Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सहिद परिवारलाई प्रदेश सरकारको भैंसी उपहार

८ असार, सप्तरी । प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई लेनो भैंसी वितरण गरेको छ । प्रदेश सरकार गठन भएलगतै सहिद परिवारका एक जनालाई रोजगारी र भैंसी बितरण गर्ने घोषणा गरिएको थियो । त्यसअनुसार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहिद तथा घाइतेका परिवारलाई भैंसी बितरण गर्न शुरु गरेको हो […]

देशले मलाई धेरै दियो : अनिलकेशरी शाह

८ असार, काठमाडौं । यहाँ हामी ‘सेलिब्रेटी बैंकर’ अनिल केसरी शाहको सफलताको कथासँगै  उल्लासमय जीवनशैलीको रहस्य खोतल्दैछौं । शाहको परिचय एक सफल बैंकरमा मात्र सीमित छैन, उनी युवापुस्ताका उत्प्रेरक अर्थात ‘मोटिभेटर’ पनि हुन् । शाहको सफलताबाट युवा पुस्ताले धेरै सिक्न सक्छन् । प्रातः नियमित अध्यात्म– पूजापाठ, ईश्वर बन्दना । त्यसपछि जिमदेखि स्वीमिङसम्मका शारीरिक तन्दुरुस्तीका क्रियाकलाप […]

बैठकमा सांसदले भने : ‘करप्रसाद’ र ‘छेरबहादुर’ !

८ असार, काठमाडौं । संसदमा प्रतिपक्ष र सत्ता पक्षका सांसदह?ले एकअर्का दलका नेताह?को नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले । विशेष समयमा बोल्दै उनले भने, ‘जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय […]

‘भातको बास्ना थाहा थिएन, सामन्तसँग लड्दा राप्रपा बनेँ

८ असार, काठमाडौं । झापामा दुईपटक कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलासित चुनाव हारेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पछिल्लोपटक उनै सिटौलालाई हराएर प्रतिनिधिसभाको सांसद बने । संसदीय चुनावमा राप्रपाले लज्जास्पद हार व्यहोर्दा उनी संसदभित्र आफ्नो पार्टीका एक्ला प्रतिनिधि बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाको निगुरो, च्याउ र पानी खाएर हुर्केका सांसद लिङदेन सुकम्बासी वर्गबाट […]

कपिलवस्तुमा खुकुरी प्रहारबाट युवक घाइते

८ असार, बुटवल । कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.७ मोतिपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट थारूको टाउको र दाहिने कुममा गहिरो चोट लागेको छ । थारूलाई उपचारको लागि बुटवल ल्याइएको छ […]

‘निजगढ विमानस्थल अन्तर्राष्ट्रिय स्तरको ट्रान्जिट बन्न सक्छ’

८ असार, वीरगञ्ज । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो बन्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आइतबार वीरगञ्जमा आयोजित अन्तर्क्रियामा सरोकारवालाले विमानस्थल निर्माणको मोडल र लगानी कसरी जुटाउने विषयमा सरकार छिटो टुंगोमा पुग्नुपर्ने धारणा राखे । वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडानको चाप धान्न घटाउन पनि निजगढमा विमानस्थल बनाउनुको विकल्प नभएको […]

संघीय सरकार एकलौटी गर्दैछ, कानून निर्माणमा समन्वय गरेन : मुख्यमन्त्री गुरुङ

८ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको आरोप लगाएका छन् । आइतबार पोखरा महानगरको पाँचौ नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले केन्द्र सरकारमाथि प्रश्न उठाएका हुन् । ३० मिनेटभन्दा बढी भाषण गरेका उनले आधाभन्दा बढी समय केन्द्र सरकारको आलोचनामा खर्चिएका थिए । ‘सत्ता […]

