समाचार
१६ फागुन, वीरगञ्ज । जन्ती गएका जीराभवानी गाउँपालिका-१ का ४२ वर्षीय बोधा उराव धाँगड मृत भेटिएका छन् । पटेर्वासुगौली गाउँपालिका-३ टोल देकुलीबाट बिहीबार साँझ जन्ती गएका उनी पर्सागढी नगरपालिका-५ हरपुरमा शुक्रबार बिहान मृत भेटिएका हुन् । राति जोकर बनेर नाचेका उनी खाना खाएर सुतेका थिए । शुक्रबार बिहान जन्ती घर फर्किने क्रममा उठाउन जाँदा उनको […]
१५ फागुन, काठमाडौं । नेपालसँग औपचारिक समझदारी हुनुअगावै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयारी गरेको छ । यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको रेल विभागका अधिकारीले बताएका छन् । नेपालले केही महिनाअघि रेलमार्गको डीपीआरबारे भारतलाई औपचारिक प्रस्ताव पठाएको थियो । यसमा भारतले अनौपचारिक रुपमा सहमति जनाए पनि द्विपक्षीय समझदारी […]
१६ फागुन, विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई […]
१३ फागुन, काठमाडौं । सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीको एजेन्टसँग कमिसनको हिसाबकिताब गरेको अडियो बाहिरिएपछि गोकुलप्रसाद बास्कोटा सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भए । बास्कोटाकै अग्रसरतामा अघि बढाउन लागिएका कतिपय आयोजना उनी बाहिरिएसँगै अन्योलमा फसेका छन् । त्यसमध्येकै एक हो, नेपालको आफ्नै स्याटेलाइट । बास्कोटाको पालामा फ्रान्ससँग भएको लेटर अफ एक्सचेन्ज (एलओई) अनुसार अन्तरिक्षमा नेपाली […]
१६ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सडकको धुलो बढार्न ब्रुमरको प्रयोग गर्न थालेको छ । खरिद गरेको डेढ वर्षसम्म थन्किएको ब्रुमर महानगरपालिकाले प्रयोग गर्न थालेको हो । २०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो । तर दक्ष जनशक्ती अभावका कारण प्रयोगमा आएको थिएन् । सडकहरु कालो पत्रे भएका कारण ब्रुमरको प्रयोग गर्न […]
काठमाडौं । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टुंगो लागेको हो । यसअघि सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले बुझाएको अन्तरिम प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई […]
१६ फागुन, विराटनगर । बाढी पीडितको दीर्घकालीन पुनस्थापनाका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)ले निर्माण सुरु गरेको प्याब्सन नमूना बस्ती विवादमा परेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिलन्यास गरेपछि निर्माण सुरु भएको बस्ती जग्गा विवादका कारण विवादमा परेको हो । प्याब्सन केन्द्रीय समितिले सुनसरीको रामधुनी नगरपालिका- ८ मा २५ वटा घर रहनेगरी आधुनिक […]
१६ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम गरेको बताएकी छन् । १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको उनले जानकारी दिइन् । मन्त्री अर्यालले शुक्रबार आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक […]
१६ फागुन, विराटनगर । लागूऔषधसहित प्रहरीले मोरङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटगनर– ११ पिचरा घर बताउने २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्ण श्रेष्ठ छन् । बिहीबार राति करिब १२ बजे २६० एम्पुल लागूऔषधसहित विराटनगर–११ बसपार्कबाट श्रीमान श्रीमती पक्राउ परेका हुन् । प्रहरीको गस्ती टोलीले उनीहरुमाथि शंका लागेर […]
१६ फागुन, वीरगञ्ज । वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटिएका छन् । भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन् । वीरगञ्ज -१६ पशुपतिनगर छेउ दशगजास्थित सिर्सिया नदीबाट बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शव […]
१६ फागुन, रोल्पा । ११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै रोल्पा लगानी सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधिसभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अग्रसरतामा भएको सम्मेलनबाट कृषि, उद्योग, पर्यटन तथा जलविद्युतलगायत क्षेत्रमा लगानीका लागि छुट्टाछुट्टै सहमति तथा घोषणामा हस्ताक्षर भएका छन् । सबै सहमति मन्त्री पुनकै उपस्थितिमा भएको हो । खेतबारीमै […]
१६ फागुन, दैलेख । दैलेखमा गत कात्तिकदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल […]
१६ फागुन, काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं दिवंगत भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाडौंमा हुने भएको छ । अधिकारीको निधनको वार्षिकीको अवसर पारेर आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो । अधिकारीको ८२ वर्षको उमेरमा गत वर्ष फागुन १८ गते निधन भएको थियो । भरत मोहन अधिकारी स्मृति फाउण्डेशनले गर्न […]
१६ फागुन, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको […]
१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ । माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो । सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको […]
१६ फागुन, बाँके । तपाईंलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ […]
१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली खतरामुक्त रहेको काठमाडौंस्थित ग्राण्डी अस्पतालले जनाएको छ। बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। ‘उहाँ खतरामुक्त हुनुहुन्छ, हिजै हामीले उहाँको ‘थाई बोन’को अपरेसन गर्यौं ,’ अस्पतालका निर्देशका चक्रराज पाण्डेले भने, ‘उहाँको बुहारीको […]
१६ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको […]
सायद तपाईंमध्ये धेरैले ‘फेन्सिङ’ खेलको नामै नसुन्नुभएको होला । नाम सुने पनि यसबारे केही थाहा नहोला । केही वर्ष अगाडिसम्म मलाई पनि केही थाहा थिएन । तर, अहिले नेपालको लागि फेन्सिङबाट पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको गर्विलो पहिचान बनाएकी छु । म सशस्त्र प्रहरीमा जागिर खान्छु । प्रहरी भएकाले बन्दुक बोक्छु/चलाउँछु । तर, तरबार चलाउन […]
१६ फागुन, काठमाडौं । साझा पार्टीको तीन दिने राष्ट्रिय भेला आज पनि लुम्बिनीमा जारी छ । जारी भेलाको दोस्रो दिन आज सहभागीहरूले आफ्नो धारणा राख्दै छन् । साझा पार्टीका अनुसार, सहभागीहरूले समूहगत धारणा राख्ने छन् । सहभागीहरूको भनाइ सकिएपछि नेताहरूले त्यसबारे जवाफ दिनेछन् । तर, जवाफ दिने कार्यक्रम भने भोलिका लागि तय गरिएको छ । […]
१६ फागुन, काठमाडाैं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् । मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन । ‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको […]
from समाचार – Online Khabar https://ift.tt/2wMv68j
via IFTTT