Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

झ्यालबाट संसद् छिर्ने वामदेवको सपना फेरि भूमरीमा

१३ फागुन, काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदललाई लिएर नेकपामा देखिएको किचलो र यसले नेता वामदेव गौतमको चाहनामा पुगेको ठेसबारे आजका दैनिक पत्रिकाहरूले पर्गेलेका छन् । त्यस्तै, कोरोना संक्रमित दक्षिण कोरियामा रहेका नेपालीको अवस्था र चार सय ट्यांकरको मास्टर की गायब भएको प्रसंग पनि आजका पत्रपत्रिकाहरूमा समेटिएका छन् । ‘झ्यालबाट संसद् छिर्ने हठमा वामदेव’ […]

७ महिनामा नेपाल-चीनबीच एक खर्ब ३३ अर्बको व्यापार

१२ फागुन, काठमाडौं । कोरोना माहामारीका कारण नेपाल-चीन व्यापारका मुख्य नाका एक महिनादेखि ठप्प छ । तर, माघमहिनासम्म दुई देशबीचको व्यापार भने गत वर्ष भन्दा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको व्यापार तथ्यांक अनुसार नेपाल र चीनबीच गत वर्षको समीक्षा अवधिमा भन्दा १० अर्ब ५८ करोड रुपैयाँ बढीकोे व्यापार […]

लालबाबुको सरकार : नाम भएन, गुमनाम पनि भएन

१२ फागुन, जनकपुरधाम । लोकसेवा आयोगले कर्मचारी भर्नाका निम्ति विज्ञापन आह्वान गरेपछि प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ३ मा आयोगलाई पत्र लेख्दै भर्ना रोक्न आग्रह गरेका थिए । प्रदेशमा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने भएकाले प्रदेशका १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन […]

श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार

१२ फागुन, काठमाडौं । श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका – ५ घर भई काठमाडौं बस्ने शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा प्रहार गरेका हुन् । घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्रहार गरेका उनले रोक्न […]

ओली-यती प्रेम : अढाइ लाखको उडान, ३२ हजारको केक !

१२ फागुन, काठमाडौं । ‘यो यती होल्डिङ्स, मानिलिउँ हाम्रो कुनै एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि, केही हो कि भनेजसरी व्याख्या हुने गरेको छ,’ १५ माघमा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘म एकदम खुलस्त भन्न चाहन्छु, व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनौं । अहिलेको सरकार भ्रष्टाचारका पछाडि, […]

शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक

१२ फागुन, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ । गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको आयोगले जनाएको छ । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले […]

कलंकीमा डरलाग्दो दुर्घटना, ब्रेकफेल भएको ट्रकले दर्जन सवारीलाई ठक्कर दियो

१२ फागुन, काठमाडौं । काठमाडौंको कलंकीमा सोमबार साँझ ठूलो दुर्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले १२ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकको ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको थियो । त्यसपछि अनियन्त्रित बनेको ट्रकले ट्याक्सी, कार, जिप, मोटरसाइकलसहित एक दर्जन सवारी […]

भारतमा दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सामूहिक अन्त्येष्टि

१२ फागुन, विराटनगर । भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गत बुधबार राति तीर्थयात्राका क्रममा भारतको तामिलनाडुमा ज्यान गुमाएका इटहरीका ६ जनाको सोमबार बुढी खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । गत बुधबार राति बस दुर्घटना हुँदा इटहरी–१० का ६ सहित ८ जना नेपालीको मृत्यु भएको थियो […]

हाम्रो जाली रुमाल संरक्षण गर्ने दायित्व राज्यको हो–सांसद सुनुवार

१२ फागुन,काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले किरात सुनुवारले लगाउने जाली रुमाल राज्यको सम्पत्ति भएकाले यसको संरक्षण राज्यबाटै हुनुपर्ने बताएका छन् । सुनुवार सेवा समाजका पूर्वअध्यक्ष तथा भाषा संस्कृति विज्ञ लोकप्रिय सुनुवारको कृति ‘मुल्केम मुक्दुम’को सार्वजनिक गर्दै सांसद सुनुवारले भाषा संस्कृति तथा पहिचान जोगाउन समुदायमात्र नभएर राज्यको भूमिका हुनुपर्ने बताए । सुनुवार […]

एक अर्बको डिलमा बास्कोटा एक्लै छैनन्, छानविन गरौं : देउवा

१२ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा एक्लै संलग्न नरहेको दाबी गरेका छन् । यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले छानविन गर्न माग गरेका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले […]

सांसदले सोधे – मन्त्रिपरिषदमा महिला सहभागिता खोई ?

