Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट विजुली

१८ माघ, काठमाडौं । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म […]

ए डिभिजन लिगमा संजोकको हृयाट्रिक

काठमाडौं । संजोग राई शहीद स्मारक ए डिभिजन लिग २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । संजोगको हृयाटि्रक मद्दतमा थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल गर्‍यो । ४८ औं मिनेटमा भारतीय खेलाडी […]

केपी ओलीको विचार अल्पमतमा पर्दैन : कैलाश ढुंगेल

१८ माघ, काठमाडौं । नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल केपी ओली निकटका नेता हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका ढुंगेल नेकपाभित्र नेकपाभित्र केपी ओलीको विकल्प खोज्नु भनेको समृद्धिको नारालाई परित्याग गर्नु हो भन्छन् । अनलाइनखबरसँग कुरा गर्दै प्रदेश मन्त्री ढुंगेलले भने, ‘केपी ओलीको विचार त्यही हो, त्यो विचार […]

‘युनिभर्स बोस’ माथि अग्रवाल घरानाको जुवा !

१८ माघ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौथो संस्करण सुरु हुन झण्डै डेढ महिना बाँकी छ, तर माहौल अहिल्यै गर्माइसक्यो । यसपालिको ईपीएल अघिल्ला संस्करणहरुभन्दा विशेष र प्रतिक्षित किन बनेको छ भने टी-२० का ग्लोबल सुपरस्टार क्रिस गेल यसमा जोडिएका छन् । (गेलसँगै अरु केही प्रख्यात क्रिकेटरहरु पनि चौंथो ईपीएलमा आवद्ध भएका छन् […]

सरकारले थाल्यो दुर्घटनाग्रस्त क्षेत्र र सडकको अध्ययन

१८ माघ, काठमाडौं । सरकारले दुर्घटनाग्रस्त सडक र क्षेत्रहरुको अवस्था सुधार गर्न अध्ययन थालेको छ । सडकको दुरावस्थाका कारण हुने दुर्घटना कम गर्न सरकारले अध्ययन सुरु गरेको हो । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार ठूला दुर्घटना भइरहेका राजमार्ग र दुर्घटनास्थलमा ट्राफिक प्रहरी र विज्ञसहितको टोलीले अध्ययन सुरु गरेको छ । ‘सिन्धुपाल्चोकका दुर्घटनाग्रस्त […]

एकै परिवारका ६ जना सैनिक सेवामा

१८ माघ, काठमाडौं । गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्यांक जानकारीमा आएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा पाँच सैनिकका बाबु […]

कैलालीमा मोटरसाइकल चालक मृत भेटिए

१८ माघ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरामा एकजना मोटरसाइकल चालक मृत फेला परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गुलरा सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकलसँगै लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी मृत फेला परेका हुन् । चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए । चौधरीको मृत्यु […]

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

१८ माघ, सिन्धुली । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-७ मा प्रदेश नं. २ को ०२-००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर-२ घर भई हाल छिरेश्वर नगरपालिका-६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुत र मोटरसाइकल […]

स्कुले विद्यार्थीले बनाए बलात्कारबाट जोगिने ‘एन्टी रेप सिस्टम’

१८ माघ, बुटवल । बुटवलको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले बलात्कार र अपहरणबाट बचाउन सक्ने उपकरण बनाएका छन् । कालिका मानव ज्ञान माविमा कक्षा १२ मा अध्ययनरत पाँचजना विद्यार्थीको समूहले ‘एन्टी रेप सिस्टम’ आविस्कार गरेका हुन् । कम्प्युटर विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु सुरज बस्याल, निश्चल न्यौपाने, साजन पौडेल, रितेश काफ्ले र शिशिर तिमिल्सिनाको समूहले ‘एन्टी रेप […]

वीरगञ्जस्थित मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

१८ माघ, पर्सा । वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । वीरगञ्ज-८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, पि्रन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका […]

चीनले भन्यो- नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौं

१८ माघ, काठमाडौं । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी […]

कोरोना भाइरस संक्रमितको उपचार गर्न भरतपुर अस्पतालले बनायो आइसोलेसन वार्ड

१८ माघ, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताए । यसका लागि […]

कोरोना भाइरसको असर चितवनको पर्यटन व्यवसायमा

१८ माघ, चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको छ । क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ […]

यस्ता छन् ब्रिटेन ईयूबाट अलग हुनुका कारण

१८ माघ, काठमाडौं । बेलायत अर्थात् ब्रिटेन युरोपेली संघ (ईयू)बाट औपचारिक रुपमा अलग भएको छ । नेपाली समयअनुसार शनिबार बिहान करिब पौने पाँच बजे ब्रिटेनले ईयूसँगको ४७ वर्ष पुरानो सदस्यता अन्त्य गरेको हो । करिब तीन वर्ष अगाडि गरिएको जनमतसंग्रहमा ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा मत दिएका थिए । ब्रिटेन ईयूबाट ‘एक्जिट’ हुने अर्थात् बाहिरिने प्रक्रियालाई […]

अत्यधिक भीड हुने स्थानमा काठमाडौं महानगरले सार्वजनिक शौचालय बनाउने

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने […]

‘सरकार पूर्ण रुपमा असफल, सर्वसत्तावादको संकेत’

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न प्रथम निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले राज्य सञ्चालनको निमित्त स्पष्ट बहुमत प्रदान गरे । दुई दशकभन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ संविधानबमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम हुनेछ तथा देश आर्थिक विकास र समृद्धिको बाटोमा […]

नेकपामा भैंसेपाटीको असर : अल्पमतमा पर्‍यो ओली समूह !

१७ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि राजधानीमा जारी छ । चालु बैठकले ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ नामका दुई मुख्य गुटहरुलाई तीन कित्तामा बाँडेर ‘सिमेन्टेड’ गरिदिएको छ । नेकपाभित्र अब ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ समूह भन्ने रहेनन् । केन्द्रीय कमिटीको नयाँ समीकरण हेर्दा अब पार्टीभित्र प्रचण्ड समूह, ओली समूह र […]

विराटनगरमा अनलाइन ठगी प्रकरण : नक्कली फोटोकपीले बैंक खाता

१७ माघ, विराटनगर । अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । यसरी खाता खोल्दा महिला बढी प्रयोग भएका छन् । खाता खोल्दा एउटा […]

छाउगोठ भत्काएकामा जुम्लाका सांसद आक्रोशित

१७ माघ, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं […]

सुदूरपश्चिम प्रदेशमा सञ्चारसम्बन्धी विधेयकको सञ्चार क्षेत्रद्वारा विरोध

१७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकारले ल्याएको सञ्चार सम्बन्धी विधेयकको आलोचना र विरोध सुरु भएको छ । प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ को पत्रकार र सञ्चार उद्यमीले विरोध गरेका छन् । सञ्चार माध्यमलाई अङ्कुश लगाउने उद्देश्यले सरकारले विधेयक ल्याएको भन्दै पत्रकार महासंघ सुदूरपश्चिम […]

सामान्य विवादमा श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु   

१७ माघ, बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको […]



from समाचार – Online Khabar https://ift.tt/2S6NuA0
via IFTTT
Powered by Blogger.