समाचार
८ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राधा ज्ञवालीले विहीबार र शुक्रबार दुई दिन संसदमा बोल्दै अनलाइनखबरको विरोध गरिन् । असार २ गते कृषि समितिमा आफूले बोलेको विषयलाई लिएर भ्रामक प्रचार भएको भन्दै सांसद ज्ञवालीले संसदमा बोलेकी हुन् । नेकपा सांसद ज्ञवालीले एउटा समाचारको विषयलाई लिएर पटक-पटक अनलाइनखबरको नाम लिँदै कानूनी कारवाहीको मागसमेत संसदबाटै […]
८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वीपी कोइरालाको मेलमिलाको नीतिलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाएको छ । साथै उसले राजसंस्थालाई पनि स्पेश दिन माग गरेको छ । आइतबार सम्पन्न राप्रपाको केन्द्रीय समितिको विस्तारित बैठकले पृथ्वीनारायण शाहको उपदेश, तत्कालीन राजा महेन्द्र शाहको राष्ट्रवाद र वीपीको मेलमिलाप नीतिलाई पार्टीको मार्गनिर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्ने निर्णय गरेको हो […]
८ असार, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा सरकारको विश्वास रहेको […]
८ असार, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः दोस्रो पटक पनि स्थगित भएको छ । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए […]
८ असार , वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथको सडक सीमा विवादले पुनः चर्चा पाएको छ । वीरगञ्ज महानगरपालिकाले मुख्य सडक १५/१५ मिटर मात्रै फराकिलो गर्न गरेको सिफारिस संघले अस्वीकार गरेपछि विवाद साम्य हुने सम्भावना टरेको छ । ०७५ असारमा सम्पन्न वीरगञ्ज महानगरपालिकाको दोस्रो नगरसभाले मुख्य सडक २५/२५ मिटर नतोडी १५/१५ मिटर मात्रै तोड्न सकारसँग आग्रह गर्ने […]
८ असार, पोखरा । सिँचाइतर्फ क्रमागत १ सय १४ र आगामी आर्थिक वर्षका लागि नयाँ छनौट गरिएका १ सय ३० गरी जम्मा २४४ सतह सिँचाइ योजनालाई वजेट वक्तव्यमार्फत सम्बोधन गरिएको छ । ४० भूमिगत जलसिँचाइ योजना, भूमिगत ट्युबवेल, पम्प खरिद र सञ्चालन घर (अपरेसन रूम) निर्माणका लागि अर्ब ९ करोड विनियोजन गरेको आर्थिक मामिलामन्त्री किरण […]
८ असार, काठमाडौं । समता अस्पतालमा कार्यरत विमला तामाङ्को शंकास्पद मृत्युलाई लिएर आफन्तहरुले प्रदर्शन गरेका छन् । विमलाको शव शंकास्पद अवस्थामा भेटिएको भन्दै आफन्तले महानगरीय प्रहरी बृत्त गौशाला अगाडि प्रदर्शन गरेका हुन् । आफन्तहरुले विमलाको हत्या भएको भन्दै निस्पक्षरुपमा छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । समता अस्पतालमै कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीय […]
८ असार, काठमाडौं । संसदमा प्रतिपक्ष र सत्ता पक्षका सांसदह?ले एकअर्का दलका नेताह?को नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले । विशेष समयमा बोल्दै उनले भने, ‘जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय […]
८ असार, बार्सिलोना। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्टका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार आयोजना गरेको नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताएका हुन् । ‘सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा […]
८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु हुने दुईजनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले जानकारी दिए । उनीहरुको उमेर २५ देखि ३० वर्ष बीचको रहेको अनुमान छ । दाङ […]
८ असार, बुटवल । पर्यावरण जोगाउन बुटवलमा ‘एक वन एक पोखरी निर्माण’ अभियान सुरु गरिएको छ । चुरे पहाड र यसको फेदीमा रहेका सामुदायिक वनहरुमा पोखरी निर्माण सुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । चुरे क्षेत्रमा पोखरी निर्माण गरी चुरेभन्दा तल्लो क्षेत्रको पानीको मूलमा सुधार ल्याउने उनको भनाइ छ । ‘वनमा निर्माण गरिएका […]
८ जेठ, काठमाडौं । सरकारले गत हप्ता व्यवसायीलाई समेत आश्चर्यमा पार्दै एकाएक सार्वजनिक सवारीसाधनको भाडादर बढायो । तर, ५ घन्टाभित्रै झन् आश्चर्यजनकरुपमा सो निर्णय फिर्ता लियो । पेट्रोल-डिजेलबाट चल्ने गाडीभाडालाई यसरी नचाहिँदोरुपमा गिजोलेको सरकार विद्युतीय बसको भाडामा भने अनिर्णयको बन्दी बनेको छ । भाडा तय गर्ने फाइल यातायात मन्त्रीले नै अड्काइदिँदा नयाँ विद्युतीय बस ल्याएका […]
८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताए । राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले […]
८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु विच्किए । आफूसँग एकताका लागि वार्ता गरिरहेको फोरम एकाएक नयाँ शक्तिसँग एकता गरेपछि उपेन्द्र यादवसँग राजपा नेताहरु चिढिएका थिए । तर समाजवादी पार्टी र राजपाका नेताहरुले फेरि एकीकरणबारे सम्वाद सुरु गरेका छन् । समाजवादी पार्टीका […]
८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सांसदहरुले गलत बुझेको’ भनेपछि टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केहीबेर भनाभन भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबार राज्यव्यवस्था समितिको बैठक बसेको थियो । बैठकमा मन्त्री लालबाबु पण्डित र सचिव […]
८ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले घरमै उत्पादन हुने समान भारतबाट आयात हुनु दुःखद भएको बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साले आयोजना गरेको बजार मेला व्यवसायिक उत्सव आयोजनाको उद्घाटनमा उनले गृहणी महिलाले सीप सिकेर घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दुखद भएको बताएका हुन् । ‘घर […]
८ असार, काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा भएको भनिएको भिडन्तबारे गम्भीर प्रश्न उठाएका छन् । राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताए । उनले अघि भने, ‘यो घटना हेर्दा मलाई […]
८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट सफल वर्ष हो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए । सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा […]
८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत […]
८ असार, पोखरा । पछिल्लो समय पोखराको तापक्रम केही बढेको छ । रापिलो घामको खासै अभ्यस्त नभइसकेका पोखरेलीलाई हम्मेहम्मे परेको छ । त्यही चर्को गर्मी छल्न कोही स्विमिङ पुल धाइरहेका छन्, कोही तालतलैया र वनजंगलका छहारी खोज्दै हिँडिरहेका छन् । कोही पहाड, पर्वत उक्लिरहेका छन् । साहसिक खेलमा रुचि राख्ने र चर्को गर्मी छल्न पोखरादेखि […]
८ असार, काठमाडौं । संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् । त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता […]
from समाचार – Online Khabar http://bit.ly/2J3AWEG
via IFTTT






















