समाचार
१९ जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । लन्डनमा आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ । यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यता, बंगलादेशको लागि […]
१९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता टिम अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा भएको खेलमा अफगानिस्तानलाई अष्ट्रेलियाले सहजरुपमा पराजित गरेको हो । २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । अष्ट्रेलियाका […]
१९ जेठ, काठमाडौं । आजका पत्रिकाहरु फरक–फरक विषयमा केन्द्रित भएर बजारमा आएका छन् । कतिपय नेकपामा सत्ता साझेदारीको बहसमा केन्द्रित छन् भने कसैले हाजिर गर्ने र घर फर्किने दैनिकी भएका न्यायाधीशहरुमाथि नजर लगाएका छन् । गोरखापत्र दैनिकले मुद्दा फैसलामा न्यायिक विचलन देखिएको अभियोगमा न्याय परिषदले काजमा तानेका ११ मध्ये ९ जना न्यायाधीशहरुको दैनिकीबारे समाचार लेखेको […]
१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि […]
१८ जेठ, काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई […]
१८ जेठ, चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् । फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए । जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर […]
१८ जेठ, बुटवल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शासकीय क्षमतामाथि प्रश्न उठाएका छन् । रुपन्देही कांग्रेसको जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै नेता शर्माले गिरिजाप्रसाद कोइरालाले माओवादीका प्रचण्डसंगै बाबुराम भट्टराई र मोहन बैद्यलाई शान्तिप्रकृयामा ल्याएर संसद र सिंहदरबारको बागडोर सम्हाल्न दिएको स्मरण गरे । उनले भने, ‘हिजो कांग्रेसले शान्ति प्रकृयामा नल्याएको भने अहिलेका गृहमन्त्री (बादल) […]
१८ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी वाइडबडी प्रकरणमा निर्दोष रहेको दोहो¥याएका छन् । छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको उनले बताए । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘वाइडबडी काण्डमा उहाँको नाम बद्नाम गर्ने काम भयो । मैले उहाँ […]
१८ जेठ, धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने […]
१८ जेठ,बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश राजा जस्तै बन्न थालेको आरोप लगाएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता खोसे जस्तै प्रधानमन्त्री ओलीले गर्न खोजेको बताए । ‘जनताका अधिकार खोस्ने र प्रजातन्त्रसँग हिँड्न नखोेजेपछि राजा (ज्ञानेन्द्र)लाई पनि हटाएका हौं, त्यत्तिकै […]
१८ जेठ, काठमाडौं । धितोपत्र बजारमा यस साता चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ । साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक […]
हान्स क्रिश्चियन एन्डरसनको एउटा घतलाग्दो कथा छ । एक राजा थिए, फेसनेवल । नयाँ ढाँचाको लुगामा ठाँटिन रुचाउँथे । राजाको यहि सोख बुझेर दुई ठग दरबार पुगे । उनीहरुले राजाको चाकडी गर्दै भने, ‘हजुर, हामी अत्यन्तै सुन्दर पहिरन तयार गर्न सक्छौं ।’ राजालाई उनीहरुले यो पनि भने कि उक्त पहिरन ‘मूर्खहरुले देख्न सक्दैनन् ।’ राजा […]
१८ जेठ, पोखरा । स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन भएको छ । रवीन्द्र पत्नी विद्या भट्टराईको अध्यक्षतामा रुवीन्द्र स्मृति प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानले युवा केन्द्रित कार्यक्रम गर्ने छ । अनुसन्धानलाई मुख्य भूमिका बनाउने र तीनै तहको सरकारसँग समन्वय गरेर कार्यक्रम ल्याउने प्रतिष्ठानको योजना छ । ‘युवालाई परिचालन गर्न सकेनौं भने समृद्धि […]
१८ जेठ, जनकपुरधाम । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले पनि बिरोध जनाएको छ । विज्ञापनको बिरोध गर्दै प्रदेश २ का मुख्यमन्त्रीले यसको कानुनी उपचार खोज्ने बताएलगत्तै प्रदेशका प्रमुख प्रतिपक्षी नेकपाले पनि लोकसेवा विज्ञापनको बिरोध जनाएको हो । लोकसेवा आयोगले संविधानको मर्म र […]
१८ जेठ, विराटनगर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका […]
१८ जेठ, भोजपुर । मोटरबाटो विस्तार भएसँगै पहाडमा सम्भावनाका ढोकाहरु खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमा रहेको सुन्तले डाँडा आन्तरिक र वाहृय पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ । समुन्द्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यतालाई बिर्साउने थलो बन्दैछ । धरान र धनकुटाको बीचमा पर्ने भेडेटारको झझल्को दिलाउने यो ठाउँको प्राकृतिक […]
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा हुने अफगानिस्तान र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । कमजोर अफगानिस्तानमाथि अष्ट्रेलिया सहजै जित हात पार्ने लक्ष्यमा छ । तर अफगानिस्तान ‘अन्डर डक’ टिम हो । जुनसुकै समयमा ठूला टिमलाई पराजित गर्ने […]
१८ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी एकता प्रक्रिया फलामे ढोका फोरेर अगाडि बढ्यो भनिरहँदा फेरि निर्णायक रस्साकस्सी सुरु भएको छ । जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लगाएको नेकपा यतिबेला केन्द्रीय विभागहरु गठनको तयारीमा छ, जसमा शीर्ष नेताहरु नै जोडिएका छन् । संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार-प्रसार विभाग […]
१८ जेठ, काठमाडौं । यो साता साहित्यका मुख्य विधा बाहेक बौद्ध ग्रन्थको नेपाली अनुवाद र कम्युनिस्ट विचारधारा मानेर अघि बढेका लेखकहरुको पुस्तक बजारमा आएको छ । यो साता पाका लेखकहरुको संयुक्त लेखन भएको उपन्यास ‘विशर्ग’ पनि बजारमा आएको छ । बजारको नियमले भन्छ, जहाँ माग उत्पन्न हुन्छ, त्यहीँ उत्पादनको प्रक्रिया पनि सुरु हुन्छ । तर, […]
१८ जेठ, काठमाडौं । मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबारसम्मै मौसम सफा हुने छैन । मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको […]
१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीको पहिचान […]
from समाचार – Online Khabar http://bit.ly/2wwUuMb
via IFTTT






















