Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनयुद्धमा प्रचण्ड बसेको घर अब ‘युद्ध पर्यटन क्षेत्र’

१३ फागुन, रोल्पा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी जनयुद्धका बेला आवासका रुपमा प्रयोग गरेको रोल्पाको राङसीस्थित घर र आसपासका क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ । प्रचण्ड स्थानीय लालबहादुर घर्तीको घरमा ०६१ वैशाखदेखि २०६१ फागुन ३ गतेसम्म पत्नी सीता र छोरा प्रकाशसहित बसेका थिए । त्यहाँ सेनाले आक्रमण गर्दैछ भन्ने सूचना […]

३ कम्पनीका गुणस्तरहीन औषधि बजारमा

१३ फागुन, काठमाडौं । ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स प्राइभेट लिमिटेड, […]

संविधान संशोधन ढाँटछल, राजनीति गरिन्छ, जुवा खेलिन्न : ईश्वर पोखरेल

१३ फागुन, काठमाडौं । सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । उनले संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् । ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ,’ उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली […]

मानेकाे निर्णायक गाेलमा लिभरपुलकाे कीर्तिमानी जित, उपाधिबाट चार जित टाढा

१३ फागुन, काठमाडौं । लिग लिडर लिभरपुलले प्रियिमर लिगमा कीर्तिमानी जित हात पार्दै उपाधि हाेड बनाएकाे छ । साडियाे मानेले गरेकाे निर्णायक गाेलमा लिभरपुलले सोमबार राति वेस्टह्यामलाई ३-२ ले पराजित गरेकाे हाे । यस सिजन अपराजित रहेकाे लिभरपुलकाे याे लगातार १८ औं जित हाे । लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी […]

ठोकेर भन्छु, नेकपा यसरी चल्दैन : सुवास नेम्वाङ

१२ फागुन, काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सोमबार बिहान ११ बजे माधवकुमार नेपालकहाँ पुगे । संविधान संशोधन कार्यदलका अर्का सदस्य खिमलाल देवकोटा पनि त्यहीँ थिए । माधव नेपाललाई भेटेर नेम्वाङ सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आइपुग्दा उनको च्याम्बरमा पत्रकारको भिडभाड थियो । एउटा टीभीलाई अन्तर्वार्ता दिइसकेपछि उनी त्यहाँबाट उम्किएर सभामुख अग्नि सापकोटाको […]

माधवलाई ‘जालसाजी’को जनाउ, वामदेवको आफ्नै मस्यौदा !

१२ फागुन, काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन कार्यदल गठन गरेको समाचार आइतबार अपरान्ह सार्वजनिक हुँदा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्रीसँगै तेह्रथुममा ओलीको जन्मघरमा थिए । फोनमा कसैले कार्यदलमा उनी पनि कार्यदलमा रहेको जानकारी गराउँदासम्म प्रधानमन्त्रीले यसबारे सुइँकोसम्म दिएका थिएनन् । प्रधानमन्त्रीसँगै हेलिकोप्टरबाट काठमाडौं आउँदा कार्यदल गठनको समाचार भाइरल भइसकेको थियो । तारन्तर […]

७ महिनामा नेपाल-चीनबीच एक खर्ब ३३ अर्बको व्यापार

१२ फागुन, काठमाडौं । कोरोना माहामारीका कारण नेपाल-चीन व्यापारका मुख्य नाका एक महिनादेखि ठप्प छ । तर, माघमहिनासम्म दुई देशबीचको व्यापार भने गत वर्ष भन्दा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको व्यापार तथ्यांक अनुसार नेपाल र चीनबीच गत वर्षको समीक्षा अवधिमा भन्दा १० अर्ब ५८ करोड रुपैयाँ बढीकोे व्यापार […]

मुद्दामै नछिरी उम्किए ओली, कार्यकर्तामा भरेनन् ऊर्जा

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुममा आइतबार मनाएको जन्मदिनको तरंग पोखरासम्म पुगेको थियो । सामाजिक सञ्जालमा आलोचना र बहस चलिरहेको थियो । यसले नेकपाका नेता- कार्यकर्तालाई पनि नछुने कुरै भएन । पोखरा सभागृहमा सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै थियो । प्रशिक्षणलाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गरे । प्रशिक्षण […]

लालबाबुको सरकार : नाम भएन, गुमनाम पनि भएन

१२ फागुन, जनकपुरधाम । लोकसेवा आयोगले कर्मचारी भर्नाका निम्ति विज्ञापन आह्वान गरेपछि प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ३ मा आयोगलाई पत्र लेख्दै भर्ना रोक्न आग्रह गरेका थिए । प्रदेशमा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने भएकाले प्रदेशका १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन […]

श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार

१२ फागुन, काठमाडौं । श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका – ५ घर भई काठमाडौं बस्ने शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा प्रहार गरेका हुन् । घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्रहार गरेका उनले रोक्न […]

ओली-यती प्रेम : अढाइ लाखको उडान, ३२ हजारको केक !

