समाचार
१७ फागुन, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् । शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख […]
१७ फागुन, काठमाडौ । एसीसी इस्टर्न रिजन टी२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियाबाट जितका लागि १५५ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । मलेसियाका लागि सायद अजजि सायद मुबारकले अर्धशतक प्रहार गरे । उनले […]
१७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए । मलेसियाविरुद्ध […]
१७ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० प्रतियोगितामा शनिबार नेपाल र मलेसिया भिड्दैछन् । मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेलमा नेपालले पहिले बलिङ गर्दैछ । खेल थाईल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुँदैछ । थाइल्याण्ड जानुअघि नेपालले काठमाडौंमा १० दिनको तयारी गरेको थियो । विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिका सम्मिलित […]
१७ फागुन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ठूला पार्टीका शीर्ष नेताहरुलाई ‘बाँदरहरूको झुण्ड’को उपमा दिएका छन् । पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन आएका नेता भण्डारीले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिलेका नेताबाट देशको हितमा कुनै पनि काम हुन नसक्ने जिकिर गरे । ‘यी सबै ठूला पार्टी शीर्ष नेताहरूको […]
१७ फागुन, डोटी । डोटी, आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले गाउँमा जनशक्ति नपाइने र थोरै ज्याला भयो भनेर काम नगर्ने भएका कारण डोजर लगाउन पाइने कि नपाइने भन्दै प्रश्न गरे । उनको प्रश्नको जवाफमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालय प्रमुख बाबुराम खतिवडाले भने, ‘डोजरको प्रयोग गर्न पाइँदै पाइँदैन, यदि डोजरको प्रयोग गराएर […]
१७ फागुन, चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा […]
१७ फागुन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय हुने बताएका छन् । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले कहिलेकाहीँ गलत इन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै सचेत भएर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री […]
१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति विवरणमा सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ । मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ । यसका साथै काठमाडौं उपत्यकाका करिब […]
१७ फागुन, इलाम । प्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी । इलाम सदरमुकामबाट माईपोखरी १८ किलोमिटरको दुरीमा पर्ने माईपोखरी सन् २००८ देखि विश्व रामसार सूचीमा सूचिकृत छ । […]
१७ फागुन, बुटवल । कृषिजन्य उत्पादन बढाउने उद्देश्यले रुपन्देहीको सैनामैनामा कृषक पाठशाला शुरू भएको छ । कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला शुरू गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा नगरपालिकाका तीनवटा वडाका ७५ जना किसानहरुका लागि १६ हप्ते कृषि पाठशालामा सञ्चालन गरिएको हो । […]
१७ फागुन, बाँके । महिला तथा किशोरीको आत्मरक्षाका लागि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् । तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । […]
प्रदेश २ मा खटिने कर्मचारीहरुलाई सिंहदरबारमा रहेका समकक्षीहरुले सोध्ने सामान्य प्रश्न, ए प्रदेश २ मा पो परिस् ? हा हा हा, विचार गर् है, विचार गर् खालास् नि झापड । तँलाई सरकारले कारबाही नै गर्न खोजेजस्तो छ, नभए किन त्यहाँ पठाउँथ्यो । अलि सोर्स–फोर्स पुगेन क्यारे ! यस्तै मनोवृत्तिका साथ जान्छन् प्रदेश २ मा कर्मचारीहरु […]
१७ फागुन, काठमाडौं । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ । एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति […]
१७ फागुन, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारले आफूविरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएकामा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् । ‘सत्यमेव जयते’ अर्थात् ‘सत्यको जित हुन्छ’ भन्दै उनले दिल्ली पुलिस र सरकारी वकिलहरुलाई यस मुद्दालाई गम्भीरतापूर्वक लिन र फास्टट्र्याकबाट किनारा लगाउन आग्रह गरेका छन् । अरविन्द केजरीवाल नेतृत्वको सरकारले शुक्रबार कन्हैया कुमारसहित १० जनाविरुद्ध […]
१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ झलनाथ खनाल र वामदेव गौतमसहित चार नेताहरु छलफलमा जुटे । लगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न माधव नेपाललाई बालुवाटार बोलाए । अपराहृन बालुवाटार पुगेका नेपालसँग ओलीले खुमलटार बैठकबारे बुझ्न […]
१६ फागुन, काठमाडौं । विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ? सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र […]
१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थतन्त्रका सबै पक्ष केलाएर नीति बनाउन सक्षम छन् भन्ने मानिन्छ । तर, उनका पछिल्ला निर्णयहरु विज्ञतामा आधारित भन्दा पनि ‘सफल’ अर्थमन्त्रीमा दरिने लालसामा आधारित हुन थालेको देखिन्छ । अर्थविदहरुकाअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर बढाएर खतिवडाले प्रष्टरुपमा यो सन्देश दिएका छन् कि उनी अब […]
१६ फागुन, काठमाडौं । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी […]
१३ फागुन, काठमाडौं । सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीको एजेन्टसँग कमिसनको हिसाबकिताब गरेको अडियो बाहिरिएपछि गोकुलप्रसाद बास्कोटा सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भए । बास्कोटाकै अग्रसरतामा अघि बढाउन लागिएका कतिपय आयोजना उनी बाहिरिएसँगै अन्योलमा फसेका छन् । त्यसमध्येकै एक हो, नेपालको आफ्नै स्याटेलाइट । बास्कोटाको पालामा फ्रान्ससँग भएको लेटर अफ एक्सचेन्ज (एलओई) अनुसार अन्तरिक्षमा नेपाली […]
१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले अनुमति विना अडियो रेकर्ड गरेको र झुटो आरोप लगाएर सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीका एजेन्ट विजय मिश्रविरुद्ध अदालतमा उजुरी दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा आफ्ना […]
from समाचार – Online Khabar https://ift.tt/386ocI1
via IFTTT