Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न

१६ फागुन, दैलेख । दैलेखमा गत कात्तिकदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल […]

भरतमोहनको स्मृतिमा कार्यक्रम हुने

१६ फागुन, काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं दिवंगत भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाडौंमा हुने भएको छ । अधिकारीको निधनको वार्षिकीको अवसर पारेर आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो । अधिकारीको ८२ वर्षको उमेरमा गत वर्ष फागुन १८ गते निधन भएको थियो । भरत मोहन अधिकारी स्मृति फाउण्डेशनले गर्न […]

मालेले भन्यो– महासचिव सवार कार दुर्घटना नियोजित

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ । माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो । सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको […]

बाघ हेर्ने मन छ ? बाँके निकुञ्ज आउनुहोला

१६ फागुन, बाँके । तपाईंलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ […]

माले महासचिव सीपी मैनाली खतरामुक्त

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली खतरामुक्त रहेको काठमाडौंस्थित ग्राण्डी अस्पतालले जनाएको छ। बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। ‘उहाँ खतरामुक्त हुनुहुन्छ, हिजै हामीले उहाँको ‘थाई बोन’को अपरेसन गर्‍यौं ,’ अस्पतालका निर्देशका चक्रराज पाण्डेले भने, ‘उहाँको बुहारीको […]

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा नवलपरासीमा एक जनाको मृत्यु

१६ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको […]

साझाको लुम्बिनी भेलामा सहभागीले धारणा राख्दै

१६ फागुन, काठमाडौं । साझा पार्टीको तीन दिने राष्ट्रिय भेला आज पनि लुम्बिनीमा जारी छ । जारी भेलाको दोस्रो दिन आज सहभागीहरूले आफ्नो धारणा राख्दै छन् । साझा पार्टीका अनुसार, सहभागीहरूले समूहगत धारणा राख्ने छन् । सहभागीहरूको भनाइ सकिएपछि नेताहरूले त्यसबारे जवाफ दिनेछन् । तर, जवाफ दिने कार्यक्रम भने भोलिका लागि तय गरिएको छ । […]

अर्थमन्त्रीलाई गगन थापाको जवाफ–बहस कहाँ गरौं

१६ फागुन, काठमाडाै‌ं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् । मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन । ‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको […]

७ दिनको बिदा लिएका इन्स्पेक्टर चार महिनासम्म पनि हाजिर भएनन्

१६ फागुन, काठमाडौं । एक साताका लागि बिदा बसेका नेपाल प्रहरीका एक निरीक्षक बिना जानकारी ४ महिनादेखि अनुपस्थित भएपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलम बिदा लिएको चार महिनासम्म पनि हाजिर नभएका हुन् । उनी पूर्वसांसद् मोहमद आफताब आलमका छोरा हुन् । […]

दुधजन्य पदार्थमा हानिकारक रसायन मिसाउन अनुमति दिएका छैनौं : विभाग

१६ फागुन, काठमाडौं । दुधजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन कसैलाई पनि अनुमति नदिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट पारेको छ । सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको समाचार यसअघि प्रकाशमा आएको थियो । समाचारपछि उपभोक्ताहरू चिन्तित बनेका छन् । तर, विभागले यसबारे प्रष्ट […]

‘नेरोल्याक’मा सर्वोच्चको नजिर : विदेशी ट्रेडमार्क कब्जा गर्ने बाटो बन्द

१५ फागुन, काठमाडौं । कान्साई न्यारोल्याक प्रालि भारतले नेपालमा आफ्ना उत्पादन बिक्री गर्न २०६८ सालमा ‘कान्साइ नेरोल्याक पेन्ट्स नेपाल’ कम्पनी वीरगञ्जमा स्थापना गर्‍यो । यो कन्साई कर्पोरेसन जापान ओसाकाको ७० प्रतिशत भन्दा बढी सेयर हिस्सा रहेको भारतीय रंग कम्पनी हो । तर, नेपालमा यो कम्पनीले आफ्नो नाम (ट्रेडमार्क) प्रयोग गर्न पाउनकै लागि निकै कठीन कानूनी […]

‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

१६ फागुन, बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ । धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका […]

जनशक्ति अभावले काम गर्न अप्ठ्यारो पर्‍यो : मुख्यमन्त्री पौडेल

१६ फागुन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको गुनासो गरेका छन् । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको उनको भनाइ छ । मुख्यमन्त्री […]

