समाचार
१९ जेठ, विराटनगर । इटहरीकी श्रीजासु गिरीकोको परिचय टोल छिमेकमा सीमित थियो । कबड्डीकी राष्ट्रिय खेलाडी भए पनि देशको प्रतिनिधित्व गरेर खेल्न जान पाइनन् । देशभित्र कबड्डी खेलको अवस्था त्यति राम्रो नभएकाले उनको प्रतिभा फस्टाउन पाइनन् । सातौं राष्ट्रिय खेलकुदमा कबड्डीको प्रतिस्पर्धामा पूर्वाञ्चलबाट उनको प्रस्तुति दमदार थियो । तर आठौं राष्ट्रिय खेलकुदसम्म आइपुग्दा उनले कबड्डी […]
१९ जेठ, काठमाडौं । चितवनमा कलाकार सीताराम कट्टेलले केही दिनअघि चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका उनले निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन् । आइतबार फेसबुकमा अपिल पोष्ट गर्दै उनले भनेका छन् ‘हामीले आक्रोशमा आएर […]
१९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङ वे (जहाज पार्किङ स्थल) तयार भएको छ । त्रिभुवन विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा पार्किङ वे बनाइएको हो । ‘रिमोर्ट पार्किङ वे’ नाम दिइएको यस पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिने त्रिभुवन विमानस्थलका महाप्रवन्धक […]
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने […]
१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दा बजेट पुस्तिकामा त्रुटि भएको भेटिएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले उक्त त्रुटिबारे जानकारी गराउँदै अर्थमन्त्रीको जवाफ माग गरेका थिए । ‘सरकारले बजेटको अनुसूची १ मा आर्थिक वर्ष ७५÷७६ को संशोधित अनुमान पेश […]
१९ जेठ, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बालाजुस्थित जनमैत्री हस्पिटलको विद्युत् वक्यौता असुल गरेको छ । प्राधिकरणको वालाजु वितरण केन्द्रले हस्पिटलबाट ५२ लाख ५० हजार रुपैयाँ वक्यौता असुल गरेको हो । महसुल नतिरेपछि प्राधिकरणले हस्पिटलको विद्युत लाइन २०७३को वैशाखमा काटेको थियो । प्राधिकरणले २०७३को माघ ३० गतेदेखि हस्पिटललाई कालोसूचीमा राखेको थियो । त्यतिवेला हस्पिटलको विद्युत […]
१९ जेठ, काठमाडौंं । ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा प्रहरीले अनुसन्धान सकेको छ । २६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका वेला खुकुरी प्रहार गरेर हत्या गरिएको प्रकरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले शुक्रबार अनुसन्धान […]
१९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाजले ओभरसुट गर्यो । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानकै समस्याले मिस एप्रोच भएर ओभरसुट गरिएको बताए । विहान ८ः५५को समयमा ल्यान्ड […]
१९ जेठ, काठमाडौंं । शनिबार दिउँसो नक्साल भगवती वहालको चौरमा एक हुल बालबालिका लुकामारी खेलिरहेका थिए । उमेरले ९ वर्ष पुगेका आकर्षक थापा र रोकश चौधरी नजिकै पार्क गरिएको कार छेऊ बसेका थिए । खेल्ने क्रममा भेट्टाएको सलाइ उनीहरुले कारे, जसको झिल्कोले कारमा भेट्यो । लगत्तै, आगो लागेको देखेपछि स्थानीयले महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा खबर […]
१९ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ‘ज्यान जोगाइदिन’ सभामुखको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकको सुृरुमा उनले आफ्नो भाँचिएको कुर्ची देखाउँदै चार पटक लडिसकेको सभामुख कृष्णबहादुर महरालाई जानकारी गराए । सभामुख महोदय चार पटक भइसक्यो म यहाँबाट लडेको’ उनले भाँचिएको कुर्चीको […]
१९ जेठ, काठमाडौं । आगामी असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन । यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र […]
१९ जेठ, काठमाडौं । नेपालले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार […]
सिड्नी । यी युवक अनौठा छन् । नाम हो उनको ग्याबिन मकोर्म्यक । पेशाले शिक्षक । सिड्नीको उत्तरी समुदि्रतट (नोदर्न बिचेज)को एउटा स्कूलको प्रिन्सिपल । त्यो स्कूलका दुई सय बालबालिका उनका साथी । हो, साथी । अर्थात् उनलाई हरेक मोडमा साथ दिने तिनै विद्यार्थी । ग्याबिनको नेपाल साइनो सुरु हुन्छ, सन् २०१५ को भूकम्पपछि । […]
१९ जेठ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ […]
यो देशमा कहिले नेदरल्यान्डका प्रधानमन्त्रीले साइकल चढेर अफिस गए रे भनेर हङ्गामा हुन्छ त कहिले मेक्सिकोका राष्ट्रपतिले विलासी सुविधा बहिस्कार गर्दै सरकारले उनलाई दिएको जहाजै बेचेर सो रकम सरकारी ढुकुटीमा जम्मा गरे रे भनेर खैलाबैला हुन्छ । कहिले पाकिस्तानी प्रधानमन्त्रीले सरकारी निवास त्यागेर आफ्नै घरमा बसे अनि महङ्गा बुलेट प्रुफ गाडी बेचेर राज्यकोषमा रकम जम्मा […]
१९ जेठ, काठमाडौं । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लाग्ने यो घटना भारत उत्तर प्रदेशको हो । बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले […]
१९ जेठ, म्याग्दी । जिल्लाको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ । वडाभित्र […]
१९ जेठ, डडेल्धुरा । ५ गाउँपालिका र २ नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति […]
१९ जेठ, काठमाडौं । नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए । पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव […]
१९ जेठ, रोल्पा । रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो । […]
१९ जेठ, काठमाडौं । जनमानसमा सञ्चारमन्त्री गोकुल बास्कोटाको छवि छुच्चो, अहंकारी र अतिवादी नेताको छ । निकटवर्तिहरुले चाहिँ उनलाई स्ट्रेट फरवार्ड, इमान्दार र कुण्ठारहित प्राणीका रुपमा प्रशंसा गर्ने गर्छन् । बास्कोटाको यथार्थ व्यक्तित्व यिनै दुईथरि अतिरञ्जनाहरुको बीचमा भेटिन सक्छ । गत संसदीय चुनावमा काभ्रे २ बाट निर्वाचित हुनुअघि बास्कोटा एमाले सर्कलमा मात्रै परिचित थिए । […]
from समाचार – Online Khabar http://bit.ly/311qPIK
via IFTTT






















