Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गृहमन्त्री बादललाई तीर्था गौतमको आग्रह– पुरानो इतिहास सम्झौं !

९ असार, काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको निधनका सन्दर्भमा सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापासँग छलफल चलिरहेको थियो । त्यहाँ आफ्नो धारणा राख्ने क्रममा नेकपा सांसद तीर्था गौतम भक्कानिइन् । भक्कानिँदै सांसद गौममले गृहमन्त्री थापालाई पुरानो इतिहास सम्झन आग्रह गर्नि । सांसद गौतमले भनिन्, ‘आज एउटा नेपालीको […]

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

९ असार, बाँके । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका […]

रुपन्देहीमा २ युवतीमाथि सामूहिक बलात्कार

९ असार, रुपन्देही । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको […]

स्याफ्रुबेसी–रसुवागढी सडक बनाउन चिनियाँ टोली साइटमा

९ असार, काठमाडौं । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम सुरु भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चिनियाँ कामदार निर्माण साइटमा आइपुगेका छन् । चिनियाँ कामदारमार्फत नै सडक निर्माणका लागि काम सुरु भएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए । ‘उनीहरु अहिले पुल निर्माणको काममा […]

पुस्तकमा भन्सार : स्वदेशी उद्योगको संरक्षण कि ज्ञानमा नियन्त्रण ?

९ असार, काठमाडौं । हरेक ठाउँमा कर लगाउने गरेको आरोप खेप्दै आइरहेको सरकारले पहिलोपटक पुस्तक आयातमा भन्सार लगाएपछि अहिले सामाजिक सञ्जालमा तातो बहस भइरहेको छ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईदेखि कांग्रेस नेता गगन थापासम्मले ज्ञानमा कर लगाइएको भन्दै यसको आलोचना गरेका छन् । जेठ १५ गते आर्थिक विधेयकमार्फत सरकारले सबैखाले आयातीत पुस्तकमा १० […]

बिराटनगरमा ब्यापार घाटा चुलियो, राजस्व संकलन दयनीय

९ असार, बिराटनगर । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि विगतमा जस्तै यो वर्ष पनि बिराटनगर नाकाबाट हुने व्यापार घाटा चुलिएको छ । अर्कोतर्फ, सरकार लिएको राजस्व संकलनको लक्षसमेत पूरा नहुने दयनीय स्थिति देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म पूर्वी नेपालको प्रमुख व्यापारिक नाका बिराटनगरबाट कुल व्यापार घाटा १ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ […]

कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

९ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् । पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम […]

कुमार पौडेल मृत्यु प्रकरण : एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन

९ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । पौडेलको प्रहरीको […]

गृहमन्त्रीलाई जनार्दनको प्रश्न- कुमार पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ?

९ असार, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ छ । संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भने, ‘प्रहरीको […]

सांसद्को दाबी–फास्ट ट्रयाक समयमै सकिँदैन

९ असार, काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले तराई मधेस द्रुतमार्ग निर्धारित समयमै पूरा हुनेमा शंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् । सांसद् गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएकाले २ वर्षको निर्धारित समयमा आयोजना निर्माणको काम सकिनेमा आशंका व्यक्त गरे । यसले लागत […]

प्रधानमन्त्रीको सूचना प्रणालीमै खोट !

९ असार, काठमाडौं । विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् । ‘अरु सबैले ल्याएको सूचनामा विश्वास गर्नू तर […]

७७ जिल्लाकै नागरिक सेयर बजारको पहुँचमा

९ असार, काठमाडौं । चालु आर्थिक वर्षदेखि सेयर बजारको पहुँच नेपालका ७७ वटै जिल्लामा विस्तार भएको छ । कुनै बेला राजधानी केन्द्रित सेयर बजार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा ७७ जिल्लामै पुगेको हो । सेयर बजारसम्बन्धी जानकारी कमै मात्रै रहेका बेला बोर्ड र नेप्सेले तल्लो स्तरमा पुगेर सेयर शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता […]

नेपालको बिजुली बंगलादेशमा बेच्न भारतले देला ?

