Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

युभेन्ट्समाथि लियोनको शानदार जित

१५ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को खेलमा दुई अप्रत्यासित नतिजा आए । म्यानचेष्टर सिटीले रियल मड्रिडलाई उसैको मैदानमा पराजित गर्दा फ्रेन्च क्लब लियोनले युभेन्ट्सलाई हरायो । लुकास टुसार्टले गरेको एक मात्र गोल मद्दतमा लियोनले अन्तिम १६ को पहिलो लेगमा इटालियन जायन्ट युभेन्ट्सलाई १–० ले हरायो । घरेलु मैदानमा […]

ओलीलाई झलनाथकाे प्रश्न– नेकपा अध्यक्ष हुने, पार्टीको निर्णय नमान्ने ?

१५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य सिफारिसलाई लिएर नेकपामा उत्पन्न विवादमाथि आजका सबै दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भनेर गरेको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि नेकपामा तीव्र विवाद उत्पन्न भएको हो । यसबाहेक सेयर कारोबारमा देखापरेको उछाल, फोन ट्यापिङ, औषधिको कच्चा पदार्थ अभावलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले […]

किशोर भर्सेस चन्द्र–महासंघको चुनावमा रोचक भीडन्त !

१४ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी माहोल सुरु भएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्थाका कारण अहिलेको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी चैतदेखि महासंघको अध्यक्ष बन्दैछन् । अध्यक्ष स्वतः नै बन्ने भए पछि यतिबेला चुनावी भिडन्त भने वरिष्ठ उपाध्यक्ष पदमा हुने भएको […]

वीरगञ्ज महानगरले सवारी साधनमा अनावश्यक कर लियो : व्यवासायी

१४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सवारी व्यवस्थापन सेवा शुल्कको नाममा मनपरी ढंगले कर अशुली गर्न थालेको गुनासो व्यवसायीले गरेका छन् । विगतमा ‘पटके सवारी कर’को रुपमा ठेक्का लगाइने गरिएकोमा त्यसमा रोक लागेपछि महानगरपालिकाले सवारी व्यवस्थापन सेवा भनी कर असुल गर्न थालेको हो । महानगरपालिकामा प्रवेश गरी अन्यत्र ढुवानी हुने सबै प्रकारका सवारी साधन (मालबहाक, […]

पाठ्यसंरचना नसच्याइए प्रयोगात्मक परीक्षा बहिष्कार गर्ने सीफ्यानको चेतावनी

१४ फागुन, काठमाडौं । कम्प्यूटर फ्याकल्टी एशोसिएसन अफ नेपाल (सीफ्यान)ले आगामी शैक्षिक सत्र २०७७ देखि कक्षा ११ र १२ मा लागू हुने पाठ्यसंरचना सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ । कक्षा ११ र १२ का विद्यार्थीले ऐच्छिक विषयको रुपमा पनि कम्प्यूटर विषय अध्ययन गर्न नपाउने व्यवस्था गरेको भन्दै सीफ्यानले उक्त व्यवस्था तत्काल सच्याउन […]

ज्ञानको बन्ध्याकरण फिर्ता लिन चेतावनी

१४ फागुन, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा विदेशी पुस्तक आयातमा लगाएको भन्सार महसुलको विरोधमा पूर्वप्रधानमन्त्री एवं मन्त्रीहरुले ऐक्यबद्धता जनाएका छन् । ज्ञानको दायरा फराकिलो बनाउनुपर्नेमा सरकार झनै संकुचित हुँदै गएको तर्फ सत्ता पक्षका एवं विपक्षी दलका नेताहरुले समेत विरोधमा ऐक्यवद्धता जनाएका हुन् । सरकारले पुस्तक आयातमा लगाएको करको विरोधमा उत्रिएका पाठकहरुको मागप्रति ऐक्यबद्धता […]

यातायात व्यवस्था कार्यालय वीरगञ्जमा अख्तियारको छापा

१४ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित यातयात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको तीन सदस्यीय टोलीले छापामारी गरेको हो । यातयात व्यवस्था कार्यालय सवारी वीरगञ्जमा अनियमितता भएको उजुरी परेकोले त्यसैको सम्बन्धमा अख्यिारको टोलीले अनुसन्धान गरेको अख्तियारको हेटौंडास्थित कार्यालयले जनाएको छ । के विषयमा अनियमितताको […]

