Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

८ साउन, जनकपुरधाम । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् । गत वैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामांकरण गरिएको थियो । एकीकरण पश्चात बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा […]

बाढी पीडितलाई सांसदको एक दिनको तलब

८ साउन, काठमाडौं । प्रतिनिधिसभाले बाढी तथा पहिरो पीडितहरुको उद्दार, राहत तथा पुनर्स्थापनामा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गर्दै विशेष प्रस्ताव पास गरेको छ । बुधबार सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलपछि सभामुख कृष्णबहादुर महराले विशेष प्रस्ताव पेश गरेका थिए, जसलाई प्रतिनिधिसभाले पास गरेको छ । संसदले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई निर्देश गरेको […]

कर्मचारी आन्दोलनले पर्साका स्थानीय तहमा काम ठप्प

८ साउन, वीरगञ्ज । कर्मचारीहरुको आन्दोलनका कारण पर्साका १३ स्थानीय तहको कामकाज ठप्प भएको छ ।  जनप्रतिनिधिले कर्मचारीमाथि कुटपिट गरेको भन्दै कर्मचारीहरुले सोमबारदेखि नै स्थानीय तहमा काम रोकेका हुन् । सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीलाई आइतबार वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवको समूहले दुव्र्यवहार गरेका थिए । त्यसको […]

मौद्रिक नीतिमा उद्योगी-व्यवसायी असन्तुष्ट

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले निजी क्षेत्रलाई खुशी बनाउन सकेन । मौद्रिक नीतिमा केही व्यवस्था राम्रै भए पनि उद्योगी-व्यवसायीहरुको सरोकार सम्बोधन नभएको उनीहरुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । असार अन्तिम साता आउने भनिएको मौद्रिक नीति करिब २ साता ढिला ढिला गरी आएको हो । […]

मूल्यवृद्धि ६ प्रतिशतमा राखिने, विदेशी विनिमय सञ्चितिको लक्ष्य घटाइयो

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिको लक्ष्य घटाएको छ । आर्थिक वर्ष २०७६/७७ को मौदि्रक नीति सार्वजनिक गर्दैै राष्ट्र बैंकले सञ्चितिको लक्ष्य घटाएको हो । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको आयातलाई आधार मान्दा ८.८ महिनाको वस्तु तथा ७.७ महिनाको वस्तु र सेवा आयात धान्न […]

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको अढाई महिनापछि प्रदेश २ मा पार्टी समायोजन भएका छन् । गत बैशाख २३ गते दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामाकरण गरिएको थियो । बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा गरिएको छ । समायोजन गर्न पार्टीका […]

तेल बोक्ने ट्यांकरमा लागूऔषध : सहचालक समातिए, चालक फरार

८ साउन, विराटनगर । भारतबाट डिजेल बोकेर विराटनगर आएको ट्याङमा लागु औषध फेला परेको छ । भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगर स्थीत नेपाल आयल निगमको प्रादेशिक डिपोमा आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागुऔषध फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नोपार्किङमा रोकी राखेको ट्याङकर भित्र कोडिन […]

निर्मला हत्यामा मानव अधिकार आयोगको निर्देशन- डाक्टर र प्रहरीलाई मुलुकी संहिता लगाऊ

८ साउन, काठमाडौं । फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । […]

भारत निर्यात गरिने कृषिजन्य वस्तुमा पनि नगद अनुदान दिइने

८ साउन, काठमाडौं । सरकारले निर्यात अनुदानसम्बन्धि कार्यविधि संशोधन गरेर भारत निर्यात गरिने कृषि वस्तुमा समेत ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । यस अघि तेस्रो देशमा निर्यात हुने कृषिजन्य उत्पादनमा मात्रै निर्यात दिने व्यवस्था थियो । नयाँ व्यवस्थापछि नेपालबाट भारतमा प्रशोधित बेसार, तरकारी, प्रशोधित चिया तथा कफी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची […]

बालिकालाई बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

८ असार, पोखरा । बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा एक शिक्षक पोखराबाट पक्राउ परेका छन् । ८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने बस्ने राजेश कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिकाको […]

दोलखामा भूकम्पको धक्का महसुस

८ साउन, काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस भएको छ । सिंगटी आसपास भएर बुधबार साँझ ५ः५८ मा ४.२ म्याग्नेच्युटको पराकम्प गएको हो । यो कम्पन् पनि यसअघिको भूकम्पको पराकम्पन मात्रै भएको भूकम्प मापन केन्द्रका सहयाक प्राविधक राजेश शर्माले जानकारी दिए ।

