Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पहिलो विशेष आर्थिक क्षेत्रमा समस्यै समस्या

१३ फागुन, बुटवल । सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा रुपन्देहीको भैरहवामा स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज)ले आवश्यक पूर्वाधार र कर्मचारी अभावका कारण गति लिन सकेको छैन । स्थापनाको १६ वर्षसम्म पनि मुलुककै पहिलो पाइलट प्रोजेक्टमा विद्युत प्रशारण लाइन नबन्दा र माग अनुसारको विद्युत आपूर्ति नहुँदा उद्योग स्थापना गरेका उद्योगीहरु समस्यामा परेका छन् । निर्यात प्रवर्द्धन […]

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

१३ फागुन, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन,’ मौसमविद् […]

दिल्लीमा हिंसा : एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उपचारको क्रममा मंगलबार […]

नारायणीको ‘मिनी क्रुजसिप’मा गृहमन्त्री

१३ फागुन, चितवन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले चितवनको नारायणी नदी किनारमा निर्माण भैरहेको मिनी क्रुजसिपमा चढेर अवलोकन गरेका छन् । विहान करिब ८ बजे कु्रजसिप निर्माण भैरहेको भरतपुर महानगरपालिका १६ को काप्रेघाट पुगेका गृहमन्त्री थापाले ३० मिनेट नारायणी नदीमा क्रुजमा शयर गरे । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका सञ्चालक थानेश्वर कँडेलका अनुसार […]

रेडपाण्डाको छाला ओसारपसारमा संलग्न ४ जना पक्राउ

१३ माघ, काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ […]

११ वर्षसम्म पुनर्स्थापना नहुँदा पुन: हली बस्न बाध्य भए मुक्त हलिया

१३ फागुन, डोटी । नेपाल सरकारले २०६५ साल भदौ २१ गते न्यायिक पुनर्स्थापनाको ग्यारेण्टीसहित हलिया मुक्तिको घोषणा गरेको ११ वर्ष पुरा भइसकेको छ । तर मुक्त हलियाका समस्या उस्तै छन् । मुक्तिको दशक बित्दासमेत सरकारले पुनर्स्थापना गर्न नसकेपछि मुक्त हलियाहरु पीडामा छन् । गाँस, बाँस, शिक्षा, स्वास्थ्य र रोजगारको अभावमा मुक्त हलियाहरुले भोगिरहेका छन् । […]

भरतपुर क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

१३ फागुन, काठमाडौं । चितवनको भरतपुरस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ सदस्यहरु नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट ६ जना सदस्यहरु नियुक्त भएका हुन् । नियुक्त हुनेहरुमा डा. विनय ठाकुर, डा. कैलाश भण्डारी, डा. रक्षा श्रेष्ठ, डा. सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी हुन् । न्यौपाने नेकपा भरतपुर नगरकमिटी […]

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

१३ फागुन, दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ । दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । रासकोटबाट जितेगडा यात्रु पुर्‍याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको […]

६ महिनाको महिला लिग, खेलाडी उत्साहित

१३ फागुन, काठमाडौं । अहिले मौसम फुटबलको छ । नेपालको उच्च श्रेणीको फुटबल शहीद स्मारक ए डिभिजन लिग सकिएको केही दिन मात्र भएको छ भने बी डिभिजन लिग सुरु भएको छ । मोफसलमा नकआउट फुटबल प्रतियोगिताहरु चलिरहेका छन् । दैनिक जसो ४–५ खेल हुन्छन् । एकै पटक सयभन्दा बढी पुरुष खेलाडी फुटबल खेलिरहेका छन् । […]

इन्धनका चार आयोजना अध्ययन गर्ने प्राविधिक समितिको बैठक शुक्रबार

१३ फागुन, काठमाडौं । नेपाल भारत ग्याँस तथा पेट्रोलियम पूर्वाधार निमार्ण गर्न बनेको संयुक्त कार्यदलले बनाएको प्राविधि समितिको पहिलो बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालमा अघि बढाउन लागेको ग्यास तथा पेट्रोलको विभिन्न परियोजनाको बिस्तृत अध्ययन उक्त प्राविधिक समितिले गर्ने निगमले जनाएको छ । नेपाल आयल निगमले यस अघि नै […]

शान्ति समाजद्वारा स्थापित कर्मयोगी पुरस्कार पोखरेललाई

१३ फागुन, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पाउने भएका छन् । १ लाख १० हजार रुपैयाँ राशीको पुरस्कार आगामी १ चैतमा प्रदान गरिने मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए । २०६४ को संंविधानसभा निर्वाचनका बेला पोखरेल प्रमुख निर्वाचन आयुक्त थिए । […]

