समाचार
८ साउन, बुटवल । अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका-१२ ढवाहमा एउटा घर बगाएको छ । पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका पहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी […]
८ साउन, वीरगञ्ज । अविरल वर्षाका कारण पर्सा र बाराका नदी तथा खोला तटीय क्षेत्रका बस्तीहरुमा डुवानको जोखिम बढेको छ । मंगलबार राति निरन्तर वर्षाका भैरहेकाले पर्साको सिर्सिया, भेडाहा, फन्टी, सिंग्याही तथा बाराको दुधौरा, बाणगंगा, बकैयालगायतका साना ठूला नदी तथा खोलाहरुमा पानीको सतह निकै बढेको छ । अविरल वर्षापछि दुधौरा नदीमा आएको बाढीले बाराको जितपुर […]
८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताएका हुन् […]
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले […]
८ साउन, काठमाडौं । वर्षापछिको विपदका विषयमा बुधबार प्रतिनिधिसभामा छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ । कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताएका छन् । […]
८ साउन, काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट छ अर्ब ६० करोड ६१ लाख ३९ हजार रुपैयाँको काठ तथा काठजन्य […]
८ साउन, नेपालगञ्ज । विषादी परीक्षणको विवादले भारतीय तरकारी-फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो । तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ । भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि […]
८ साउन, विराटनगर । स्थानीय बक्राहा खोलाले अत्याधिक जमिन कटान गरेपछि उर्लाबारी–८ बगरे टोलमा स्थानीयले आफैं बाँध निर्माण गरेका छन् । सरकारी निकायमा गुहार माग्दा आलटाल गरेपछि स्थानीयले झण्डै ५ सय मिटर लामो पर्कुपाइन विधिको बाँध निर्माण गरेका हुन् । मोरङ उर्लाबारी ८ बगरे टोलमा बक्राहाको बाढीका कारण २०७४ सालमा १४ घर विस्थापित भए । […]
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको उनको दाबी छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले भने, ‘कुनै भ्रममा नपर्न आग्रह […]
८, साउन, चितवन । दुई महिना रोकिएर काम सुरु भएकै दिन चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । चितवनमा रहेको पूर्वेली समाज र त्यसमा आवद्ध सदस्यहरुले २४ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् । पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले […]
८ साउन, पोखरा । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने […]
८ साउन, गोरखा । सार्वजनिक जग्गा मिचेर गोरखा नगरपालिका–५ हिलेपोखरीमा जग्गा प्लटिङ गरिएको छ । आफ्नो करिब आठ आना जग्गा मिचिएको भन्दै गोरखा क्याम्पसले आपत्ति जनाएको छ । जिल्लाका केही व्यक्तिहरु मिलेर सो क्षेत्रको करिव ११ रोपनी जग्गामा प्लटिङको काम गरिरहेका छन् । तर प्लटिङको नाममा उनीहरुले जवजस्ती क्याम्पसको जग्गा मिचेपछि विवाद भएको छ । […]
८ साउन, काठमाडौं । ‘ए है, आज अरुणको स्मृति दिवस नि !’ निद्राबाट हठात् ब्युझिए झैं गरी विक्रम गुरुङले सम्झिए । त्यसपछि अरुले सुन्छ कि जसरी सुस्केरा हाले, ‘आज २० वर्ष भइसकेछ ऊ बितेको पनि ।’ हङकङमा गृहस्थी जीवन बिताइरहेका गुरुङ केही दिनयता काठमाडौंका पाहुना बनेका छन् । नेपालयको वाताअनुकुलित कोठामा गफिँदै गर्दा उनी एकाएक […]
८ साउन, जनकपुरधाम । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग रकम ठगी गर्ने दुई जनालाई जिल्लाको हंसपुर नगरपालिकाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा हंसपुर नगरपालिका-६ का […]
८ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मोटरसाइकलमा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय शम्भु पटेल र २० वर्षीय चोकट भन्ने धर्मेन्ऽ साह गोढ पक्राउ परेका हुन् । सुवर्ण गाउँपालिका-७ बस्ने संजित यादव र नन्दकिशोर प्रसादले आफन्त पर्ने भारतीय नागरिक बिनोद यादवको बीआर०६एक्यु ९०११ र संदिपकुमार कौशलको बीआर०५क्यु ३२४९ […]
८ साउन, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत भएका छन् । लगातार संसद अवरोध गर्दै आएका कांग्रेस र राजपाले नै बुधबार संसदमा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बुधबार २ बजे बस्ने संसद बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल हुने र गृहमन्त्री […]
८ साउन, सुर्खेत । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । […]
८ साउन, काठमाडौं । फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । […]
८ साउन, तम्घास । पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ । ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्याउन नसक्दा बिचल्ली […]
८ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बुधबार बिहान चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र […]
८ साउन, डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८, आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका […]
from समाचार – Online Khabar https://ift.tt/32QNhVV
via IFTTT






















