Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

किन गर्‍यो एयर इन्डियाको जहाजले ओभरसुट ?

१९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाजले ओभरसुट गर्‍यो । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानकै समस्याले मिस एप्रोच भएर ओभरसुट गरिएको बताए । विहान ८ः५५को समयमा ल्यान्ड […]

बच्चाले खेल्दाखेल्दै कारमा आगो लगाएपछि…

१९ जेठ, काठमाडौंं । शनिबार दिउँसो नक्साल भगवती वहालको चौरमा एक हुल बालबालिका लुकामारी खेलिरहेका थिए । उमेरले ९ वर्ष पुगेका आकर्षक थापा र रोकश चौधरी नजिकै पार्क गरिएको कार छेऊ बसेका थिए । खेल्ने क्रममा भेट्टाएको सलाइ उनीहरुले कारे, जसको झिल्कोले कारमा भेट्यो । लगत्तै, आगो लागेको देखेपछि स्थानीयले महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा खबर […]

नेकपा सांसदले भने : चार पटक लडिसके, ज्यान जोगाई पाउँ

१९ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुखको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकको सुृरुमा उनले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख कृष्णबहादुर महरालाई जानकारी गराए । सभामुख महोदय चार पटक भइसक्यो म यहाँबाट लडेको’ उनले भाँचिएको कुर्चीको […]

काठमाडौंमा दिनभर मालबाहक सवारी चलाउन रोक

१९ जेठ, काठमाडौं । आगामी असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन । यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र […]

नेपालले आज मलेसियासँग खेल्दै

१९ जेठ, काठमाडौं । नेपालले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार […]

नेपाली मनमा रंग भर्ने एक अस्ट्रेलियन शिक्षक

सिड्नी । यी युवक अनौठा छन् । नाम हो उनको ग्याबिन मकोर्म्यक । पेशाले शिक्षक । सिड्नीको उत्तरी समुदि्रतट (नोदर्न बिचेज)को एउटा स्कूलको प्रिन्सिपल । त्यो स्कूलका दुई सय बालबालिका उनका साथी । हो, साथी । अर्थात् उनलाई हरेक मोडमा साथ दिने तिनै विद्यार्थी । ग्याबिनको नेपाल साइनो सुरु हुन्छ, सन् २०१५ को भूकम्पपछि । […]

ओली सरकार भ्रष्टाचारमा डुब्यो : देउवा

१९ जेठ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ […]

व्यंग्य : त्यसरी राजीनामा दिनै हुन्नथ्यो !

यो देशमा कहिले नेदरल्यान्डका प्रधानमन्त्रीले साइकल चढेर अफिस गए रे भनेर हङ्गामा हुन्छ त कहिले मेक्सिकोका राष्ट्रपतिले विलासी सुविधा बहिस्कार गर्दै सरकारले उनलाई दिएको जहाजै बेचेर सो रकम सरकारी ढुकुटीमा जम्मा गरे रे भनेर खैलाबैला हुन्छ । कहिले पाकिस्तानी प्रधानमन्त्रीले सरकारी निवास त्यागेर आफ्नै घरमा बसे अनि महङ्गा बुलेट प्रुफ गाडी बेचेर राज्यकोषमा रकम जम्मा […]

दुर्घटनाको बेला पत्नीसँग भिडियो कल, त्यसपछि प्राण त्याग !

१९ जेठ, काठमाडौं । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लाग्ने यो घटना भारत उत्तर प्रदेशको हो । बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले […]

वडाले थाल्यो वरपिपल चौतारी र कुवा संरक्षण अभियान

१९ जेठ, म्याग्दी । जिल्लाको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ । वडाभित्र […]

डडेल्धुराका आधाभन्दा बढी अपांग परिचयपत्रबाट वञ्चित

१९ जेठ, डडेल्धुरा । ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति […]

विप्लव छाड्ने पदम राई भन्छन् : सुरक्षा खोज्दै नेकपा आएको होइन

१९ जेठ, काठमाडौं । नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए । पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव […]

पहिरोले पुरिएर रोल्पामा महिलाको मृत्यु

१९ जेठ, रोल्पा । रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो । […]

म घमण्डी हैन, हक्की मान्छे हुँ– गोकुल बास्कोटा

१९ जेठ, काठमाडौं । जनमानसमा सञ्चारमन्त्री गोकुल बास्कोटाको छवि छुच्चो, अहंकारी र अतिवादी नेताको छ । निकटवर्तिहरुले चाहिँ उनलाई स्ट्रेट फरवार्ड, इमान्दार र कुण्ठारहित प्राणीका रुपमा प्रशंसा गर्ने गर्छन् । बास्कोटाको यथार्थ व्यक्तित्व यिनै दुईथरि अतिरञ्जनाहरुको बीचमा भेटिन सक्छ । गत संसदीय चुनावमा काभ्रे २ बाट निर्वाचित हुनुअघि बास्कोटा एमाले सर्कलमा मात्रै परिचित थिए । […]

प्रचण्ड भन्छन्- विप्लव पनि एकदिन नेकपामै आउनुपर्छ

१९ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् । विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ । विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, […]

सप्तरीमा आगलागी, ५ घर जले

१९ जेठ, सप्तरी । जिल्लाको बोदेबरसाइन नगरपालिका–३, स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् सर्ट भएर फैलिएको आगोले यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर जलेर पूर्ण रूपमा नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीमा परी अन्नपात, […]

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

१९ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई–तीन […]

सरकारी स्कुल होस् त रझेना मावि जस्तो

१९ जेठ, दाङ । विद्यार्थीलाई स्वीमिङ पुल, अंग्रेजी माध्यमबाट पढाई, मन्टेश्वरी शिक्षा, अत्याधुनिक ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षा कोठा र विद्यालय परिसर सिसी टिभी क्यामेराबाट निगरानी, विद्यार्थी आवतजावत गर्ने बसको व्यवस्था… । यी सबै कुनै काठमाडौंको सुविधा सम्पन्न निजी स्कुलको कुरा होइन । यो त दाङ जिल्लाको सरकारी स्कुल रझेना माविको हो । […]

बर्दिया कारागारका कैदी नेपालगञ्जमा भेटिएपछि…

१८ जेठ, बर्दिया । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएकाे घटना सार्वजनिक भएकाे छ । बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो नेपालगञ्जबाट पक्राउ परेसँगै कारागारभित्रको विकृति सार्वजनिक भएको हो । गुलरिया कारागारभित्र नियमविपरीतका गतिविधि हुने गरेको गुनासो सुनिए पनि कैदी नै बजार […]

अमेरिकी भिसामा कडाइ, सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

१९ जेठ, काठमाडौं । अमेरिकाका भिसा आवेदकले अब सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो । ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यससम्बन्धी प्रस्ताव गरेको थियो । यस्तो प्रस्तावपछि […]

क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा राउत

१९ जेठ, बुटवल । क्रान्तिकारी पत्रकार महासंघको अध्यक्ष पुनः इन्द्र राउत चयन भएका छन् । रुपन्देहीको बुटवलमा भएको दोस्रो सम्मेलनले राउतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा, समावेशी सचिवमा अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दामोदर खनाल, […]



from समाचार – Online Khabar http://bit.ly/2JQEJZ1
via IFTTT
Powered by Blogger.