प्रधानमन्त्रीलाई सुदूरपश्चिमको पत्र : ‘तमी पन निकाई होउला भन्या मान्याका छौं’

श्रीमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, सिंहदरबार काठमाडौं विषय : पश्चिम सेतीको लागि मेरो पत्र । आज पत्र पठाउनुको कारण केही थिएन । तर, विगत २८ वर्षदेखि मेरा आशा र सपना मर्न थालेको छ । सुदूरपश्चिम प्रदेशको गौरव आर्थिक सामाजिक रूपान्तरणको वैभव हाम्रो ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन […]

टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

१४ फागुन, काठमाडौं । चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार […]

देशभरका क्याम्पस स्ववियुविहीन

१४ फागुन, काठमाडौं । देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचित भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आज (बुधबार)का लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो […]

कोसी अस्पताललाई जग्गाको अभाव

१४ फागुन, विराटनगर । विराटनगरको कोसी अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि क्षयरोग निवारण संस्थाले निर्माण गरेको भवन भत्काइने भएको छ । आईसीयू भवन बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि जग्गा अपुग भएपछि २०१६ सालमा क्षयरोग निवारण संस्थालाई दिएको जग्गामा बनेको भवन भत्काउन लागिएको हो । सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा ५ बिघा […]

सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको उर्वर भूमि हो : राष्ट्रपति भण्डारी

१४ फागुन कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताएकी छन् । धनगढीमा बुधबारदेखि सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश मौलिक परम्परा रहनसहन र भेषभुषाको विशिष्ट पहिचान बोकेको भन्दै प्रशंसा गरेकी हुन् । राष्ट्रपति भण्डारीले पहलमानसिंह स्वार र जयपृथ्वीबहादुर सिंहलाई समेत स्मरण […]

वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी घुससहित पक्राउ

१४ फागुन, बुटवल । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका- ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र […]

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१४ फागुन, काठमाडौं । सल्यानमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुमाख गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा३प ८८८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २९ वर्षीय रमेश बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

धनुषाधामबाट कटुवा पेस्तोल बरामद

१४ फागुन, काठमाडौं । धनुषामा प्रहरीले बुधबार एउटा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको छ । धनुषाधाम नगरपालिका-८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो । बरामद हतियार कसको हो भन्ने खुलेको छैन । थप अनुसन्धान […]

विराटनगरमा साढे ५ करोडको लगानीमा मिल्क एण्ड बेभरेज उद्योग सञ्चालन

१४ फागुन, विराटनगर । विराटनगरमा साढे पाँच करोडको लागतमा सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग स्थापना भएको छ। दूग्धजन्य पदार्थको उत्पादनसँगै बिक्री वितरण गर्ने उदेश्यले स्थापना गरिएको उद्योगको बुधबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन । डेरीको उद्घाटन गदै मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले कृषिलाई […]

नेपाल ट्रष्टको लिज निर्णयमा मेरो संलग्नता छैन : देउवा

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफूले कुनै निर्णय नगरेको बताएका छन् । नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष […]

‘मैले युद्ध जित्ने सारथि चिनेको छु’

म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ। ती कार्यक्रममा सहभागी हुँदा तपाईं उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधिहरुसँग औपचारिक अनौपचारिक थुप्रै बसाइँ भए, भेला र बैठकहरु भएँ । ती बसाइँ भेला र बैठकमा तपाइँहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसिमले […]

तनहुँमा ट्रकले घरलाई ठक्कर दियो

१४ फागुन, काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ । वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् । […]

सरस्वतीका कप्तान दिपेशलाई २ वर्षको प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरीत कार्य गरेको भन्दै एन्फाले २ वर्षको प्रतिबन्ध लगाएको जनाएको छ । लिग अन्तर्गत ५९औ खेलमा हिमालयन शेर्पाविरुद्धको खेलमा नियम विपरीत कार्य गरेकोले अनुशासन समितिको बैठकले प्रतिबन्धको […]

बामदेवले भने– मलाई पार्टीबाट निकाल्नुस्, प्रधानमन्त्रीले भने– सबै परिस्थितिको सामना गर्छु

१४ फागुन, काठमाडौं । संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय निल्नु न ओकल्नु भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको थियो । तोकिएको समय बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थित भएपछि एजेण्डा सोधीखोजी भयो । ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने […]



from समाचार – Online Khabar https://ift.tt/384gu1d
via IFTTT
Powered by Blogger.