समाचार
२० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । लण्डनमा भएको खेलमा बंगलादेशले बलियो मानिएको दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । ३३१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ […]
१९ जेठ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा मलेसियासँग पराजित भएको छ । मलेसियासँग उसैको भूमिमा भएको खेलमा नेपाल २-० गोलअन्तरले पराजित भएको हो । नेपाल मलेसियासँग सुरुवाती समयदेखि नै दबाबमा आएको थियो । मलेसयाले पटक-पटक प्रहार गरेको बल गोलकिपर किरण चेम्जोङले बचाएका थिए । खेलको पहिलो हाफमा नेपालले अग्रता बनाउनबाट चुक्यो । विक्रम […]
१९ जेठ, काठमाडौं । सरकारले भ्याट नियमावलीको संशोधन गर्दा भएको एउटा ‘भाषिक त्रुटी’ ले यतिबेला व्यवसायीहरुलाई तनावमा पारेको छ । नियमावलीमा अब आइन्दा आपूर्तिकर्ताबाट विक्रेताले सामान खरिद गर्दा त्यसको भ्याटवापत लाग्ने रकमको आधा हिस्सा आफैंले राजश्व खातामा जम्मा गर्नुपर्ने आशय झल्किएपछि व्यवसायी असन्तुष्ट बनेका छन् । के साँच्चै अब सामान किन्दा क्रेता पक्षले पनि भ्याट […]
१९ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले साइबर अपराध मुद्दाका पक्राउ गरेका अभियुक्तलाई हिरासतमै यातना दिएको आरोप लागेको छ । आफूलाई भ्रष्टाचारविरुद्ध काम गर्ने अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार महासंघ, कर्णाली प्रदेश शाखाका अध्यक्ष दुर्गा थापा र सुर्खेत जिल्ला अध्यक्ष गणेश कञ्चन भारतीले शाहीविरुद्ध उजुरी दिएका थिए । सामाजिक […]
१९ जेठ, जनकपुरधाम । अपरिचित नम्बरमा फोन गरेको भन्दै धनुषाका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईनले श्रीमती नुर जहाँ खातुनको हत्या गरेका हुन् । घटना जेठ १७ गतेको हो । घटनापछि फरार भएका राइनलाई आइतबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका उनले अपरिचित […]
१९ जेठ, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा हावाहुरीले उडाएको छानोले च्यापिएर एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ७ ठुलो वैराज पुलमा हावाहुरीले उडाएको छानोले च्याप्दा स्थानीय ७ वर्षकी अन्जनीकुमारी यादवको मृत्यु भएको हो । पुलमा खेलिरहेकी बालिकाको त्रिवेणी बजारमा रहेको पसलहरुको छानोले च्यापिएर मृत्यु भएको प्रहरीले जानकराी दिएको छ । […]
१९ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भारतमा रोजगारी गर्नेको बीमा गर्ने योजनासहित नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले आइतबार प्रदेशसभामा पेश गरेको अगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा भारतमा रोजगारी गर्नेको विमा गर्ने योजना पनि समेटिएको छ । यस्तै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न सहुलियत दरमा […]
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा सांसदलाई ६ करोड बजेट नदिन माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । आइतबार अधिवक्ता पारसमणि भट्टराईले प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ दिने गरी ल्याइएको बजेटको बुँदा नम्बर २१३ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारीको माग गर्दै रीट दायर गरेका हुन् । सांसदलाई बजेट दिने व्यवस्था […]
१९ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकका कतिपय प्रावधान आपत्तीजनक भएको सरोकारवालाहरूले बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन यो विधेयकमाथि पुनर्विचार गर्नुपर्ने बताउँछन् । गुठी संरक्षण पुचद्वारा राजधानीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै टण्डनले यो विधेयक जस्ताकोतस्तै पारित भए सनातन […]
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ मा केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट समग्रमा २१ अर्ब ३० करोड रुपैयाँले बढेको छ । सात प्रदेशमा सबैभन्दा बढि कर्णाली प्रदेशले बजेट पाएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आगामी आवमा तल्ला सरकारहरुलाई विभिन्न शीर्षकमा कूल ४ खर्ब ६४ अर्ब रुपैयाँ केन्द्र सरकारको खाताबाट जानेछ । […]
