Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जब बद्री पंगेनीले मञ्चमै नेकपा सांसद्लाई भ्रष्टाचार नगर्ने कसम खुवाए

१४ फागुन, डोटी । सांसद् तथा मन्त्रीहरूले कार्यभार सम्हाल्नुअघि नै निष्ठापूर्वक काम गर्ने शपथ खाएका हुन्छन् । तथापि, उनीहरूका पदीय मर्यादाविपरीतका घटना सार्वजनिक हुन छाडेका छैनन् । यहीबीच, कलाकार बद्री पंगेनीले प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेलाई सार्वजनिक मञ्चमै भ्रष्टाचार नगर्ने कसम खुवाएका छन् । डोटी चेम्वर अफ कमर्सद्वारा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको समापन सभाको प्रमुख […]

भवन उद्घाटन गर्न राष्ट्रपति बैतडी जाँदै, नगरपालिकाभर बिदा

१४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् ।  राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दनलगायतका कार्यक्रम […]

इजरायली मोडलको खेतीमा रमाएको दम्पती

१४ फागुन, चितवन । आजकल कमै युवाको ध्यान कृषि कर्ममा हुन्छ । बहुसंख्यक युवाले वैदेशिक रोजगारी ताकेका हुन्छन् भने बाँकीले देशभित्रै छिटो आर्जन गर्ने माध्यमहरु खोजिरहेका हुन्छन् । माटोमा समृद्धि देख्ने कमै फेला पर्छन् । तिनैमध्येका हुन् भरतपुर महानगरपालिका– २४ जगतपुरका दीपक र रतिमा गुरूङ । गुरूङ दम्पती इजरायलमा सिकेको कृषी सिप प्रयोग गरेर नेपालमा […]

बूढानीलकण्ठ दुर्घटनाका अभियुक्तको नौटंकीमा अस्पतालकै साथ

१४ फागुन, काठमाडौं । बूढानीलकण्ठमा भएको कार दुर्घटनाका संलग्न चालक पृथ्वी मल्लमाथि मेडिकल काउन्सिलबाट पनि अनुसन्धान गराउने तयारी गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि बिरामी भएको नाटक गरेर ४५ दिनदेखि अस्पतालमै बसेपछि मल्ल पुनः छानबिनको दायरामा परेका हुन् । मल्लसँगै उनको उपचारमा संलग्न चिकित्सकमाथि पनि छानबिन हुने स्रोतले […]

भारतको हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

१४ फागुन, काठमाडौं । नागरिकता विधेयकलाई लिएर भारतमा दुई पक्षबीच मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् । अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार, […]

चेल्सीको मैदानमा वायर्नको शानदार जित

१४ फागुन, काठमाडौं । सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ । लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ […]

सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार !

१४ फागुन, काठमाडौं । नेपाल ट्रस्टले मंगलबार जारी गरेको श्वेतपत्र र नेकपामा चलेको संविधान संशोधनको बहसले आजका दैनिक पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले ‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार’ शीर्षक दिएर संविधान संशोधनका नेकपाका मूल ४ एजेन्डाबारे समाचार बनाएको छ । समाचार अनुसार, संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरे पनि […]

स्थायी कमिटीमा अस्वीकृत, सचिवालयमा सर्वसम्मत !

१३ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा अस्वीकृत भएपछि सचिवालयमा पुगेको पाइएको छ । सचिवालयले यसका लागि कार्यदल गठन गरेको भएपनि नेताहरुले सार्वजनिक रुपमा स्वीकार गर्न समेत सकेका छैनन् । पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि संविधान संशोधनका लागि कार्यदल गठन […]

मातातीर्थ पुगेर बाबुरामले भने- १७३ रोपनी जग्गामा न्याय गरेको रहेछु

१३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले पर्यटन बोर्डमा श्वेतपत्र जारी गरिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्थानीयबासीलाई भेट्न चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए । मातातीर्थ त्यही स्थानमा हो, जहाँ डा. भट्टराई प्रधानमन्त्री भएका बेला १७२ रोपनी १५ आना जग्गा मोही कायम गरेर वितरण गरिएको थियो । श्वेतपत्रअनुसार त्यतिबेला मोही कायम गरेर […]

‘राजा महाराजालाई इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू !’

१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएको छ । तर जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको उनको टिप्पणी छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीको जन्मदिनको […]

रक्षामन्त्री पोखरेलको श्वेतपत्र : यतीसँग प्रचण्ड, देउवा र बामदेव मुछिए !

