समाचार
८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट सफल वर्ष हो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए । सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा […]
८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत […]
८ असार, पोखरा । पछिल्लो समय पोखराको तापक्रम केही बढेको छ । रापिलो घामको खासै अभ्यस्त नभइसकेका पोखरेलीलाई हम्मेहम्मे परेको छ । त्यही चर्को गर्मी छल्न कोही स्विमिङ पुल धाइरहेका छन्, कोही तालतलैया र वनजंगलका छहारी खोज्दै हिँडिरहेका छन् । कोही पहाड, पर्वत उक्लिरहेका छन् । साहसिक खेलमा रुचि राख्ने र चर्को गर्मी छल्न पोखरादेखि […]
८ असार, काठमाडौं । संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् । त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता […]
८ असार, काठमाडौं । काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, आइतबार बिहान ६ बजे बर्दियाको बारबर्दिया–७, रम्मापुरमा ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बस चालक […]
८ असार, काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । घरमा […]
८ असार, काठमाडौं । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताएका छन् । बागमती मुआब्जा विवादबारे छलफल गर्न आइतबार बिहान बसेको संसद्को कृषि र विकास समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री राईले उक्त जग्गाको मुआब्जा दिन कानूनी जटिलता भएको बताएका हुन् । मुआब्जा दिनुपर्ने भनिएको ६१४ रोपनी […]
८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए । ‘हिजो गरेनम्, आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले […]
८ असार, काठमाडौं । बागमती नदीभित्र मुआब्जा विवादबारे छलफल गर्न बोलाइएको संसदीय समितिको संयुक्त बैठकप्रति सांसदहरूले आपत्ति जनाएका छन् । बागमती नदीको १८८ रोपनी जग्गामा मुआब्जा विवादमा छलफल गर्न आइतबार संसदको कृषि तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठक बोलाइएको छ । कृषि समितिले अवलोकन गरेर प्रतिवेदन बुझाएपछि मात्रै आफूहरुले थाहा […]
८ असार, काठमाडौं । थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा स्थानीय बासीले सडक अवरुद्ध पारेका छन् । संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले आइतबार पनि सडक अवरुद्ध पारेका हुन् । यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र […]
८ असार, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । पत्रमा ट्रम्पले उल्लेख गरेका विषयवस्तुबारे केही बताइएको छैन […]
८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र […]
८ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने र ठूलो मात्रामा उत्पादन हुने कृषि उपजको निःशुल्क ढुवानी गरिदिने भएको छ । कृषिलाई विशेष प्राथमिकता दिएर शनिबार सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो व्यवस्था छ । ‘बढ्दो किटनाशक औषधी तथा बिषादीको प्रयोगले जनताको स्वास्थ्यमा असर पर्ने भएकाले यस वर्ष अर्गानिक खेती […]
८ असार, रामेछाप । बिरामी लिन गएको एम्बुलेन्स आइतबार बिहान दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् । नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । उनी गोलान्जोर गाउँपालिका–७, सिन्धुलीका […]
८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने अवस्था छ । दक्षिण […]
८ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन […]
८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको हो । वेष्ट इन्डिजको जित सुनिश्चित जस्तै थियो । किनभने दुई ओभरमा मात्र ८ रनको आवश्यकता थियो । क्रिजमा थिए, कार्लोस ब्राथवोइट […]
७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । […]
७ असार, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पुर्याएको भन्दै कारवाही गरेको छ । होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर […]
७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राजनीतिक प्रतिवेदनलाई लिएर विवाद बढ्ने संकेत देखिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखनको प्रस्ताव गरेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले विरोध गरेका छन् । पार्टी एकताका क्रममै […]
७ असार, काठमाडौं । वन तथा भू-संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, […]
from समाचार – Online Khabar http://bit.ly/2RrWU8r
via IFTTT






















