समाचार
१८ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ । प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको स्विस इन्टरनेशन होटल सरोवर उद्घाटन गर्ने कार्यक्रम थियो । ओली होटलमा पनि पुगेका थिए तर, केहीबेर बसेर फर्किए । यो होटल मापदण्ड विपरित बन्नुका साथै होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी […]
काठमाडौं । स्पेनको मडि्रडमा शनिबार राति पौने १ बजे च्याम्पियन्स लिग फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयाम भिड्दै छन् । २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिग फाइनल खेलेपछि यसपटक नै दुई इंग्लिस टिम फाइनलमा भेटिएका हुन् । जसमा टोटनहृयाम पहिलोपटक फाइनलमा पुगेको हो भने पाँच पटकको विजेता लिभरपुलको नवौँ फाइनल यात्रा हो […]
१८ जेठ, जनकपुरधाम । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले पनि बिरोध जनाएको छ । विज्ञापनको बिरोध गर्दै प्रदेश २ का मुख्यमन्त्रीले यसको कानुनी उपचार खोज्ने बताएलगत्तै प्रदेशका प्रमुख प्रतिपक्षी नेकपाले पनि लोकसेवा विज्ञापनको बिरोध जनाएको हो । लोकसेवा आयोगले संविधानको मर्म र […]
१८ जेठ, विराटनगर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका […]
बजेट भाषणले तलब बढायो र जागिरेको महत्व झन् बढ्यो । सबैतिर जागिरेकै चर्चा छ । यसले बेरोजगार र जागीर खान खोजिरहेकाहरुलाई कुन दबाब होला, म जागिरे भएर अनुमान गर्न सक्छु । तर, जागिरेको गुनासोका थाक खोतलेर हेरेपछि पो थाहा हुन्छ, जागिरे हुनुको मज्जा । समाज भन्छ : धेरै पछ्नुपर्छ । पढेपछि जागिर खानुपर्छ । एउटा […]
१८ जेठ, भोजपुर । मोटरबाटो विस्तार भएसँगै पहाडमा सम्भावनाका ढोकाहरु खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमा रहेको सुन्तले डाँडा आन्तरिक र वाहृय पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ । समुन्द्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यतालाई बिर्साउने थलो बन्दैछ । धरान र धनकुटाको बीचमा पर्ने भेडेटारको झझल्को दिलाउने यो ठाउँको प्राकृतिक […]
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । पछिल्लो समयको प्रदर्शनलाई हेर्ने हो भने श्रीलंकाको निराशाजनक प्रदर्शन छ । विश्वकपअघि […]
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा हुने अफगानिस्तान र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । कमजोर अफगानिस्तानमाथि अष्ट्रेलिया सहजै जित हात पार्ने लक्ष्यमा छ । तर अफगानिस्तान ‘अन्डर डक’ टिम हो । जुनसुकै समयमा ठूला टिमलाई पराजित गर्ने […]
१८ जेठ, काठमाडौं । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई […]
१८ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी एकता प्रक्रिया फलामे ढोका फोरेर अगाडि बढ्यो भनिरहँदा फेरि निर्णायक रस्साकस्सी सुरु भएको छ । जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुको टुंगो लगाएको नेकपा यतिबेला केन्द्रीय विभागहरु गठनको तयारीमा छ, जसमा शीर्ष नेताहरु नै जोडिएका छन् । संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार-प्रसार विभाग […]
सृष्टि कलेज जान्थी । काममा जान्थी । ब्रेक भयो कि आदिसँग च्याट गर्थी । के लेख्यो, के पठायो होला भनेर उसको मनले पनि सोचिरहन्थ्यो । मोबाइलको ब्याट्री यसरी डाउन हुन थाल्यो कि सृष्टिले पावर ब्याङ्क किनी । कहिलेकाहीँ आदिले कोठामा बोलाउँथ्यो । पहिला- पहिला लजाउँथी । जाऊँ जाऊँ त उसलाई लाग्थ्यो । तर, बोलाउनेबित्तिकै एकदमै […]
‘हाम्रो देशमा पनि समुन्द्र भएको भए हामी यत्ति विधि छिमेकी राष्ट्रसँग चेपिएर, थुनिएर्र र गुम्सिएर बस्नुपर्ने थिएन होला कि ? भारत र चीनले चारैतिरबाट थुनेको एउटा बन्द कोठाजस्तो आकृतिमा कैद हुनुपर्दा नै धेरै थोक गुमाएका छौं कि हामीले ?’ (प्रभा बराल : आत्महत्याको जंगल पृ.९८) नियात्रा विधाको नजिक बसेर लेखिएको आत्महत्याको जंगल पुस्तकमा लेखिका प्रभा […]
१८ जेठ, काठमाडौं । यो साता साहित्यका मुख्य विधा बाहेक बौद्ध ग्रन्थको नेपाली अनुवाद र कम्युनिस्ट विचारधारा मानेर अघि बढेका लेखकहरुको पुस्तक बजारमा आएको छ । यो साता पाका लेखकहरुको संयुक्त लेखन भएको उपन्यास ‘विशर्ग’ पनि बजारमा आएको छ । बजारको नियमले भन्छ, जहाँ माग उत्पन्न हुन्छ, त्यहीँ उत्पादनको प्रक्रिया पनि सुरु हुन्छ । तर, […]
१८ जेठ, काठमाडौं । मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबारसम्मै मौसम सफा हुने छैन । मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको […]
१८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराएका छन् । २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री त विपक्षी पार्टीको समेत छिन् । रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लीलीलाई मन्त्रीमण्डलमा समावेश गराएको बीबीसीले जनाएको छ । उनले गुड पार्टीबाट चुनाव जितेकी थिइन् । केपटाउनकी पूर्वमेयरसमेत […]
१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीको पहिचान […]
१८ जेठ, डडेल्धुरा । डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित रहेका छन् । २०६८ सालको जनगणना अनुसार डडेल्धुरामा पाँच हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ । जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराा अध्यक्ष गणेशप्रसाद अवस्थीका अनुसार हालसम्म २ […]
१८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो नेपाल आउँदैछन् । स्थानीय समय अनुसार शुक्रबार राति १०:५५ को कतार एयरको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उडान तालिका छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ […]
१७ जेठ, बुटवल । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन् । पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गरे । समाजवादी […]
१७ जेठ, चितवन । कुञ्जना घिमिरे ‘सुन्तली’ले जतिबेला हातमा एक लाख एक हजार सहयोगको चेक बोकिरहेकी थिइन्, मोबाइलमा खबर पढिन्– गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलको बार भत्काइयो । रंगशालाको बार मात्र भत्किएन, सुन्तलीको मन पनि भत्कियो । यो खबरले उनी निकै दुःखी भइन् । यो घटनापछि कुञ्जना र उनका श्रीमान सीताराम कट्टेल धुर्मुस–सुन्तली फाउण्डसेनले जिल्ला प्रहरी […]
१७ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको पुरानै नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका योजनालाई आधार मानेको नयाँ बजेट ल्याउने बताएको छ । प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले चालु आर्थिक वर्षमा कार्यान्वयन भएका अधिकांश कार्यक्रम र लक्ष्यलाई आत्मसात गरेर नयाँ बजेट ल्याउने बताएका हुन् । ‘चालु आर्थिक वर्षलाई प्रादेशिक […]
from समाचार – Online Khabar http://bit.ly/2W55rP5
via IFTTT






