१३ फागुन, काठमाडौं । गोकर्ण रिसोर्ट यती होल्डिङ्सलाई थप २५ वर्षलाई लिजमा दिने निर्णय गरेकोमा चर्को आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ मा संसदमा उभिएर भनेका थिए, ‘पाथीभरा कसले दिएछ, सोल्टी कसले दिएछ, दरबार अगाडि कसले दिएछ, अरु-अरु ठाउँमा ककसले दिएछ, त्यो अध्ययन गर्दैछ ।’ सरकारले भनेको अध्ययन सकिएको छ, र नेपाल […]

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले भोलि बुधबार सचिवालयको बैठक बोलाएको छ । संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय विवादमा परिरहेका बेला सचिवालयको बैठक बोलाइएको हो । एक नेताकाअनुसार बैठक भोलि ११ बजे बस्नेछ । सचिवालयको अघिल्लो बैठकले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न कार्यदल […]

नागढुंगा सुरुङमार्ग : शिलान्यासको ५ महिनासम्म सुल्झिएन मुआब्जा विवाद

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको लागि शिलान्यास भएको ५ महिना बित्न लाग्यो । ४ असोजमा शिलान्यास गरेको आयोजनामा अझै मुआब्जा विवाद सल्टिएको छैन, जसका कारण ठेकदारलाई सुरुङमार्गको मुख्य भागमै पुगेर काम गर्न पाएका छैनन् । धादिङतर्फ जग्गाको मुआब्जा विवाद नटुंगिएपछि प्रारम्भिक काम समेत सुरु हुन […]

गगनले मागे प्रधानमन्त्रीको राजीनामा

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको […]

सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु

१३ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । विराटनगर– १ परोपकार घाटमा बस्दै आएका ८ परिवारको घरटहरा मंगलबार महानगरपालिकाले डोजरको प्रयोग गरेर हटाएको हो । मंगलबार टहरा भत्काउने क्रममा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएको थियो । विवादका क्रममा मोरङ प्रहरीको टोली […]

प्रदेश सरकार परिवर्तनको सपना नदेखे हुन्छ : मुख्यमन्त्री राउत

१३ फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सरकार परिवर्तन हुने सपना नदेख्न सुझाएका छन् । संघीयतालाई धरापमा पार्न केही नेताहरुले प्रदेश २ को सरकार ढाल्ने दाबी गरेको उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अगाडि धनुषा आएरै प्रदेश २ को सरकार परिवर्तनका लागि कुराकानी […]

जुद्धको नासो मासिने चिन्ता

१३ फागुन, काठमाडौं । काठमाडौं, केशरमहल बस्दै आएका पुरातत्वविद् काइ वाइजे दिनहुँ जसो जुद्ध वारुण यन्त्रको भवनबाट ओहोरदोहोर गर्छन् । ‘वसन्तपुरमा निर्माण भइरहेको काष्ठमण्डपमा साइकल जाँदा आउँदा यो ऐतिहासिक भवन किन भत्काउन मरिहत्ते गरेको होला जस्तो लाग्छ’, वाइजे भन्छन् । विश्व सम्पदाका ज्ञाता वाइजे काठमाडौं महानगरपालिका वा कुनै पनि निकायले भवन भत्काउन नहुने बताउँछन् । […]

राष्ट्रपति बुधबार कैलाली आउँदै

१३ फागुन, कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार कैलाली आउने भएकी छन् । तीनदिने सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी धनगढी आउन लागेकी हुन् । बुधबार धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन […]

अमेरिकी दूतावास अगाडि नेमकिपाको प्रदर्शन

१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेको हो । रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दूतावास अगाडिसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले देश बेच्न पाइँदैन, एमसीसी खारेज […]

तस्वीर देखाएर ब्ल्याकमेलिङ, आत्महत्यापछि दुई जना पक्राउ

१३ फागुन, विराटनगर । विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्दै आएकी प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । नग्न तस्वीर देखाएर […]

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेका छन् । सो अवसरमा उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । मंगलबार केशर पुस्तकालय र स्वप्न बगैँचाको अवलोकनपछि प्रधानमन्त्री ओलीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं ।’ राष्ट्रिय […]



from समाचार – Online Khabar https://ift.tt/2T0t5hF
via IFTTT
Powered by Blogger.