Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओली सरकार भ्रष्टाचारमा डुब्यो : देउवा

१९ जेठ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ […]

सत्तारुढ सांसदले सभामुखलाई भने, ‘ज्यान जोगाइ पाऊँ’

१९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारीले संसदमा आफू बस्ने कुर्सी भाँच्चिएको विषयमा सभामुखलाई जानकारी गराएका छन् । आइतबार बसेको प्रतिनिधसभामा बैठकमा बोल्दै अधिकारीले आफू भाँच्चिएको कुर्सीमा बस्दा चारपटक लडेको बताए । विशेष समय बोल्दै अधिकारीले भने, ‘सभामुखज्यू, अब त भन्नै पर्ने भयो- ज्यान जोगाइ पाउँ ।’ नेपाली कांग्रेसका सांसद् […]

व्यंग्य : त्यसरी राजीनामा दिनै हुन्नथ्यो !

यो देशमा कहिले नेदरल्यान्डका प्रधानमन्त्रीले साइकल चढेर अफिस गए रे भनेर हङ्गामा हुन्छ त कहिले मेक्सिकोका राष्ट्रपतिले विलासी सुविधा बहिस्कार गर्दै सरकारले उनलाई दिएको जहाजै बेचेर सो रकम सरकारी ढुकुटीमा जम्मा गरे रे भनेर खैलाबैला हुन्छ । कहिले पाकिस्तानी प्रधानमन्त्रीले सरकारी निवास त्यागेर आफ्नै घरमा बसे अनि महङ्गा बुलेट प्रुफ गाडी बेचेर राज्यकोषमा रकम जम्मा […]

दुर्घटनाको बेला पत्नीसँग भिडियो कल, त्यसपछि प्राण त्याग !

१९ जेठ, काठमाडौं । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लाग्ने यो घटना भारत उत्तर प्रदेशको हो । बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले […]

वडाले थाल्यो वरपिपल चौतारी र कुवा संरक्षण अभियान

१९ जेठ, म्याग्दी । जिल्लाको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ । वडाभित्र […]

डडेल्धुराका आधाभन्दा बढी अपांग परिचयपत्रबाट वञ्चित

१९ जेठ, डडेल्धुरा । ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति […]

विप्लव छाड्ने पदम राई भन्छन् : सुरक्षा खोज्दै नेकपा आएको होइन

१९ जेठ, काठमाडौं । नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए । पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव […]

पहिरोले पुरिएर रोल्पामा महिलाको मृत्यु

१९ जेठ, रोल्पा । रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो । […]

प्रचण्ड भन्छन्- विप्लव पनि एकदिन नेकपामै आउनुपर्छ

१९ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् । विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ । विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, […]

सप्तरीमा आगलागी, ५ घर जले

१९ जेठ, सप्तरी । जिल्लाको बोदेबरसाइन नगरपालिका–३, स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् सर्ट भएर फैलिएको आगोले यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर जलेर पूर्ण रूपमा नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीमा परी अन्नपात, […]

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

१९ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई–तीन […]

सरकारी स्कुल होस् त रझेना मावि जस्तो

१९ जेठ, दाङ । विद्यार्थीलाई स्वीमिङ पुल, अंग्रेजी माध्यमबाट पढाई, मन्टेश्वरी शिक्षा, अत्याधुनिक ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षा कोठा र विद्यालय परिसर सिसी टिभी क्यामेराबाट निगरानी, विद्यार्थी आवतजावत गर्ने बसको व्यवस्था… । यी सबै कुनै काठमाडौंको सुविधा सम्पन्न निजी स्कुलको कुरा होइन । यो त दाङ जिल्लाको सरकारी स्कुल रझेना माविको हो । […]

बर्दिया कारागारका कैदी नेपालगञ्जमा भेटिएपछि…

१८ जेठ, बर्दिया । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएकाे घटना सार्वजनिक भएकाे छ । बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो नेपालगञ्जबाट पक्राउ परेसँगै कारागारभित्रको विकृति सार्वजनिक भएको हो । गुलरिया कारागारभित्र नियमविपरीतका गतिविधि हुने गरेको गुनासो सुनिए पनि कैदी नै बजार […]

अमेरिकी भिसामा कडाइ, सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

१९ जेठ, काठमाडौं । अमेरिकाका भिसा आवेदकले अब सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो । ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यससम्बन्धी प्रस्ताव गरेको थियो । यस्तो प्रस्तावपछि […]

क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा राउत

१९ जेठ, बुटवल । क्रान्तिकारी पत्रकार महासंघको अध्यक्ष पुनः इन्द्र राउत चयन भएका छन् । रुपन्देहीको बुटवलमा भएको दोस्रो सम्मेलनले राउतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा, समावेशी सचिवमा अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दामोदर खनाल, […]

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

१९ जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । लन्डनमा आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ । यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यता, बंगलादेशको लागि […]

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि अष्ट्रेलियाको सहज जित

१९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता टिम अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा भएको खेलमा अफगानिस्तानलाई अष्ट्रेलियाले सहजरुपमा पराजित गरेको हो । २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । अष्ट्रेलियाका […]

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि […]

विप्लव समूहका पोलिटव्यूरो सदस्य पदम राई नेकपा प्रवेश गर्दै

१९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । राईसहितका नेता कार्यकर्तालाई आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउन लागेका हुन् । राईलाई आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष अध्यक्ष ओली र […]

त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण

१८ जेठ, काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई […]

छोरा ! उठ न

मेरा आफन्त दाइ थिए दुवईमा, पौडी खेल्दा समुद्रले निल्यो । शरीर बाँकी राख्यो, सासमात्र निल्यो । दाइ- राजु सुनार । भर्खर ३७ वर्षका थिए । दाइले बाग्लुङ दुदिलाभाटीको गाउँमा घाँस दाउरा गरेर हात गोडा बलियो बनाए । बलियो शरीर जोताउन बालुवाको देश लागे । यस्तो कथा मेरो देशको लागि कुनै नौलो होइन । दाइ बालुवाको […]



from समाचार – Online Khabar http://bit.ly/2wDMnNz
via IFTTT
Powered by Blogger.