Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

७ दिनको बिदा लिएका इन्स्पेक्टर चार महिनासम्म पनि हाजिर भएनन्

१६ फागुन, काठमाडौं । एक साताका लागि बिदा बसेका नेपाल प्रहरीका एक निरीक्षक बिना जानकारी ४ महिनादेखि अनुपस्थित भएपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलम बिदा लिएको चार महिनासम्म पनि हाजिर नभएका हुन् । अस्पताल प्रशासनका अनुसार आलमको ८ कात्तिकबाट लागू हुने […]

दुधजन्य पदार्थमा हानिकारक रसायन मिसाउन अनुमति दिएका छैनौं : विभाग

१६ फागुन, काठमाडौं । दुधजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन कसैलाई पनि अनुमति नदिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट पारेको छ । सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको समाचार यसअघि प्रकाशमा आएको थियो । समाचारपछि उपभोक्ताहरू चिन्तित बनेका छन् । तर, विभागले यसबारे प्रष्ट […]

‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

१६ फागुन, बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ । धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका […]

जनशक्ति अभावले काम गर्न अप्ठ्यारो पर्‍यो : मुख्यमन्त्री पौडेल

१६ फागुन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको गुनासो गरेका छन् । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको उनको भनाइ छ । मुख्यमन्त्री […]

युनाइटेड अन्तिम १६ मा, आर्सनल बाहिरियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ । बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले विजयी भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका […]

इड्लिबमा हवाई आक्रमण, कम्तीमा २९ टर्किस सेनाकाे मृत्यु

१६ फागुन, काठमाडौं । सिरियाले इड्लिबमा गरेको हवाई हमलामा कम्तीमा २९ टर्किस सेनाको मृत्यु भएको छ । केही दर्जन घाइते भएका छन् । सिरियाको उत्तर–पश्चिम क्षेत्र इड्लिबमा सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका हुन् । टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा आफ्ना सैनिक मारिएको पुष्टि गर्दै कैयन घाइते भएको जनाएका छन् […]

छापामा आज : संसद् छलेर इन्धनमा थप कर

१६ फागुन, काठमाडौं । नेकपाको प्रशिक्षण र त्यसमा नेताहरूले व्यक्त गरेको भनाइ आजका सबैजसो दैनिक अखबारहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, इन्धनमा थप विकास कर लगाउने सरकारको निर्णयलाई पनि पत्रपत्रिकाहरूले आलोचनात्मक ढंगले प्रस्तुत गरेका छन् । यसबाहेक पूर्वराज्यमन्त्री सञ्जयकुमार साहबारे अदालतले गरेको फैसला, दुर्घटनालगायत विषय पनि समेटिएका छन् । ‘संसद् छलेर इन्धनमा थप कर’ शीर्षकमा […]

नागबहालमा भेटिएका १२६ बुद्धहरु [ फोटो फिचर ]

काठमाडौं । १२६ बुद्धहरू एकै ठाउँ ! बिहीबार पाटनको नागबहालमा यस्तै संयोग जुर्‍यो । हरेक पाँच वर्षमा मनाइने सम्यक महादान अर्थात् दिपंकर पर्वको अवसरमा दिपंकर बुद्धहरु आफ्नो विहारबाट बाहिर निस्किएका हुन् ।  उनीहरु लुगा, गरगहनामा सजिएका थिए । दिपंकरका विशाल प्रतिमा नागबहालमा प्रदर्शन गर्नु र नेवार तथा बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरूहरुलाई दान दिनु […]

राजस्वको लक्ष्य भेट्न जनतामाथि करको भारी

१५ फागुन, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजनाका लागि भन्दै इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने घोषणा गर्‍यो । दैनिक १८ घन्टासम्म लोडसेडिङको मार खेपिरहेका जनताले उज्यालोको आशमा सरकारले लगाएको करलाई सहजै स्वीकार गरे । मासिक रुपमा रकम सरकारको खातामा जम्मा भइरहृयो, तर […]

कोरोना भाइरस : चीन तङ्ग्रिँदै, एसिया र युरोप खतरामा !

१५ माघ, काठमाडौं । दुई महिनामा ८२ हजार भन्दा बढी मानिसमा संक्रमण । २८ सयको मृत्यु । ३२ हजार भन्दा बढी संक्रमित मानिस उपचारपछि निको भए । यो चीनको कोरोना भाइरस (कोभिड १९) को पछिल्लो तथ्यांक हो । यो तथ्याकंलाई विश्लेषण गर्दै मेडिकल विशेषज्ञहरुले भनिरहेका छन्, ‘चीन विस्तारै कोरोनाबाट तंग्रिने क्रममा छ ।’ एक सातामै […]

बास्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने – सरकारलाई बद्नाम गर्ने प्रयास भयो

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र झुटो आरोप भन्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीले भने अडियो सार्वजनिक गर्ने […]

प्रधानमन्त्री ओली र डा. कोइरालाबीच डेढ घन्टा सम्वाद

१५ फागुन, काठमाडौं । बामेदव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी सचिवालयको निर्णय नमान्ने आफ्नो अडानका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई भेटे । पार्टीको आसन्न १४ औं महाधिवेशनको तयारीका लागि जिल्ला दौडाहामा रहेका नेता कोइराला बुधबार मात्र काठमाडौं आएका थिए । प्रधानमन्त्रीले भेट्न चाहेको खबर […]

घुसले बद्नाम इन्जिनियरिङ पेशा !