१९ जेठ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग पदाधिकारीविहीन भएको लामो समय भइसक्यो । तर, नेकपा र कांग्रेसका शीर्षनेताहरुबीच सहमति जुट्न नसक्दा न पदाधिकारी नियुक्ति हुन सकेको छ, न कानुन संशोधन हुन सकेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविनका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन भएपछि दुबै आयोगका पदाधिकारीहरुको […]
१९ जेठ, बारा । काठमाडौंबाट महोत्तरीको जलेश्वरका लागि छुटेको रात्रीकालिन बसलाई नियन्त्रणमा लिएर डकैती गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका दिलकुमार दोङ्ग, विजय लामा, सिन्धुलीका टाइगर भनिने सुनिल तामाङ, संघर्ष थिङ, रौतहटका ज्ञानबहादुर थिङ, काभ्रेका विशाल पाखि्रन र महोत्तरीका रमेश कुमार छन् । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले उनीहरुलाई पक्राउ […]
१९ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापन प्रसारण गर्न दिइनुपर्छ भन्दै संशोधन प्रस्ताव दर्ता गरेको छ । प्रतिनिधिसभामा विचाराधीन रहेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । विधेयकको दफा ६ […]
१९ जेठ, काठमाडौं । मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन सरकारले नयाँ ठेकदारको खोजी सुरु गरेको छ । आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर ठेकदार खोज्न थालिएको हो । आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिने तयारी छ […]
१९ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षभित्र आफ्नै प्रहरी र कर्मचारी नियुक्त गर्ने योजनासहित नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी बर्षसम्म दरबन्दी अनुसारको सबै कर्मचारी र प्रहरी नियुक्त गर्ने उल्लेख गरिएको छ । त्यसका लागि प्रदेश सरकारले जनकपुरको मुजेलियास्थित सिञ्चाई विभागको […]
१९ जेठ, काठमाडौं । ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दुर्घटनामा परेका दुई जनालाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे । तर, उपचारका […]
१९ जेठ, पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले विरोध जनाएपछि आइतबारको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा बेथिती भएको कांग्रेसले बैठक अवरुद्ध गरेको हो । बजेट अधिवेशनपछिको पहिलो बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट कार्यान्वयनमा बेथिती भएको भन्दैसरकारको माग गरेका थिए । तर, त्यसको जवाफ नआएको […]
१९ जेठ, काठमाडौं । नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए । पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव […]
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा खर्च हुने रकमको आधा रकम आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्ने हो भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट नलिने बताएका छन् । आइतबार संसदमा बजेट छलफलमा भाग लिँदै उनले वलशाली सांसदको निर्वाचन क्षेत्रमा बढी बजेट जाने कारणले नै सांसदहरुले […]
२० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवाडालाई सेयर लगानीकर्ताहरुले ‘बजारको दुश्मन’ कै रुपमा हेर्ने गरेका थिए । कतिपय लगानीकर्ता उनको राजीनामा माग्दै आमरण अनशनमा समेत उत्रिए । तर, आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गरेसँगै उनीहरु अर्थमन्त्रीको प्रशंसा गर्न थालेका छन् । बजेट भाषणले सेयर बजारका लगानीकर्ताहरुमा एक किसिमको खुशियाली छाएको छ । बिगतमा […]
१९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन नेपालले पहल गरिरहेको बताएका छन् । तथापि, नेपाल एक्लैले चाहेर सार्क सकृय हुन नसक्ने उनको भनाइ थियो । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सार्क धेरै पुरानो संस्था हो, यसलाई सक्रिय बनाउने हाम्रो प्रयास जारी छ । तर, […]
from समाचार – Online Khabar http://bit.ly/2XlPUMl
via IFTTT






