मन्त्री ढुंगेलले गरे सांसदलाई बाँडिएको रकमको बचाउ

८ असार, हेटौंडा । प्रदेश ३ का आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश पूर्वाधार विकास कार्यक्रम शीर्षकमा सांसद्हरुलाई बाँड्न लागेको बजेटको बचावट गरेका छन् । आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिँदै मन्त्री ढुंगेलले प्रदेशका सांसदहरुलाई सोझै बजेट दिने गरी कार्यक्रम नआएको दावी गरे हुन् । प्रदेश सरकारले […]

अब कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन

८ असार, काठमाडौं । अघिल्लो वर्ष फागुनमा ललितपुरमा एउटा साइकल र्‍याली भएको थियो, जसमा तत्कालीन वातावरणमन्त्री लालबाबु पण्डित प्रमुख अतिथि थिए । केहिबेर आफैं साइकल कुदाएर भाषण गरेका वातावरण मन्त्री पण्डितले आफ्नो कार्यकालमासाइकल लेन बनाउन पहल गर्ने बताए । पण्डित वातावरणबाटबाट संघीय मामिला तथा स्थानीय विकासमन्त्री भए तर, साइकल लेन बनेन । तर, अब ललितपुर […]

‘घराना’ युवतीलाई पछ्याउँदा ठगिए भारतीय व्यापारी

८ असार, काठमाडौं । भारतका निर्माण व्यवसायी श्रीपाल जैनलाई तीन महिना अघि नेपाली युवतीको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । मिलेको जिउडाल, अर्मानी घडी, गुची ब्राण्डको जुत्ता । हरेक फोटोमा ब्रान्डेड कपडाका भएका कारण युवती खान्दानी परिवारकी भएको निष्कर्ष निकाले र फेसबुकमा आएको मित्रताको प्रस्ताव स्वीकार्न जैनले ढिलो गरेनन् । लगतै युवतीबाट सन्देश आयो, ‘हाई ।’ त्यसपछि […]

बालिका बलात्कारका अभियुक्त ७ वर्षपछि पक्राउ

८ असार, वीरगञ्ज । बाराबाट प्रहरीले जर्बजस्ती करणी मुद्धामा ७ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडानंम्बर २२ का मानबहादुर थिङ पक्राउ परेका हुन् । थिङ वि.स. २०६९ मंसिर २९ गते साँझ स्थानीय ८ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेर फरार भएको दावी प्रहरीको छ । काठमाडौंमा लुकीछिपी बसेको सूचना पाएपछि बाराबाट […]

ठेकदारको लापरबाहीले अधकल्चो पुल मादीले बगायो

८ असार, पोखरा । कास्कीको मादी गाउँपालिका ज्याम्दुस्थित निर्माणाधीन पुल मादी नदीले बगाएको छ । ढलानको तयारी गरिएको पुल नदीको भेलले बगाएको हो । ठेकदार कम्पनी मृत सञ्जिवनी निर्माण सेवाले पुलको आधा भाग ढलानको तयारी गरेको थियो । तेस्रो पटक थपिएको म्याद अनुसार ठेकदार कम्पनीले पुल निर्माणको काम गत वैशाखमा नै सक्नुपर्ने थियो । तर […]

५४ जना जेष्ठ एकल महिला सम्मानित

८ असार, काठमाडौं । मानवअधिकारका लागि महिला, एकल महिला समूहले ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाएको छ । ‘एकल महिलाहरुको आर्थिक शसक्तिकरण दिगो विकासको लक्ष्यको आधार’ भन्ने नाराका साथ दिवस मनाएको हो । बूढानिलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेलको प्रमुख आतिथियतामा भएको कार्यक्रममा नगरपालिकाको वडानम्बर ६ र ७ का ५४ जना जेष्ठ एकल महिलालाई सम्मान गरिएको […]