१२ फागुन, हेटौंडा । वागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला सहभागिता शून्य रहेको भन्दै सत्तापक्षकै महिला सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपाका महिला सांसदहरुले संविधानको भावना विपरीत प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको भन्दै सरकारको आलोचना गरेका हुन् । सांसद सरस्वती बाटीले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी प्रावधान वागमती प्रदेशको मन्त्रिपरिषद्मा नदेखिएको […]

काठमाडौं महानगरमा सवारीको चरम दुरुपयोग

१२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका सवारी साधन र इन्धनको चरम दुरुपयोग भइरहेको पाइएको छ । यतिसम्म कि महानगरसँग आफ्नो स्वामित्वमा कति सवारी छन् र कसले उपयोग गरिरहेको छ भन्ने तथ्यांक समेत छैन । सवारी साधन व्यवस्थापन, सुविधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकताबारे अध्ययन गर्न कार्यपालिका बैठकले १७ मंसिरमा वडा १६ […]

एमसीसीका केही प्रावधान स्वीकार्न सकिन्न : खनाल

१२ फागुन, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का केही बुँदालाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले ती बुँदालाई स्वीकार गर्न नेकपा कार्यदलले सुझाव दिएको बताएका छन् । नेकपाले गठन गरेको एमसिसी अध्ययन गर्न कार्यदलका संयोजक खनालले नेकपा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा तत्कालीन सरकारले केही गम्भीर बुँदामा हस्ताक्षर गरेकाले सच्याउन […]

विपक्षीलाई चल्लासँग तुलना गर्दै प्रधानमन्त्रीले भने : जनतामा भ्रम छरे

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई कुखुराको चल्लासँग तुलना गरेका छन् । सरकारले दूरगामी महत्वका असाधारण कामहरु गरिरहेको तर विपक्षीले नन इस्युलाई इस्यु बनाएर विरोध गरेको उनको आरोप छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा झण्डै डेढ घन्टा बोलेका प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउ गर्नमा खर्चिए । […]

सुधार गृहको शौचालयमा युवक मृत भेटिए, हत्या भएको आफन्तको आशंका

१२ फागुन, विराटनगर । मोरङको उर्लाबारीमा रहेको जीवन बचाउ उपचार गृह(सुधार केन्द्र)मा रहेका एक युवक शौचालयमा मृत भेटिएका छन् । गत पुसयता सुधार गृहमा बस्दै आएका उर्लाबारी २ का २१ वर्षीय विशाल श्रेष्ठ मृत भेटिएका हुन् । शौचालयको भेन्टिलेटरमा पासो लगाएको अवस्थामा शव भेटिएपछि आफन्तले हत्या भएको आशंका गर्दै अनुसन्धान गर्न माग गरेका छन् । […]

ठूलो षड्यन्त्र थियो, जितेर आएँ : महरा

१२ फागुन, दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई षड्यन्त्रपूर्वक जेल पठाइएको बताएका छन् । बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुगेका महराले आफूमाथि ठूलो षड्यन्त्र भएको तर जितेर आएको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसद महराले भने, ‘तीन महिना जति म भुमरीमा परेँ, जसरी मलाई त्यो भूमरीमा पठाइयो, […]

प्रतिगुप्तचरी संयन्त्र ब्यूँताउने सहमति

१२ फागुन, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग मातहत रहने गरी नेपालमा प्रतिगुप्तचरी संयन्त्र (काउन्टर इन्टेलिजेन्स) ब्यूँताउने सहमति जुटेको छ । ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी विधेयक २०७६’ माथिको दफावार छलफलमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा यस्तो सहमति जुटाएको समिति सदस्य ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए । बाह्य गुप्तचरसम्बन्धी गतिविधि हेर्ने गरी राष्ट्रिय अनुसन्धा विभागमा […]

साढे ४० हजार घुससहित कास्कीबाट सवइन्जिनियर पक्राउ

१२ फागुन, काठमाडौं । कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार रहेका छन् । कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । रौनियार राष्ट्रिय पुनर्निर्माण […]

गुप्तचरसम्बन्धी विधेयकको छलफलमा पत्रकारलाई रोक लगाउन दबाव

१२ फागुन, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले असहमति जनाएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाल विशेष सेवा विधेयकमाथिको छलफलमा पत्रकारलाई रोकेको छ । समितिका एक सदस्यका अनुसार अनुसन्धान विभाका अधिकारीले छलफलमा पत्रकारलाई नराख्न दबाब दिएका छन् । पत्रकारलाई बोलाएमा आफूहरु छलफलमा नै नआउने चेतावनी उनीहरुले संसदीय समितिलाई दिएका ती सदस्यले अनलाइनखबरलाई बताए । समितिले […]

दिपायल सिलगढी नगरपालिकामा १७६ छाउगोठ

१२ फागुन, डोटी । डोटी जिल्ला सदरमुकामसमेत रहेको दिपायाल सिलगढी नगरपालिकाभित्र एक सय ७६ छाउगोठहरु रहेको एक अध्ययनले देखाएको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम र महिला अधिकार मञ्च डोटीले गरेको छाउपडी गोठहरुको तथ्यांक संकलन र अवस्था अध्ययनले सो कुरा देखाएको छ । सोमबार आयोजित “छाउपडी प्रथा न्यूनिकरण सम्वन्धि छाउपडी तथ्यांक […]

‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति  

१२ फागुन, भीमदत्तनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने/जाने सबैलाईै माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको […]



from समाचार – Online Khabar https://ift.tt/3bZyhd7
via IFTTT
Powered by Blogger.