युनाइटेड अन्तिम १६ मा, आर्सनल बाहिरियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ । बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले विजयी भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका […]

इड्लिबमा हवाई आक्रमण, कम्तीमा २९ टर्किस सेनाकाे मृत्यु

१६ फागुन, काठमाडौं । सिरियाले इड्लिबमा गरेको हवाई हमलामा कम्तीमा २९ टर्किस सेनाको मृत्यु भएको छ । केही दर्जन घाइते भएका छन् । सिरियाको उत्तर–पश्चिम क्षेत्र इड्लिबमा सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका हुन् । टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा आफ्ना सैनिक मारिएको पुष्टि गर्दै कैयन घाइते भएको जनाएका छन् […]

छापामा आज : संसद् छलेर इन्धनमा थप कर

१६ फागुन, काठमाडौं । नेकपाको प्रशिक्षण र त्यसमा नेताहरूले व्यक्त गरेको भनाइ आजका सबैजसो दैनिक अखबारहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, इन्धनमा थप विकास कर लगाउने सरकारको निर्णयलाई पनि पत्रपत्रिकाहरूले आलोचनात्मक ढंगले प्रस्तुत गरेका छन् । यसबाहेक पूर्वराज्यमन्त्री सञ्जयकुमार साहबारे अदालतले गरेको फैसला, दुर्घटनालगायत विषय पनि समेटिएका छन् । ‘संसद् छलेर इन्धनमा थप कर’ शीर्षकमा […]

नागबहालमा भेटिएका १२६ बुद्धहरु [ फोटो फिचर ]

काठमाडौं । १२६ बुद्धहरू एकै ठाउँ ! बिहीबार पाटनको नागबहालमा यस्तै संयोग जुर्‍यो । हरेक पाँच वर्षमा मनाइने सम्यक महादान अर्थात् दिपंकर पर्वको अवसरमा दिपंकर बुद्धहरु आफ्नो विहारबाट बाहिर निस्किएका हुन् ।  उनीहरु लुगा, गरगहनामा सजिएका थिए । दिपंकरका विशाल प्रतिमा नागबहालमा प्रदर्शन गर्नु र नेवार तथा बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरूहरुलाई दान दिनु […]

राजस्वको लक्ष्य भेट्न जनतामाथि करको भारी

१५ फागुन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजनाका लागि भन्दै इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने घोषणा गर्‍यो । दैनिक १८ घन्टासम्म लोडसेडिङको मार खेपिरहेका जनताले उज्यालोको आशमा सरकारले लगाएको करलाई सहजै स्वीकार गरे । मासिक रुपमा रकम सरकारको खातामा जम्मा भइरहृयो, तर […]

कोरोना भाइरस : चीन तङ्ग्रिँदै, एसिया र युरोप खतरामा !

१५ माघ, काठमाडौं । दुई महिनामा ८२ हजार भन्दा बढी मानिसमा संक्रमण । २८ सयको मृत्यु । ३२ हजार भन्दा बढी संक्रमित मानिस उपचारपछि निको भए । यो चीनको कोरोना भाइरस (कोभिड १९) को पछिल्लो तथ्यांक हो । यो तथ्याकंलाई विश्लेषण गर्दै मेडिकल विशेषज्ञहरुले भनिरहेका छन्, ‘चीन विस्तारै कोरोनाबाट तंग्रिने क्रममा छ ।’ एक सातामै […]

बास्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने – सरकारलाई बद्नाम गर्ने प्रयास भयो

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र झुटो आरोप भन्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले भने अडियो सार्वजनिक गर्ने […]

प्रधानमन्त्री ओली र डा. कोइरालाबीच डेढ घन्टा सम्वाद

१५ फागुन, काठमाडौं । बामेदव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी सचिवालयको निर्णय नमान्ने आफ्नो अडानका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई भेटे । पार्टीको आसन्न १४ औं महाधिवेशनको तयारीका लागि जिल्ला दौडाहामा रहेका नेता कोइराला बुधबार मात्र काठमाडौं आएका थिए । प्रधानमन्त्रीले भेट्न चाहेको खबर […]



from समाचार – Online Khabar https://ift.tt/3a8WsUH
via IFTTT
Powered by Blogger.