समाचार
९ असार, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा १४ जनाको समूहले दुई युवतीको सामूहिक बलात्कार गरेका छन् । त्यसमा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैंडहवा संयोजक समेत पक्राउ परेका छन् । घटना २ असारको साँझ हो । तर एक सातापछि उजुरी परेको प्रहरीले जनाएको छ । पीडित युवतीहरुले दिएको जाहेरीअनुसार उनीहरु २ गते साँझ स्थानीय […]
९ असार, काठमाडौं । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ । एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन्, जसमध्ये धनकुटाको […]
९ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६-०७७ का लागि ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक गरेको छ । ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत, सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नाराका साथ सोमबारबाट शुरु भएको नगर सभाको पाँचौ अधिवेशनमा नगर प्रमुख विजय कुमार सरावगीले नीति तथा कार्यक्रमका साथै ४ अर्ब ४८ करोड १३ लाख […]
९ असार, बुटवल । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरको आजबाट सुरु पाँचौं नगरसभामा आव २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । बुटवल उप–महानगरपालिकाले आसपासका नगर […]
९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकारले कम्युनिस्ट सत्ता निर्माणको प्रयास गरेको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा मन पर्ने देश भन्दै कम्बोडियाको उदाहरण दिए । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो भन्ने होइन । सरकार चलाउन नसकेको नेपाल कम्युनिस्ट पार्टीले […]
९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्ज माइस्थानस्थित केपी स्वर्णकार केन्द्र ज्वेलर्समा छापा मारी ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम सुन नियन्त्रणमा लिएको छ । प्रहरीले सुन पसलमा काम गर्ने २ जना भारतीय नागरिकसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । […]
९ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट नक्कली स्मार्ट लाइसेन्स बनाएर ठगी गरेको आरोपमा एक युवकलाई पक्रेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १४ पिपरा बस्ने २८ बर्षका सन्तोष राउत कुर्मी पक्राउ परेका हुन् । नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न भएकोले कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नक्कली […]
९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको जिल्ला कमिटी घोषणा गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा जिल्ला कमिटीका सचिव कृष्णभक्त पोखरेलले ११५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरे । नयाँ जिल्ला कमिटीमा तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश गरिएको छ । नेकपाको प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा […]
९ असार, रामेछाप । सुनापति गाउँपालिका २ का सवओभरसियर हिमाल खड्कालाई वडाअध्यक्ष कमल केसीले कुटपीट गरेपछि प्राविधिकहरुले सोमबारदेखि कामकाज ठप्प पारेका छन् । वडाअध्यक्ष माथि एक हप्ताभित्र कानुनी कारबाही सुरु नगरे जिल्लाभरिकै प्राविधिक आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन तर्फका असिष्टेन्ट सव इञ्जिनियर वझाङका खड्कामाथि वडाअध्यक्ष […]
९ असार, विराटनगर । आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए । विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपोखरी गाउँपालिका– ६ स्थित कंशको घरमा थिए । कंशसँगै को […]
९ असार, काठमाडौं । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले भ्याटमा दर्ता हुनुपर्ने निर्णय नसच्याए डेलिभरी अर्डर नलिने घोषणा गरेको छ । संघको प्रदेश १ स्तरीय बैठकले व्यवसायीमैत्री व्यवस्था नल्याए प्रदेश एक अन्तर्गतका र सप्तरी, सिराहाका डिपोमा पनि पीडिओ (प्रडक्ट डेलिभरी अर्डर) नबुझ्ने निर्णय गरेको हो । यस्तै व्यवसायीहरुले फ्ल्याटमा कर तिर्न पाउनुपर्ने व्यवस्था गरिदिन पनि […]
९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति बनाउने अन्तिम तयारीमा छ । मौद्रिक नीतिमा आउने विविध विषयमध्ये एउटा चासोको विषय हो मर्जर नीति । विगतमा एक्कासी चार गुणा चुक्ता पुँजी बढाउने निर्णय गर्दा आलोचना खेपेको राष्ट्र बैंक अन्ततः सफल भयो । यस वर्ष पनि ठूला बैंकहरुको […]
९ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ७ सय ५३ वटै स्थानीय तहको बजेट भोलि (मंगलबार) सार्वजनिक हुँदैछ । अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यवको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । अघिल्लो वर्ष धेरै स्थानीय […]
९ असार, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमा आबद्धतालाई लिएर नेपाल प्रहरीले फिल्म निर्माता नरबहादुर कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयुक्त टोलीले कार्कीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख सहकुलबहादुर थापाले उनलाई सोमबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको पुष्टि गरे । ‘उनी केही महिनाअघि […]
९ असार, पोखरा । पोखराको एक तरकारी बजारमा सोमबार साँझ शंकास्पद वस्तु भेटिएको छ । पोखरा ८ मा रहेको फेवा एग्रिकल्चर प्रालिद्वारा सञ्चालित तरकारी बजारमा शंकास्पद वस्तु भेटिएको हो । तरकारी तथा फलफुलका पसल गरी सय वटा सटर रहेको तरकारी मन्दीमा साँझ करिब ४ बजेतिर उक्त शंकास्पद वस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तु निलो […]
९ असार, वीरगञ्ज । नेपाली कांग्रेसले मुआब्जा दिएर मात्र वीरगञ्जको सडक विस्तार गर्न माग गरेको छ । विस्तार गर्दा सडक क्षेत्र दायाँ बायाँ १५/१५ मिटर मात्रै कायम गर्नुपर्ने र त्यसको पनि मुआब्जा दिनुपर्ने माग कांग्रेस नेताहरुले गरेका हुन् । सोमबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले वैकल्पिक सडक बनिसकेकोले वीरगञ्जको मुख्य सडक ५० मिटर चौडा गर्नु […]
९ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले सुकुम्बासी वस्तीमा डोजर चलाउनु संविधानको मर्म र भावना विपरीत भएको प्रदेश मामिला तथा कानून समितिले बताएको छ । उपमहानगरपालिकाले बुटवल–१ मस्जिद टोलमा २०२८ सालदेखि बस्दै आएका ६ परिवारको टहरामा जेठ ३० गते डोजर लगाएको घटनाको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा उपमहानगरपालिकाले डोजर चलाएर २०२८ […]
९ असार, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वर्षायाममा बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षतिप्रति सजग हुन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले बाढी, पहिरो, नदी कटान, हवाहुरी, चट्याङ, महामारीजस्ता विपदबाट जनधन र स्वास्थ्यमा हुने जोखिमको आंकलन र विश्लेषण गरी सजग हुन मन्त्रालयलाई सचेत गराएको हो । ‘वर्षायामको समय […]
९ असार, विराटनगर । प्रहरीले पाँचथान हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनाई पक्राउ गरेको हो । आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश […]
९ असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताका क्रममा भएका सहमतिहरुबाट कोही पनि पछाडि फर्कन नसक्ने दाबी गरेका छन् । पछिल्लो समय ‘जनताको बहुदलीय जनवाद’बारे बहस भइरहेका बेला प्रचण्डले पार्टी एकता गर्दाका सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने बताउका हुन् । नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष […]
२ असार, काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द गरेका छन् । सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरिएको हो । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका […]
from समाचार – Online Khabar http://bit.ly/2LmAaFZ
via IFTTT






















