समाचार
९ असार, विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तोकेको लक्ष्य भन्दा आधा मात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखे पनि जेठ महिनाको अन्त्यसम्म ३० करोड २१ लाख रुपैयाँमात्र संकलन गरेको हो । महानगरपलिकाले गत साउनदेखि राजस्व संकलनलाई प्रभावकारी बनाउन १९ वडा कार्यालयमा […]
९ असार, काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जमा रहेको एक सुन पसलमा छाापा मारेको छ । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेको हो । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले अनलाइनखबरसँग कुरागर्दै नगद गन्ने काम भइरहेको बताए । उनले भने, ‘हामीलाई ठूलै रकमको सूचना थियो । तर, अहिले ४० लाख […]
९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आन्दोलनरत विप्लव समूहको विषयमा समाधान खोज्न ढिलाइ भइरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बडुले भने, ‘माननीय गृहमन्त्रीले केही दिन पहिले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिँदै विप्लव समूहको हेडक्वाटर सहित चार कम्पनी रहेको बताउनु भएको थियो । आन्दोलनरत पक्षसित कुन रुपमा समाधानको बाटो खोज्दैछ ?’ […]
९ असार, काठमाडौं । स्वदेशमा निर्मित जुत्ता–चप्पललाई निर्यातमा अनुदान दिने घोषणा गरेको सरकारले नेपालमा एसेम्बल मात्र गर्ने उद्योग भने यसमा नसमेटिने प्रष्ट पारेको छ । नेपालमा एसेम्बल मात्रै भएका जुत्ता चप्पल उद्योगले निर्यात अनुदान माग गरेपछि उद्योग विभागले यस्तो प्रष्टिकरण दिएको हो । राजधानीमा अयोजित अभिमुखीकरण कार्यक्रममा उद्योगीहरुलाई प्रशिक्षण गर्दै महानिर्देशक विनोदप्रकाश सिंहले कच्चा पदार्थको […]
९ असार, इलाम । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो ४० […]
९ असार, विराटनगर । अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो । धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका […]
९ असार, काठमाडौं । विप्लव समूहलाई प्रतिबन्ध लगाउन आवश्यक थियो या थिएन ? यसबारेमा सोमबार संसदीय समितिमा चर्काचर्की बहस भयो । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको निधनबारेको छलफलका क्रममा सो समूहमाथि लगाइएको प्रतिबन्धकै विषयमा समेत सांसदहरुले प्रश्न उठाए । ‘झोलामा राखिएको पेस्तोलबाट कसरी फायरिङ भयो ?’ […]
९ असार, काठमाडौं । बौद्धको समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएकी विमला तामाङको गोजीमा भेटिएको ‘चिट’को परीक्षण रिपोर्ट आउन एक साता लाग्न सक्ने काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अस्पतालभित्र ३ असारमा मृत भेटिएकी विमलाको गोजीमा तीन जना कर्मचारी नाम लेखिएको कागज भेटिएको थियो । जसमा नामको पहिलो शब्द मात्र थियो भने तेस्रो नाम म्याम […]
९ असार, काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘गलबन्दी च्यातियो…’ को विवाद संसदमा पुगेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गायक प्रकाश सपुत र शान्तिश्री परियारको बचाउ गरे । गायक शम्भु राईले ‘गलबन्दी’ को लय आफ्नो एल्बम देउसी भैलोको ‘आउ नाचौं साथी हो..’ बोलको गीतसँग ठ्याक्कै मिलेको दाबी गर्दै आएका छन् […]
९ असार, काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको निधनका सन्दर्भमा सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापासँग छलफल चलिरहेको थियो । त्यहाँ आफ्नो धारणा राख्ने क्रममा नेकपा सांसद तीर्था गौतम भक्कानिइन् । भक्कानिँदै सांसद गौममले गृहमन्त्री थापालाई पुरानो इतिहास सम्झन आग्रह गर्नि । सांसद गौतमले भनिन्, ‘आज एउटा नेपालीको […]
९ असार, बाँके । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका […]
९ असार, रुपन्देही । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको […]
९ असार, काठमाडौं । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम सुरु भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चिनियाँ कामदार निर्माण साइटमा आइपुगेका छन् । चिनियाँ कामदारमार्फत नै सडक निर्माणका लागि काम सुरु भएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए । ‘उनीहरु अहिले पुल निर्माणको काममा […]
९ असार, काठमाडौं । हरेक ठाउँमा कर लगाउने गरेको आरोप खेप्दै आइरहेको सरकारले पहिलोपटक पुस्तक आयातमा भन्सार लगाएपछि अहिले सामाजिक सञ्जालमा तातो बहस भइरहेको छ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईदेखि कांग्रेस नेता गगन थापासम्मले ज्ञानमा कर लगाइएको भन्दै यसको आलोचना गरेका छन् । जेठ १५ गते आर्थिक विधेयकमार्फत सरकारले सबैखाले आयातीत पुस्तकमा १० […]
९ असार, बिराटनगर । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि विगतमा जस्तै यो वर्ष पनि बिराटनगर नाकाबाट हुने व्यापार घाटा चुलिएको छ । अर्कोतर्फ, सरकार लिएको राजस्व संकलनको लक्षसमेत पूरा नहुने दयनीय स्थिति देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म पूर्वी नेपालको प्रमुख व्यापारिक नाका बिराटनगरबाट कुल व्यापार घाटा १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ […]
९ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् । पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम […]
९ असार, काठमाडौं । मार्च २०१४ मा चिटगोङबाट विश्वका क्रिकेट पारखीहरुको ध्यान तान्दै गर्दा मिडियम फास्ट बलर जितेन्द्र मुखिया नेपाली टोलीका प्रमुख सदस्यमध्ये एक थिए । टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले हराउँदा त उनी म्यान अफ दि म्याच नै बने । डेब्यू विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराउनुका साथै टेष्ट नेशन बंगलादेशलाई राम्रै […]
९ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । पौडेलको प्रहरीको […]
९ असार, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ छ । संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भने, ‘प्रहरीको […]
९ असार, काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा शंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् । सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २ वर्षको निर्धारित समयमा आयोजना निर्माणको काम सकिनेमा आशंका व्यक्त गरे । यसले लागत […]
९ असार, काठमाडौं । विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् । ‘अरु सबैले ल्याएको सूचनामा विश्वास गर्नू तर […]
from समाचार – Online Khabar http://bit.ly/2RwzEG4
via IFTTT






