१५ फागुन, काठमाडौं । भविष्यमा के बन्ने ? बालबालिकालाई सोधियो भने अधिकांशबाट जवाफ आउँछ– डाक्टर या इन्जिनियर । अधिकांश नेपाली अभिभावक आफ्ना छोराछारी डाक्टर वा इन्जिनियर बनेको हेर्न चाहन्छन् । पछिल्ला घटनाक्रमले भने यी पेशाप्रतिको सम्मान जोखिममा परेको देखाउँछ । मेडिकल कलेजहरुको बद्मासीका कारण डाक्टरलाई हेर्ने दृष्टिकोण फेरिरहँदा इन्जिनियरहरु आफैं बद्मासको नमुना बनिरहेका छन् । […]

एसिड छ्याप्नेलाई ८ वर्ष कैद र १ लाख जरिवाना

१५ फागुन, हेटौैंडा । हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरले ८ बर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश कमलराज विष्टको एकल इजलासले साढे ६ वर्षअघिको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले केशरीबाट पीडित पक्षलाई १ […]

ओली मौन, प्रचण्ड र माधव नेपाल रक्षात्मक

१५ फागुन, काठमाडौं । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने सचिवालयको निर्णय कार्यन्वयन नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै पार्टीको विवाद उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु बिहीबार एउटै मञ्चमा उपस्थित भए । कार्यक्रम थियो, बाग्मती प्रदेशस्तरीय प्रशिक्षण । कार्यक्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]

बढी भार बोक्ने ३६ वटा भारतीय ट्रक कारबाहीमा

१५ फागुन, बुटवल । भारतबाट बढी भार बोकेर नेपालभित्रिने गाडी नियन्त्रणमा लिने अभियान रुपन्देहीमा सुरु भएको छ । भारतबाट भित्रिने मालबाहक गाडीको बढी भार (ओभर लोड) नियन्त्रणका लागि यो अभियान सुरु गरिएको हो । रुपन्देहीका यातायात व्यवसायीले एकै दिनमा ३६ वटा गाडीलाई कारबाही समेत गराएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी […]

मेरो नाम किन लेखियो, लेख्नुपर्ने नाम किन लेखिएन ?

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमाथि प्रश्न उठाएका छन् । बिहीबार संसदमा समय लिएर बोल्दै उनले लेख्नुपर्ने नाम नलेखेको तर नलेख्नुपर्ने नाम लेखेर मिडियाबाजी गराएको भन्दै आपत्ति जनाए । ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल […]

उत्कृष्ट तस्वीरको प्रदर्शनी सुरु

फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्वीरहरुको प्रदर्शनी शुरु भएको छ । काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे । प्रदर्शनीको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले फोटो पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाएर लैजान पिजे क्लबको […]

हुण्डी कारोबारीसँग ७ लाख घुस लिने तीन प्रहरी कारबाहीमा

१५ फागुन, वीरगञ्ज । पर्सामा हुण्डी कारोबारीसँग ७ लाख रुपैयाँ घुस लिएर भरियालाई छोडेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र प्रहरी जवान राजकुमार गुरुङ कारबाहीमा परेका हुन् । घुस लिएको ६ लाख ३५ हजार रकमसहित उनीहरुलाई थप कारबाहीका लागि […]

‘गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा रुवाबासी चलेछ’

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा पुगेर मनाए । स्थानीय तहले सार्वजनिक विदा दिएको थियो भने काठमाडौंदेखि हेलिकप्टरमा केक लगिएको थियो । प्रधानमन्त्री ओलीको बर्थडे केक नेपालको नक्सा आकारको थियो । तामझाका साथ राजसी ठाँटमा जन्म दिन मनाएको भन्दै प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिर पनि आलोचना भयो […]

वीरगञ्जका निमावि स्कुलमा प्रधानाध्यापक खटाउँदा विवाद

१५ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका १२ वटा निम्न माध्यमिक तहमा निमावि तहकै प्रधानाध्यापक खटाइएको छ । कक्षा ८ सम्म अध्यापन हुने भए पनि प्राथमिक तहकै प्रधानाध्यापकले सञ्चालन गरिरहेका १२ वटा विद्यालयमा निमावि तहकै प्रधानाध्यापक खटाइएको हो । निमावि दरबन्दी नभएका विद्यालयमा दरबन्दीसहित प्रधानाध्यापक नियुक्त गर्ने शिक्षा समितिको निर्णयपछि १२ वटा निमाविमा प्रधानाध्यापक खटाइएको वीरगञ्ज […]



from समाचार – Online Khabar https://ift.tt/32wYxHe
via IFTTT
Powered by Blogger.