जन्मकैद सुनाइएका प्रतिवादी ३४ वर्षपछि पक्राउ

८ साउन, काठमाडौं । हत्याको घटनामा अदालतबाट जन्मकैदको सजाय सुनाइएका एक प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । २०४२ साल असार ३० गते बाराको तत्कालिन फेटा गाउँ पञ्चायत २ घर भएका अमलदेव यादवको हत्या आरोपमा सजाय सुनाइएका सोही ठाउँका लखिचन साहलाई प्रहरीले मंगलबार बाराको कलैया उपमहानगरपालिका १० निलकण्ठवाबाट पक्राउ गरेको हो । उनलाई सर्वोच्च अदालतले […]

ऋण लिएर घर गाडी किन्न गाह्रो, किस्ता तिर्ने क्षमताअनुसार ऋणको सीमा तोकिने

८ साउन, काठमाडौं । गैर व्यवसायिक कर्जामा कडाई हुने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिमा व्यक्तिगत प्रयोजनमा गैरव्यवसायिक कर्जा लिनेहरुलाई कस्ने गरी नयाँ व्यवस्था गरिएको छ । बैंकलाई आफ्नो आम्दानीको हिसावकिताव देखाएकै भरमा ठूलो रकमको कर्जा लिन नदिने गरी राष्ट्र बैंकले ‘ऋण भुक्तानी आम्दानी अनुपात’ तोक्ने नीति लिइएको छ । व्यक्तिको आम्दानीअनुसार […]

उदयपुरको लिम्चुङबुङ र ताप्ली संकटग्रस्ट, हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइने

८ साउन, विराटनगर । प्रदेश १ सरकारले डेढ साता अघिको बाढी पहिरोले क्षतिग्रस्त बनेको उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने भएको छ । लिम्चुङबुङ र ताप्लीमा खाद्यान्न संकट भएपछि प्रदेश सरकारले तत्कालका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो । पहिरोका कारण ग्रामीण सडक क्षतिग्रस्त भएपछि व्यापारीले समेत […]

चिनियाँ प्राध्यापकद्वारा दासढुंगादेखि गाँजीपुरसम्मको अवलोकन

८ साउन, चितवन । चिनियाँ प्राध्यापक झाङ सुविन र राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मासहितको टोलीले जिल्लाको दासढुंगादेखि गाँजीपुरसम्मको क्षेत्रको अध्ययन अवलोकन गरेको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा मंगलबार उक्त क्षेत्रको अवलोकन गरिएको हो । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन […]

इलाका प्रहरी कार्यालयबाट थुनुवा फरार

८ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट एक जना थुनुवा फरार भएका छन् । चोरीको आरोपमा पक्राउ परेका भारत मोतिहारी जिल्ला लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन् । चोरी मुद्धामा उनलाई प्रहरीले साउन ३ गते पक्राउ गरेको थियो । बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर […]

उपेन्द्रले भने-संसदको साख गिर्‍यो, बाबुरामले भने-संघर्ष गरौं

८ साउन, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले एकै मञ्चबाट स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरीत भएको बताएका छन् । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच भएको एकतापछि प्रदेश २ को नेता/कार्यकर्ता समायोजन गर्न बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुबै अध्यक्षले लोकसेवा आयोगले निकालेको विज्ञापनको चर्चा […]

नदी किनारमा भेटिएका युवकले गरे अपहरणको नाटक

८ साउन, काठमाडौं । कलंकीको नदी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका युवकले अपहरणको नाटक गरेको खुलेको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ घर भई भक्तपुर लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारी कोटश्वरस्थित मनोहरा खोलामा भेटिएका थिए । तर उनको कसैले अपहरण गरेको नभई आफैं नाटक गरेको पाइएको प्रहरीले जनाएको छ । भण्डारी चारदेखि परिवारको सम्पर्कमा थिएनन् […]

कानुन बनाउनुअघि प्रदेश र स्थानीय तहसँग छलफल गर्दै संसदीय समिति

८ साउन, काठमाडौं । प्रदेश र संघबीचको विवाद समाधानका लागि अन्तरप्रदेश परिषदको व्यवस्था संविधानमा छ । तर सरकारले पुनः त्यस्तै प्रकृतिको अर्को परिषद राष्ट्रिय समन्वय परिषदको कल्पना गर्दै संसदमा विधेयक दर्ता गराएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलको क्रममा रहेको संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थापन गर्नेसम्बन्धी विधेयकमा राष्ट्रिय समन्वय परिषदको कल्पना गरिएको […]

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख छ । विशेष पुनर्कजा […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्थानीय तहमा सहयोग समिति

८ साउन, चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चितवनका स्थानीय तहमा सहयोग समिति गठन गर्न थालिएको छ । धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गर्ने रंगशालाका लागि आर्थिक सहयोग जुटाउन जिल्लाका ७ वटै स्थानीय तह र वडावडामा सहयोग समिति गठन गर्ने अभियान थालिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । जिल्लाको […]



from समाचार – Online Khabar https://ift.tt/2Y2Hiih
via IFTTT
Powered by Blogger.