समाचार
१३ फागुन, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने ४७ वर्षीया नयमा खातुन रहेकी छन् । घरदेखि करिब २ सय मिटर टाढाको खेतमा घाँस काट्न गएको समयमा चट्याङ खस्दा उनी बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि स्थानीय मेडिकलमा लैजानेक्रममा बाटोमा […]
१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको लागि शिलान्यास भएको ५ महिना बित्न लाग्यो । ४ असोजमा शिलान्यास गरेको आयोजनामा अझै मुआब्जा विवाद सल्टिएको छैन, जसका कारण ठेकदारलाई सुरुङमार्गको मुख्य भागमै पुगेर काम गर्न पाएका छैनन् । धादिङतर्फ जग्गाको मुआब्जा विवाद नटुंगिएपछि प्रारम्भिक काम समेत सुरु हुन […]
१३ फागुन, काठमाडौं । सरकारले वर्षौंदेखि अलपत्र भएर रुग्ण बनेका आयोजनाको म्याद थप्ने क्रम तीव्र पारेको छ । संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार फागुन १४ (बुधबार)सम्म सबै रुग्ण ठेक्काको म्याद थप्न सकिने अवस्थामा सडक र पुलका मात्रै करिब १४ सय वटा ठेक्काको म्याद थपको निवेदन परेको छ । विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा म्याद थपका […]
१३ फागुन, काठमाडौं । काठमाडौं, केशरमहल बस्दै आएका पुरातत्वविद् काइ वाइजे दिनहुँ जसो जुद्ध वारुण यन्त्रको भवनबाट ओहोरदोहोर गर्छन् । ‘वसन्तपुरमा निर्माण भइरहेको काष्ठमण्डपमा साइकल जाँदा आउँदा यो ऐतिहासिक भवन किन भत्काउन मरिहत्ते गरेको होला जस्तो लाग्छ’, वाइजे भन्छन् । विश्व सम्पदाका ज्ञाता वाइजे काठमाडौं महानगरपालिका वा कुनै पनि निकायले भवन भत्काउन नहुने बताउँछन् । […]
१३ फागुन, चितवन । निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनशनमा बसेका माडी नगरपालिका- १ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । ७ दिनदेखि अनशनमा बसेका पौडेललाई हात्तीको आक्रमणबाट ज्यान गुमाएका पीडितका परिवार सदस्यले जुस अनशन तोडाएकी हुन् । चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गर्दै माग पुरा […]
१३ फागुन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नम्बर ५ को नाम लुम्बिनी–थारुवान राख्न माग गरेको छ । पार्टीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशको भौगोलिक अवस्था र बसोबासको आधारमा प्रदेशको नाम लुम्बिनी–थारुवान राख्नुपर्नेे माग गरेको हो । सो पार्टीले प्रदेशको राजधानी लुम्बिनी परिपथभित्र राख्नु पर्ने माग गरेको छ । […]
एउटा ठट्यैली छ, ‘दश नेपाली बराबर एक स्याङ्जाली ।’ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो ठट्यौली विष्णुप्रसाद गौडेलका लागि बनाइएको हो जस्तो लाग्न सक्छ । उनलाई तपाईं असली नामले भन्दा पनि ‘मेक्सम गौडेल’ भनेर चिन्नुहुन्छ । आँधी खोलको पानी पिएर हुर्किएका यी स्याङ्जाली ठिटोलाई कसले उछिन्ने ? छुरा पो छन् त ! कमेडी–मञ्चमा उक्लिएपछि […]
१३ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सरकार परिवर्तन हुने सपना नदेख्न सुझाएका छन् । संघीयतालाई धरापमा पार्न केही नेताहरुले प्रदेश २ को सरकार ढाल्ने दाबी गरेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अगाडि धनुषा आएरै प्रदेश २ को सरकार परिवर्तनका लागि कुराकानी […]
१३ फागुन, पोखरा । पृथ्वीनारायण(पीएन) क्याम्पसमा मंगलबार नेपाल प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप हुँदा विद्यार्थी सुजन लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । गत बिहीबार क्याम्पसमा नेविसंघ र अनेरास्ववियु विद्यार्थीबीच झगडा भएको थियो । झडपमा अनेरास्ववियु निकट विराट दवाडी र विशाल पन्त घाइते भएका थिए । घाइते […]
१३ फागुन,1 काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रिय पोशाक वा आ-आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको […]
१३ फागुन, जनकपुरधाम । सिराहा प्रहरीले १९ तोला सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद […]
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]
काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लेवर्ल्ड ११ र एसिया ११ बीच दुई टी–२० म्याच आयोजना गर्ने भएको छ । बंगलादेशका संस्थापक शेख मुजीव उर-रहमानको १०० औं जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो । दुवै टिममा उपलब्ध उत्कृष्ट क्रिकेटरहरुलाई राखिएको बीसीबीका अध्यक्ष नज्मुल हरसले बताए । विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका […]
१३ फागुन, काठमाडौं । साताको पहिलो दिन ६९ अंकले बढेको सेयर बजारमा दोस्रो दिन सोमबार २ अंकको करेक्शन भयो । तेस्रो दिन भने सेयर बजार पुनः उचालिएको छ । सबै उपसमूहरु हरियाली छाउदा सेयर कारोबार मापक नेप्से परिसूचक ४२३ अंकले उकालो लागको छ । सोमबार नेप्से परिसूचक ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको […]
१३ फागुन, काठमाडौं । सरकारले करिब ७ वर्षअघि तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ । बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा […]
१३ फागुन,काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् । नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ । त्यस्तै […]
१३ फागुन, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३१ […]
१३ फागुन, धम्बोझी (बाँके) । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्याँसका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार […]
१३ फागुन, बुटवल । बुटवलमा लघु, घरेलु साना तथा औद्योगिक कृषि प्रविधि प्रदर्शनी हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति प्रदेश ५ को आयोजनामा आगामी फागुन २१ देखि चैत्र २ गतेसम्म प्रदर्शनी हुन लागेको हो । ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु : मेरै देशको’ भन्ने नाराका साथ बुटवल–११ देवीनगरमा हुने […]
१३ फागुन,काठमाडौं । सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय […]
१३ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुःखद् भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘प्रधानमन्त्रीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्दै आउनु भएको थियो, के त्यो आवश्यकता र औचित्य भनेको एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनु हो ?’ […]
from समाचार – Online Khabar https://ift.tt/38XreiZ
via IFTTT