रानीपोखरीमा सानो पोखरी ! बढ्यो पानी जम्ने आश

८ असार, काठमाडौं । भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी यतिबेला ‘पोखरी’का स्वरुपमा छैन । पुनर्निर्माणको बहानामा सुकाइएको पोखरी सुख्खा चौर जस्तै छ । तर काठमाडौं महानगरपालिकाले जिम्मा लिएर अस्तव्यस्त बनाएको रानीपोखरीमा अहिले भने पुनर्निर्माणले गति लिएको छ । पुनर्निर्माण प्राधिकरणले आफैंले जिम्मा लियो र स्थानीय उपभोक्ता समिति बनाएर काम थालिएको छ । अहिले भक्तपुरका कालीगढ र […]

निजामती ऐनलाई लिएर संसदीय समिति र सरकारबीच टकराव

८ असार, काठमाडौं । निजामती सेवाको श्रेणीगत र तहगत प्रणालीलाई निरन्तरता दिने वा दुई मध्ये एउटा मात्रै कायम राख्ने भन्नेमा सरकार र संसदीय समितिका बीचमा मत बाझिएको छ । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादव कोइराला दुबै प्रणालीलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिए । […]

पोखरामा बहुतले पार्किङ, पातलो छाँगोमा सीसाको पुल

८ असार, पोखरा । पोखरा महानगरपालिकाले सडकमा पार्किङ र जाम घटाउन आकासे पुल र बहुतले पार्किङको व्यवस्था गर्ने भएको छ । सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा यसै वर्ष आकाशे पुल निर्माण गर्ने योजना महानगरको छ । ओभरहेड र सबवे संरचना निर्माण अगाडि बढाउने र सहरी क्षेत्रका मुख्य बजारमा बहुतला पार्किङ निर्माण गर्न पहल गर्ने […]

सर्वोच्चमा लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई सकिएन, अब बुधबार हुने

८ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ । आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध […]

सुविधा बढाउन माग गर्दै काठमाडौं महानगरका वडा सदस्यहरु हेटौंडामा

८ असार, हेटौंडा । स्थानीय तहका पदाधिकारी र सदस्यको पारिश्रमिक अपुग भएको भन्दै काठमाडौं महानगरपालिकाका वडा सदस्य र नगरसभा सदस्यले बढाउन माग गरेका छन् । ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै हेटौंडा आइपुगेका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले प्रदेश ३ का मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । अहिले वडा सदस्य र नगरसभा सदस्यले मासिक […]

संसदमा २ दिन अनलाइनखबरको विरोध (भिडियोसहित)

८ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राधा ज्ञवालीले विहीबार र शुक्रबार दुई दिन संसदमा बोल्दै अनलाइनखबरको विरोध गरिन् । असार २ गते कृषि समितिमा आफूले बोलेको विषयलाई लिएर भ्रामक प्रचार भएको भन्दै सांसद ज्ञवालीले संसदमा बोलेकी हुन् । नेकपा सांसद ज्ञवालीले एउटा समाचारको विषयलाई लिएर पटक-पटक अनलाइनखबरको नाम लिँदै कानूनी कारवाहीको मागसमेत संसदबाटै […]

कीर्तिमानी संख्यामा पर्यटक आएको वर्ष बसाई अवधि भने घट्यो

८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट सफल वर्ष हो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए । सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा […]

वीपीको मेलमिलाको नीति अब राप्रपाको मार्गनिर्देशक सिद्धान्त

८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वीपी कोइरालाको मेलमिलाको नीतिलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाएको छ । साथै उसले राजसंस्थालाई पनि स्पेश दिन माग गरेको छ । आइतबार सम्पन्न राप्रपाको केन्द्रीय समितिको विस्तारित बैठकले पृथ्वीनारायण शाहको उपदेश, तत्कालीन राजा महेन्द्र शाहको राष्ट्रवाद र वीपीको मेलमिलाप नीतिलाई पार्टीको मार्गनिर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्ने निर्णय गरेको हो […]



from समाचार – Online Khabar http://bit.ly/2IBrqd2
via IFTTT
Powered by Blogger.