नेपाल ट्रस्टकाे श्वेतपत्र आज जारी हुँदै

१३ फागुन, काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा आज श्वेतपत्र जारी गर्ने भएको छ । यति होल्डिङ्सलाई सस्तोमा ट्रस्टको जग्गा लिजमा दिएको आरोप लागेपछि सरकारले देशभरको जग्गा जमिनबारे यथार्थ जानकारी दिन लागेको हो । नेपाल ट्रस्टका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपराह्न पत्रकार सम्मेलन गरी नेपाल ट्रस्टको सम्पत्ति कुन सरकारको […]

जंगीअड्डाको भवन बनाउनेले भुक्तानी पाएनन्, गेटअगाडि धर्ना

१३ माघ, काठमाडौं । नेपाली सेनाको जंगीअड्डामा निर्माण गरिएको भवनको भुक्तानी माग गर्दै भद्रकाली अगाडि प्रदर्शन भएको छ । मुख्यालयका विभिन्न संरचना निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै मंगलबार बिहान प्रदर्शन गरेका हुन् । मुख्यालय भवन निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफूहरू धर्नामा […]

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर उडानमा भेटियो त्रुटि नै त्रुटि

१३ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सेवा प्रदायक कम्पनीबाट समेत  विशिष्ट व्यक्ति (भीआईपी) उडान प्रक्रिया तय नहुँदा हेलिकप्टरको आफूखुसी उडान गर्ने प्रवृत्ति छ । यस्तो प्रवृत्तिका कारण पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको पाइएको छ । नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । […]

सुनको मूल्यमा सामान्य गिरावट

१३ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँको गिरावट आएको हो । मंगलबार छापावल सुनको मूल्यको प्रतितोला तीन सयले सस्तिएर ८० हजार झरेको छ भने तेजावी सुनको मूल्य ७९ […]

चीनपछि कोरियामा कोरोनाको जोखिम, त्रासमा काम गर्दै नेपाली

१३ फागुन, काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८४३ जनामा संक्रमण हुदाँ ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच दिनअघिसम्म दक्षिण कोरियामा ५१ जनालाई मात्र कोरोना भाइरस संक्रमण भएको थियो । छोटो समयमा संक्रमणको दर […]

गभर्नरका आकांक्षी : कोही बालुवाटार धाउँदै, कोही शीतलनिवास

१३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नेतृत्व आगामी ६ चैतदेखि खाली हुँदैछ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी नरहेको बेला गभर्नरको नियुक्ति हात पार्न आकांक्षीहरुको दौडधुप तीव्र देखिएको छ । गभर्नरका आकांक्षीमा राष्ट्र बैंकका सञ्चालक, बहालवाला डेपुटी गभर्नरदेखि नेपाल सरकारका पूर्वप्रशासक […]

कोरोनाबाट २७ सयको मृत्यु, ८० हजार संक्रमित

१३ फागुन, काठमाडौं । चीनबाट सुरु भएर विश्वका ३ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, […]

सिमेन्टको गुणस्तरमाथि प्रश्न : मन्त्री भट्टले सच्याए मात्रिका यादवको ‘गल्ती’

१३ फागुन, काठमाडौं । गत असार १८ को गुणस्तर परिषदको बैठकले ३३ ग्रेड ओपीसी सिमेन्टको गुणस्तर परिमार्जन गर्ने निर्णय गर्‍यो । नेपाल गुणस्तर परिषदका अध्यक्ष एवं तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नेपाल गुणस्तर २०४९ दोस्रो पुनः परीक्षण अनुसार ओपिसी सिमेन्टअन्र्तगतका ३३, ४३ र ५३ ग्रेडका सिमेन्टका गुणस्तर परिमार्जन गर्ने निर्णय […]

प्रश्न ‘निम्छरा’ छैनन् प्रधानमन्त्रीज्यू, संसदमा जवाफ दिनुहोस्

१३ फागुन, काठमाडौं । कमिसनका लागि बार्गेनिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएकै दिन संसदको लेखा समितिले अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई साइबर क्राइममा कारवाही गर्न निर्देशन दियो । लेखा समितिले ८ फागुनमा नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई लेखेको पत्रमा मिश्रलाई ‘सञ्चार माध्यममा यस समितिका माननीयहरू […]

विद्यालयको जग्गा मिचेर बाटो बनाएको भन्दै ललितपुरबासीले जलाए मेयरको पुत्ला

१३ माघ, ललितपुर । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा ललितपुरका स्थानीयले मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् । ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो । सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम […]



from समाचार – Online Khabar https://ift.tt/37YDdvv
via IFTTT
Powered by Blogger.