Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

समाजवादी पार्टी र राजपाबीच फेरि सुरु भयो एकता वार्ता

८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु विच्किए । आफूसँग एकताका लागि वार्ता गरिरहेको फोरम एकाएक नयाँ शक्तिसँग एकता गरेपछि उपेन्द्र यादवसँग राजपा नेताहरु चिढिएका थिए । तर समाजवादी पार्टी र राजपाका नेताहरुले फेरि एकीकरणबारे सम्वाद सुरु गरेका छन् । समाजवादी पार्टीका […]

सचिवले सांसदलाई पढाउन खोजेपछि…

८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सांसदहरुले गतल बुझेको’ भनेपछि टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केहीबेर भनाभन भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबार राज्यव्यवस्था समितिको बैठक बसेको थियो । बैठकमा मन्त्री लालबाबु पण्डित र सचिव […]

घरमै उत्पादन हुने समान पनि भारतबाट आइरहेको छ : मेयर सरावगी

८ असार, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले घरमै उत्पादन हुने समान भारतबाट आयात हुनु दुःखद भएको बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साले आयोजना गरेको बजार मेला व्यवसायिक उत्सव आयोजनाको उद्घाटनमा उनले गृहणी महिलाले सीप सिकेर घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दुखद भएको बताएका हुन् । ‘घर […]

सर्लाही ‘भिडन्त’ले धनमाया हत्याको सम्झना आयो : जनार्दन शर्मा

८ असार, काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा भएको भनिएको भिडन्तबारे गम्भीर प्रश्न उठाएका छन् । राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताए । उनले अघि भने, ‘यो घटना हेर्दा मलाई […]

कीर्तिमानी संख्यामा पर्यटक आएको वर्ष बसाई अवधि भने घट्यो

८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट सफल वर्ष हो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए । सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा […]

किताबमा भन्सार लगाएर सरकारले ज्ञानमा नियन्त्रण गर्न खोज्यो : गगन थापा

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत […]

जसले साहसिक खेल क्यानोनिङ भित्र्याए

८ असार, पोखरा । पछिल्लो समय पोखराको तापक्रम केही बढेको छ । रापिलो घामको खासै अभ्यस्त नभइसकेका पोखरेलीलाई हम्मेहम्मे परेको छ । त्यही चर्को गर्मी छल्न कोही स्विमिङ पुल धाइरहेका छन्, कोही तालतलैया र वनजंगलका छहारी खोज्दै हिँडिरहेका छन् । कोही पहाड, पर्वत उक्लिरहेका छन् । साहसिक खेलमा रुचि राख्ने र चर्को गर्मी छल्न पोखरादेखि […]

कुमार पौडेल गोलीकाण्डबारे संसदीय समितिले गृहसँग छलफल गर्ने

८ असार, काठमाडौं । संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् । त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता […]

बर्दियामा बस दुर्घटना हुँदा १२ जना घाइते

८ असार, काठमाडौं । काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, आइतबार बिहान ६ बजे बर्दियाको बारबर्दिया–७, रम्मापुरमा ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बस चालक […]

दार्चुलामा घरमा आगो लगाएर श्रीमतीको हत्या !

८ असार, काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । घरमा […]

बागमतीको १८८ रोपनीको मुआब्जा दिन सकिँदैन : मन्त्री राई

८ असार, काठमाडौं । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताएका छन् । बागमती मुआब्जा विवादबारे छलफल गर्न आइतबार बिहान बसेको संसद्को कृषि र विकास समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री राईले उक्त जग्गाको मुआब्जा दिन कानूनी जटिलता भएको बताएका हुन् । मुआब्जा दिनुपर्ने भनिएको ६१४ रोपनी […]

निजामती ऐनबारे मन्त्री पण्डित : पुरानो घरमा डोजर लगाएर नयाँ बनाउन सम्भव छैन

८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए । ‘हिजो गरेनम्, आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले […]

बागमती मुआब्जा विवाद : संसदीय समितिको संयुक्त बैठकमा सांसदकै विरोध

८ असार, काठमाडौं । बागमती नदीभित्र मुआब्जा विवादबारे छलफल गर्न बोलाइएको संसदीय समितिको संयुक्त बैठकप्रति सांसदहरूले आपत्ति जनाएका छन् । बागमती नदीको १८८ रोपनी जग्गामा मुआब्जा विवादमा छलफल गर्न आइतबार संसदको कृषि तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठक बोलाइएको छ । कृषि समितिले अवलोकन गरेर प्रतिवेदन बुझाएपछि मात्रै आफूहरुले थाहा […]

सडक मर्मत नभएपछि थलीका बासिन्दाले फेरि गरे चक्काजाम

८ असार, काठमाडौं । थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा स्थानीय बासीले सडक अवरुद्ध पारेका छन् । संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले आइतबार पनि सडक अवरुद्ध पारेका हुन् । यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र […]

‘भातको बास्ना थाहा थिएन, सामन्तसँग लड्दा राप्रपा बनेँ

८ असार, काठमाडौं । झापामा दुईपटक कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलासित चुनाव हारेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पछिल्लोपटक उनै सिटौलालाई हराएर प्रतिनिधिसभाको सांसद बने । संसदीय चुनावमा राप्रपाले लज्जास्पद हार व्यहोर्दा उनी संसदभित्र आफ्नो पार्टीका एक्ला प्रतिनिधि बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाको निगुरो, च्याउ र पानी खाएर हुर्केका सांसद लिङदेन सुकम्बासी वर्गबाट […]

डोनाल्ड ट्रम्पको पत्र पाएपछि किमले भने- असाधारण साहस

८ असार, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । पत्रमा ट्रम्पले उल्लेख गरेका विषयवस्तुबारे केही बताइएको छैन […]

बसको ठक्करबाट रुपन्देहीमा २ को मृत्यु, शव जलेकाले सनाखतमा कठिनाइ

८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र […]

रुपाको नीति तथा कार्यक्रम : युवालाई विनाधितो ऋण, कृषि उत्पादन निःशुल्क ढुवानी

८ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने र ठूलो मात्रामा उत्पादन हुने कृषि उपजको निःशुल्क ढुवानी गरिदिने भएको छ । कृषिलाई विशेष प्राथमिकता दिएर शनिबार सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो व्यवस्था छ । ‘बढ्दो किटनाशक औषधी तथा बिषादीको प्रयोगले जनताको स्वास्थ्यमा असर पर्ने भएकाले यस वर्ष अर्गानिक खेती […]

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

८ असार, रामेछाप । बिरामी लिन गएको एम्बुलेन्स आइतबार बिहान दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् । नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको  घटनास्थलमै मृत्यु भएको हो । उनी गोलान्जोर गाउँपालिका–७, सिन्धुलीका […]

विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने अवस्था छ । दक्षिण […]

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन […]



from समाचार – Online Khabar http://bit.ly/2ZFYyGk
via IFTTT
Powered by Blogger.