Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

त्रिभुवन राजपथ विस्तार : केन्द्र सरकार र महानगरको विवादले अन्योल

८ असार , वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथको सडक सीमा विवादले पुनः चर्चा पाएको छ । वीरगञ्ज महानगरपालिकाले मुख्य सडक १५/१५ मिटर मात्रै फराकिलो गर्न गरेको सिफारिस संघले अस्वीकार गरेपछि विवाद साम्य हुने सम्भावना टरेको छ । ०७५ असारमा सम्पन्न वीरगञ्ज महानगरपालिकाको दोस्रो नगरसभाले मुख्य सडक २५/२५ मिटर नतोडी १५/१५ मिटर मात्रै तोड्न सकारसँग आग्रह गर्ने […]

बजेट भाषणमा परेको कार्यक्रम रेडबुकमा गायब !

८ असार, पोखरा । सिँचाइतर्फ क्रमागत १ सय १४ र आगामी आर्थिक वर्षका लागि नयाँ छनौट गरिएका १ सय ३० गरी जम्मा २४४ सतह सिँचाइ योजनालाई वजेट वक्तव्यमार्फत सम्बोधन गरिएको छ । ४० भूमिगत जलसिँचाइ योजना, भूमिगत ट्युबवेल, पम्प खरिद र सञ्‍चालन घर (अपरेसन रूम) निर्माणका लागि अर्ब ९ करोड विनियोजन गरेको आर्थिक मामिलामन्त्री किरण […]

निस्पक्ष छानबिनको माग गर्दै विमलाका आफन्तद्वारा प्रदर्शन

८ असार, काठमाडौं । समता अस्पतालमा कार्यरत विमला तामाङ्को शंकास्पद मृत्युलाई लिएर आफन्तहरुले प्रदर्शन गरेका छन् । विमलाको शव शंकास्पद अवस्थामा भेटिएको भन्दै आफन्तले महानगरीय प्रहरी बृत्त गौशाला अगाडि प्रदर्शन गरेका हुन् । आफन्तहरुले विमलाको हत्या भएको भन्दै निस्पक्षरुपमा छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । समता अस्पतालमै कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीय […]

बैठकमा सांसदले भने : ‘करप्रसाद’ र ‘छेरबहादुर’ !

८ असार, काठमाडौं । संसदमा प्रतिपक्ष र सत्ता पक्षका सांसदह?ले एकअर्का दलका नेताह?को नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले । विशेष समयमा बोल्दै उनले भने, ‘जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय […]

कम्युनिष्टका कारण लोकतान्त्रिक गणतन्त्र खतरामा : उपसभापति निधि

८ असार, बार्सिलोना। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्टका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार आयोजना गरेको नेपाली जनसम्पर्क समितिहरुको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टलाई विश्वास नभएको बताएका हुन् । ‘सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा […]

सैनामैना दुर्घटनाका मृतकको सनाखत, दुबैजना मजदुर

८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु हुने दुईजनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले जानकारी दिए । उनीहरुको उमेर २५ देखि ३० वर्ष बीचको रहेको अनुमान छ । दाङ […]

बुटवलमा एक वन एक पोखरी अभियान, सातवटा वनमा खनिए पोखरी

८ असार, बुटवल । पर्यावरण जोगाउन बुटवलमा ‘एक वन एक पोखरी निर्माण’ अभियान सुरु गरिएको छ । चुरे पहाड र यसको फेदीमा रहेका सामुदायिक वनहरुमा पोखरी निर्माण सुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । चुरे क्षेत्रमा पोखरी निर्माण गरी चुरेभन्दा तल्लो क्षेत्रको पानीको मूलमा सुधार ल्याउने उनको भनाइ छ । ‘वनमा निर्माण गरिएका […]

मन्त्रीले फाइल अड्काए, विद्युतीय बस थन्किए

८ जेठ, काठमाडौं । सरकारले गत हप्ता व्यवसायीलाई समेत आश्चर्यमा पार्दै एकाएक सार्वजनिक सवारीसाधनको भाडादर बढायो । तर, ५ घन्टाभित्रै झन् आश्चर्यजनकरुपमा सो निर्णय फिर्ता लियो । पेट्रोल-डिजेलबाट चल्ने गाडीभाडालाई यसरी नचाहिँदोरुपमा गिजोलेको सरकार विद्युतीय बसको भाडामा भने अनिर्णयको बन्दी बनेको छ । भाडा तय गर्ने फाइल यातायात मन्त्रीले नै अड्काइदिँदा नयाँ विद्युतीय बस ल्याएका […]

गुठी विधेयक पूर्ण रुपमा खारेज हुनुपर्छ : राप्रपा

८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताए । राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले […]

