Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आईसीयूबाटै छोरीज्वाइँलाई टीका

१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए । नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता […]

अमेरिका र तालिबानबीच शान्ति सम्झौता

१७ फागुन, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता गर्ने सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको छ । हस्ताक्षर समारोहमा सहभागी हुन अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र तालिबानका नेताहरु कतारको दोहा पुगेका थिए । सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको छ । सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना […]

देउवाले तोके १३ विभागका प्रमुख, संगठनमा गोपालमान

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश […]

सामाजिक सुरक्षा कोषमा जान सकिन्न : ग्रिल व्यवसायी

१७ फागुन, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताए । न्यूनतम […]

कतारमा पनि देखियो कोरोना भाइरसको संक्रमण

१७ फागुन, काठमाडौं । कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा […]

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

१७ फागन, धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले पराजित गर्दै मनांगले उपाधि जितेको हो । बुढासुब्बामा मनाङको यो चौथो उपाधि हो । जितसँगै मनांगले १० लाख रुपैयाँ हात पारेको छ भने पुलिसले ५ लाखमा चित्त बुझाएको छ । खेलमा मनाङले […]

जगदीशपुर ताल : अजीव चराहरुको आकर्षक घर

मानिसको जस्तै भौगोलिक सीमाको कानुन चराहरुलाई पनि लाग्ने भए ? सायद यतिबेला कपिलबस्तु जिल्लाको जगदीशपुर ताल स्वदेशी चराहरुको मात्रै उपस्तिथिमा रित्ता देखिन्थे होलान् । त्यहाँका नदी किनार र सानातिना तालहरुमा रहेका जलकुम्भीदेखि लेऊ र सानातिना किरा फट्यांग्राहरुले नदीलाई नै कुरुप बनाएका हुन्थे होलान् । शाक्यमुनि बुद्धले महाभिनिस्क्रमण गरेको स्थलमा शान्तिको केवल कथा मात्रै सुनिन्थ्यो होला […]

धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गरौं : साझा पार्टी

१७ फागुन, बुटवल । साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उधिने निर्णय गरेको हो । जनमत संग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति भएको भन्दै लुम्बिनी भेलाले जारी गरेको १४बुँदे घोषणापत्रमा भनिएको छ, ‘बढ्दोरूपमा विवादित बन्दै गएको […]

महिलाको मुद्दाबारे मुख्यमन्त्री राईको स्पष्टीकरण : केही दिनमा दूधको दूध छुटिन्छ

१७ फागुन, विराटनगर । बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै  अंश मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा […]

विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

१७ फागुन, काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए । शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा […]

परिमार्जन नभई एमसीसी पारित हुन्न : प्रचण्ड

१७ फागुन, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् । शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको र अमेरिकी सरकारसँग सहयोग लिन […]

शुक्लफाँटा अर्थात् जीवजन्तुको जीवित संग्रहालय

१७ फागुन, काठमाडौं । शुक्लाफाँटा अर्थात वन्यजन्तुको सुरक्षित आश्रयस्थल । बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने साझ थलो । यी सम्पूर्ण वन्यजन्तुलाई अवलोकन गर्न होस् वा तिनीहरुलाई नजिकबाट अध्ययन गर्न नै, शुक्लाफाँट एक खुला संग्रहालय हो । म पनि त्यहाँको वन्यजन्तुको आकर्षणले तानिएर पटकपटक शुक्लाफाँट पुगेको छु । यसपटकसम्म म पाँचौ यात्रा तय गरिएछ । […]

इस्टर्न रिजन टी२० : नेपाललाई १५५ रनको लक्ष्य

१७ फागुन, काठमाडौ ।  एसीसी इस्टर्न रिजन टी२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियाबाट जितका लागि १५५ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । मलेसियाका लागि सायद अजजि सायद मुबारकले अर्धशतक प्रहार गरे । उनले […]

टी-२०मा सन्दीप लामिछानेको १०० विकेट पुरा

१७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए । मलेसियाविरुद्ध […]

एसीसी इस्टर्न रिजन टी२० क्रिकटमा नेपाल र मलेसिया भिड्दै

१७ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० प्रतियोगितामा शनिबार नेपाल र मलेसिया भिड्दैछन् । मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेलमा नेपालले पहिले बलिङ गर्दैछ । खेल थाईल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुँदैछ । थाइल्याण्ड जानुअघि नेपालले काठमाडौंमा १० दिनको तयारी गरेको थियो । विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिका सम्मिलित […]

युवा फाइभ–जीका, नेता वान–जीका छन् अनि कसरी मिल्छ ? : चन्द्र भण्डारी

१७ फागुन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ठूला पार्टीका शीर्ष नेताहरुलाई ‘बाँदरहरूको झुण्ड’को उपमा दिएका छन् । पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन आएका नेता भण्डारीले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिलेका नेताबाट देशको हितमा कुनै पनि काम हुन नसक्ने जिकिर गरे । ‘यी सबै ठूला पार्टी शीर्ष नेताहरूको […]

अख्तियारको कार्यक्रममा रमाइलै रमाइलो

१७ फागुन, डोटी । डोटी, आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले गाउँमा जनशक्ति नपाइने र थोरै ज्याला भयो भनेर काम नगर्ने भएका कारण डोजर लगाउन पाइने कि नपाइने भन्दै प्रश्न गरे । उनको प्रश्नको जवाफमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालय प्रमुख बाबुराम खतिवडाले भने, ‘डोजरको प्रयोग गर्न पाइँदै पाइँदैन, यदि डोजरको प्रयोग गराएर […]

बामदेव गौतम मन्त्री बन्न सक्नुहुन्न : सुरेन्द्र पाण्डे

१७ फागुन, चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा […]

नेपाल स्वर्ग हो, सबै मिलेर समृद्ध बनाऔं : राज्यमन्त्री मानन्धर

१७ फागुन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय हुने बताएका छन् । शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले कहिलेकाहीँ गलत इन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै सचेत भएर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री […]

भौतिक पूर्वाधार मन्त्रालयको १०० दिनको प्रगति- ९५०० खाल्डा पुरियो

१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति विवरणमा सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ । मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ । यसका साथै काठमाडौं उपत्यकाका करिब […]

मनै लोभ्याउने माईपोखरी

१७ फागुन, इलाम । प्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी । इलाम सदरमुकामबाट माईपोखरी १८ किलोमिटरको दुरीमा पर्ने माईपोखरी सन् २००८ देखि विश्व रामसार सूचीमा सूचिकृत छ । […]



from समाचार – Online Khabar https://ift.tt/39hl25S
via IFTTT
Powered by Blogger.