१२ फागुन, काठमाडौं । ‘यो यती होल्डिङ्स, मानिलिउँ हाम्रो कुनै एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि, केही हो कि भनेजसरी व्याख्या हुने गरेको छ,’ १५ माघमा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘म एकदम खुलस्त भन्न चाहन्छु, व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनौं । अहिलेको सरकार भ्रष्टाचारका पछाडि, […]

शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक

१२ फागुन, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ । गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको आयोगले जनाएको छ । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले […]

कलंकीमा डरलाग्दो दुर्घटना, ब्रेकफेल भएको ट्रकले दर्जन सवारीलाई ठक्कर दियो

१२ फागुन, काठमाडौं । काठमाडौंको कलंकीमा सोमबार साँझ ठूलो दुर्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले १२ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकको ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको थियो । त्यसपछि अनियन्त्रित बनेको ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी […]

भारतमा दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सामूहिक अन्त्येष्टि

१२ फागुन, विराटनगर । भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार राति तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको सोमबार बुढी खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो […]

हाम्रो जाली रुमाल संरक्षण गर्ने दायित्व राज्यको हो–सांसद सुनुवार

१२ फागुन,काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले किरात सुनुवारले लगाउने जाली रुमाल राज्यको सम्पत्ति भएकाले यसको संरक्षण राज्यबाटै हुनुपर्ने बताएका छन् । सुनुवार सेवा समाजका पूर्वअध्यक्ष तथा भाषा संस्कृति विज्ञ लोकप्रिय सुनुवारको कृति ‘मुल्केम मुक्दुम’को सार्वजनिक गर्दै सांसद सुनुवारले भाषा संस्कृति तथा पहिचान जोगाउन समुदायमात्र नभएर राज्यको भूमिका हुनुपर्ने बताए । सुनुवार […]

एक अर्बको डिलमा बास्कोटा एक्लै छैनन्, छानविन गरौं : देउवा

१२ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा एक्लै संलग्न नरहेको दाबी गरेका छन् । यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले छानविन गर्न माग गरेका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले […]

सांसदले सोधे – मन्त्रिपरिषदमा महिला सहभागिता खोई ?

१२ फागुन, हेटौंडा । वागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला सहभागिता शून्य रहेको भन्दै सत्तापक्षकै महिला सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपाका महिला सांसदहरुले संविधानको भावना विपरीत प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको भन्दै सरकारको आलोचना गरेका हुन् । सांसद सरस्वती बाटीले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी प्रावधान वागमती प्रदेशको मन्त्रिपरिषद्मा नदेखिएको […]

काठमाडौं महानगरमा सवारीको चरम दुरुपयोग

१२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका सवारी साधन र इन्धनको चरम दुरुपयोग भइरहेको पाइएको छ । यतिसम्म कि महानगरसँग आफ्नो स्वामित्वमा कति सवारी छन् र कसले उपयोग गरिरहेको छ भन्ने तथ्यांक समेत छैन । सवारी साधन व्यवस्थापन, सुविधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकताबारे अध्ययन गर्न कार्यपालिका बैठकले १७ मंसिरमा वडा १६ […]

एमसीसीका केही प्रावधान स्वीकार्न सकिन्न : खनाल

१२ फागुन, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का केही बुँदालाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले ती बुँदालाई स्वीकार गर्न नेकपा कार्यदलले सुझाव दिएको बताएका छन् । नेकपाले गठन गरेको एमसिसी अध्ययन गर्न कार्यदलका संयोजक खनालले नेकपा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा तत्कालीन सरकारले केही गम्भीर बुँदामा हस्ताक्षर गरेकाले सच्याउन […]

विपक्षीलाई चल्लासँग तुलना गर्दै प्रधानमन्त्रीले भने : जनतामा भ्रम छरे

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई कुखुराको चल्लासँग तुलना गरेका छन् । सरकारले दूरगामी महत्वका असाधारण कामहरु गरिरहेको तर विपक्षीले नन इस्युलाई इस्यु बनाएर विरोध गरेको उनको आरोप छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा झण्डै डेढ घन्टा बोलेका प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउ गर्नमा खर्चिए । […]

सुधार गृहको शौचालयमा युवक मृत भेटिए, हत्या भएको आफन्तको आशंका

१२ फागुन, विराटनगर । मोरङको उर्लाबारीमा रहेको जीवन बचाउ उपचार गृह(सुधार केन्द्र)मा रहेका एक युवक शौचालयमा मृत भेटिएका छन् । गत पुसयता सुधार गृहमा बस्दै आएका उर्लाबारी २ का २१ वर्षीय विशाल श्रेष्ठ मृत भेटिएका हुन् । शौचालयको भेन्टिलेटरमा पासो लगाएको अवस्थामा शव भेटिएपछि आफन्तले हत्या भएको आशंका गर्दै अनुसन्धान गर्न माग गरेका छन् । […]



from समाचार – Online Khabar https://ift.tt/3c7caBB
via IFTTT
Powered by Blogger.