समाजवादी पार्टी र राजपाबीच फेरि सुरु भयो एकता वार्ता

८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु विच्किए । आफूसँग एकताका लागि वार्ता गरिरहेको फोरम एकाएक नयाँ शक्तिसँग एकता गरेपछि उपेन्द्र यादवसँग राजपा नेताहरु चिढिएका थिए । तर समाजवादी पार्टी र राजपाका नेताहरुले फेरि एकीकरणबारे सम्वाद सुरु गरेका छन् । समाजवादी पार्टीका […]

सचिवले सांसदलाई पढाउन खोजेपछि…

८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सांसदहरुले गलत बुझेको’ भनेपछि टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केहीबेर भनाभन भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आइतबार राज्यव्यवस्था समितिको बैठक बसेको थियो । बैठकमा मन्त्री लालबाबु पण्डित र सचिव […]

घरमै उत्पादन हुने समान पनि भारतबाट आइरहेको छ : मेयर सरावगी

८ असार,  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले घरमै उत्पादन हुने समान भारतबाट आयात हुनु दुःखद भएको बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साले आयोजना गरेको बजार मेला व्यवसायिक उत्सव आयोजनाको उद्घाटनमा उनले गृहणी महिलाले सीप सिकेर घरमै उत्पादन गर्न सक्ने सामान आयात हुनु दुखद भएको बताएका हुन् । ‘घर […]

सर्लाही ‘भिडन्त’ले धनमाया हत्याको सम्झना आयो : जनार्दन शर्मा

८ असार, काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा भएको भनिएको भिडन्तबारे गम्भीर प्रश्न उठाएका छन् । राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताए । उनले अघि भने, ‘यो घटना हेर्दा मलाई […]

कीर्तिमानी संख्यामा पर्यटक आएको वर्ष बसाई अवधि भने घट्यो

८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट सफल वर्ष हो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए । सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा […]

किताबमा भन्सार लगाएर सरकारले ज्ञानमा नियन्त्रण गर्न खोज्यो : गगन थापा

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत […]

जसले साहसिक खेल क्यानोनिङ भित्र्याए

८ असार, पोखरा । पछिल्लो समय पोखराको तापक्रम केही बढेको छ । रापिलो घामको खासै अभ्यस्त नभइसकेका पोखरेलीलाई हम्मेहम्मे परेको छ । त्यही चर्को गर्मी छल्न कोही स्विमिङ पुल धाइरहेका छन्, कोही तालतलैया र वनजंगलका छहारी खोज्दै हिँडिरहेका छन् । कोही पहाड, पर्वत उक्लिरहेका छन् । साहसिक खेलमा रुचि राख्ने र चर्को गर्मी छल्न पोखरादेखि […]

कुमार पौडेल गोलीकाण्डबारे संसदीय समितिले गृहसँग छलफल गर्ने

८ असार, काठमाडौं । संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् । त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता […]

बर्दियामा बस दुर्घटना हुँदा १२ जना घाइते

८ असार, काठमाडौं । काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, आइतबार बिहान ६ बजे बर्दियाको बारबर्दिया–७, रम्मापुरमा ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि बस चालक […]

दार्चुलामा घरमा आगो लगाएर श्रीमतीको हत्या !

८ असार, काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ । गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । घरमा […]

बागमतीको १८८ रोपनीको मुआब्जा दिन सकिँदैन : मन्त्री राई

८ असार, काठमाडौं । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताएका छन् । बागमती मुआब्जा विवादबारे छलफल गर्न आइतबार बिहान बसेको संसद्को कृषि र विकास समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री राईले उक्त जग्गाको मुआब्जा दिन कानूनी जटिलता भएको बताएका हुन् । मुआब्जा दिनुपर्ने भनिएको ६१४ रोपनी […]

‘भातको बास्ना थाहा थिएन, सामन्तसँग लड्दा राप्रपा बनेँ

८ असार, काठमाडौं । झापामा दुईपटक कांग्रेसका हस्ती कृष्णप्रसाद सिटौलासित चुनाव हारेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पछिल्लोपटक उनै सिटौलालाई हराएर प्रतिनिधिसभाको सांसद बने । संसदीय चुनावमा राप्रपाले लज्जास्पद हार व्यहोर्दा उनी संसदभित्र आफ्नो पार्टीका एक्ला प्रतिनिधि बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाको निगुरो, च्याउ र पानी खाएर हुर्केका सांसद लिङदेन सुकम्बासी वर्गबाट […]



from समाचार – Online Khabar http://bit.ly/2FuqRzI
via IFTTT
Powered by Blogger.