिएका अस्वस्थ प्रतिस्पर्धा हटाउनका लागि यस्तो माग राखेका हुन् । यस अघि नेपाल उद्योग परिसंघले पनि उधारो असुली ऐनको माग गरेको थियो । नेपाल […]
१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिसँगै मुलुकमा वित्तीय स्थाष्त्विमा समेत ध्यान दिनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा शुरु भएको तेस्रो इकनमिक तथा फाइनान्स कन्फ्रेन्सको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धितर्फमात्रै ध्यान दिएर नहुने बताए । ‘अहिले हामीले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य […]
१६ फागुन, काठमाडौं । विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ? सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र […]
१६ फागुन, वीरगञ्ज । जन्ती गएका जीराभवानी गाउँपालिका-१ का ४२ वर्षीय बोधा उराव धाँगड मृत भेटिएका छन् । पटेर्वासुगौली गाउँपालिका-३ टोल देकुलीबाट बिहीबार साँझ जन्ती गएका उनी पर्सागढी नगरपालिका-५ हरपुरमा शुक्रबार बिहान मृत भेटिएका हुन् । राति जोकर बनेर नाचेका उनी खाना खाएर सुतेका थिए । शुक्रबार बिहान जन्ती घर फर्किने क्रममा उठाउन जाँदा उनको […]
१५ फागुन, काठमाडौं । नेपालसँग औपचारिक समझदारी हुनुअगावै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयारी गरेको छ । यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् । नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले अनौपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी […]
१६ फागुन, विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई […]
from समाचार – Online Khabar https://ift.tt/2TozOkj
via IFTTT