९ असार, काठमाडौं । बंगलादेश नेपालमा उत्पादित बिजुली किनेर आफ्नो देशको अभाव टार्ने योजनामा छ । यसका लागि नेपालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न पनि ऊ इच्छुक छ । तर, यो त्यति सरल छैन । किनभने, नेपाल र बंगलादेशको बीचमा भारत छ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापारका विषयमा हालै सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । दुई […]

प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ भारतीय पर्साबाट पक्राउ

९ असार, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिको जगतिया चौकबाट ७ भारतीयलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेका भारतीयको समूहले दुर्व्यवहार गरेपछि महादेवपट्टिका प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वको गएको टोलीले भारतीयलाई नियन्त्रमा लिएको हो । पक्राउ पर्नेमा भारत मैनाटाड थाना–१ का १९ वर्षीय सञ्जित कुमार पटेल, २० वर्षीय सनी कुमार पटेल, ३५ […]

‘उपमेयर बन्न मानिनँ, राष्ट्रियसभा उपाध्यक्ष बनें’

चुनावअघि म बर्दिबास नगरपालिकामा पार्टीको जिम्मेवारीमा थिएँ । त्यहाँको पहिलो महिला मेयर हुनुपर्छ भनेर लडेकी थिएँ । तर, उपमेयरमा प्रस्ताव गरियो । मेयर चलाउन सक्छु, दिन्छौ भने देउ, होइन भने उपमेयर लिन्न भनेँ । पछि प्रदेशमा प्रस्ताव गर्ने कुरा भयो । तर, मलाई पहाडे समुदायको भनियो र पहाडे क्षेत्री बाहुनको ४.६ प्रतिशत छ भन्दै मलाई […]

किशोरी बलात्कारकाे आरोपमा कैलालीबाट ३ पक्राउ

९ असार, कैलाली । १३ वर्षीया किशोरी जबजस्ती करणीको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी छन् । किशोरीलाई फकाएर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी […]

डेमोक्र्याटिक पार्टीमा राष्ट्रपतिका दाबेदार २५ पुगे, नौसेनाको पूर्वप्रमुख पनि दौडमा

९ असार, काठमाडौं । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले आउँदो राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारको पहिलो बहसभन्दा ढिलो गरी जोईले आइतबार राष्ट्रपतिको उम्मेदवारको दौडमा होमिएको घोषणा गरेका हुन् । आउँदो राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट हालसम्म २५ जनाले उम्मेदवारी दिएका छन् […]

विश्वकप क्रिकेट : अफगानिस्तान र बंगलादेश भिड्दै

९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीचमा प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो […]

९ लाई ६९ बनाएर त्रिविमा स्वर्णपदक, घरको सिसा फुट्दा मेयरलाई ३० लाख

९ असार, काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको वैचारिक एवं कार्यदिशा बहस,  त्रिविभित्रको अनियमितता, अख्तियार दुरुपयोगलगायतका विषय आजका दैनिक पत्रिकाहरुकाे प्राथमिकतामा परेको छ । घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति दिइएकोबारे नयाँ पत्रिकाले आज प्रमुख समाचार बनाएको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बीमाबाट […]

विश्वकप क्रिकेटः दक्षिण अफ्रिका आउट, पाकिस्तानको सम्भावना कायमै

९ असार, काठमाडौं । पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ । यसअघि अफगानिस्तानले खेलेको ६ खेलमा […]

दस्तावेजमा कहाँनेर अल्झियो नेकपा ?

८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जानुअघिसम्म नेकपाभित्र सांगठनिक एकताको सघन बहस चलिरहेको थियो । जिल्ला इञ्चार्ज र विभागहरुमा कुन गुटका नेतालाई घुसाउने भन्नेबारे गुटगत रस्साकसी भइरहेको थियो । तर, प्रधानमन्त्री ओली युरोपबाट फर्केपछि भने पार्टीभित्रको बहसले एकाएक कोल्टे फेरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डवीच बालुवाटारमा बुधबार दुईघण्टासम्म छलफल भएको […]



from समाचार – Online Khabar http://bit.ly/2FrUaTK
via IFTTT
Powered by Blogger.