समाचार
९ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली […]
९ साउन, काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले वर्तमान सरकारबाट सामाजिक फासीवादको अभ्यास भरहेको बताएका छन् । मानवअधिकारकर्मीविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्रीको किचन क्याबिनेटबाटै मान्छे र पैसा परिचालन भएको अर्यालको आरोप छ । ‘यो निर्वाचित सामाजिक फासीवाद हो । र, यसको प्राक्टिस हुँदैछ’ मानवअधिकार अभियन्ता अर्यालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘यो सरकार मानव अधिकारकर्मीलाई […]
९ साउन, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । […]
९ साउन, काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिका विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । धेरै उद्योगी व्यवसायीले मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरिरहँदा बैंकिङ क्षेत्र भने खुसी देखिएको छ । बजारमा निकै चर्चा भएको ठूला बैंकहरूको मर्जर (बिग मर्जर)लाई मौद्रिक नीतिले खासै महत्त्व दिएन । यसलाई बाध्यकारी नबनाएर […]
९ साउन, तनहुँ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले […]
९ साउन, काटमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि […]
९ साउन, बारा । नक्कली चालक अनुपतिपत्रको कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिमरा उपमहानगरपालिका–७ का ३१ वर्षीय दीपक अर्याललाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले मंगलबार जितपुर बजारबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले जीतपुर सिमरा उपमहानगरपालिका–७ का एक दर्जन स्थानीयलाई झुक्याएर अर्यालले सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड) […]
९ साउन, रामेछाप । रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको […]
८ साउन, काठमाडौं । ‘मेरो खिलाफमा लेख्छ कि पक्षमा लेख्छ, मतलव छैन, तर विचार र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ’, सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ६ असारमा संसदमा भनेका थिए । सामाजिक सञ्जालमार्फत ‘धम्क्याउने, होच्याउने, जिस्काउनेलाई १५ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद सजायँ हुने’ प्रस्तावित विधेयक […]
९ साउन, काठमाडौं । बलात्कारपछि मारिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी अनुसन्धान कहाँ पुग्यो ? राष्ट्रिय मानव अधिकार आयोगले यसबारे सरकारसँग जवाफ माग्ने भएको छ । आयोगकी सदस्य मोहना अन्सारीले अनलाइनखबरसँगको अन्तरवार्तामा भनिन्– ‘आयोगले दिएको सिफारिसबमोजिम त्यो घटनाको अनुसन्धान के भयो ? सरकारसँग अब यसको प्रगति विवरण मागिन्छ ।’ निर्मला हत्या प्रकरणमात्र नभएर अन्य विषयमा […]
९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको […]
९ साउन, काठमाडौं । अपरिचित विदेशका नम्बरबाट तपाईंका ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल्ड आउने गरेका छन् ? यदि छन् भने यस्ता फोनहरू हत्तपत्त नउठाउनुहोला । यसले तपाईंलाई नोक्सान पुर्याउन सक्नेछ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक […]
९ साउन, काठमाडौं । पूर्वकप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट टिमको छनोटमा प्रश्न उठाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘अब समय आइसक्यो । भारतीय क्रिकेट टिमको छनोटकर्ताले यस्तो खेलाडी छनोट गर्न आवश्यक छ जसले खेलको हरेक फर्म्याटमा खेल्न सकोस् । ताकि भरोसा बनिरहोस् । कुनै यस्ता खेलाडी छन् जो हर फर्म्याटमा खेलिरहेका छन् । […]
९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना […]
९ साउन, दिक्तेल। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्काजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर समिति अध्यक्ष सुरेन्द्रकुमार […]
९ साउन, काठमाडौं । एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको ला लिगाका अध्यक्ष जाभियर टेबसले भनेका छन् । बार्सिलोनाले केही दिनअघि मात्रै २८ वर्षीय ग्रिजम्यानलाई आफ्नो क्लबमा भित्र्याएको थियो । ग्रिजम्यानलाई बार्सिलोनाले १ सय ८ मिलियन पाउन्डको रिलिज […]
९ साउन, काठमाडौं । आयरल्यान्डसँगको टेष्ट क्रिकेट खेलको पहिलो पारी सकिँदासम्म घरेलु टोली इंग्ल्यान्ड १२२ रनले पछि परेको छ । क्रिकेटको ‘मक्का’ भनेर चिनिने लर्ड्समा जारी टेष्ट क्रिकेटको पहिलो पारीमा आयरल्यान्डले इंग्ल्यान्डलाई ८५ रनमै अलआउट गरेको थियो । यो आयरल्यान्डको लागि इतिहासकै ठूलो उपलब्धि हो भने इंग्ल्यान्डको लागि नमिठो पारी । घरेलु टोली इंग्ल्यान्डले टस […]
९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् । सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । निर्माणाधीन दोर्दी ‘ए’ […]
८ साउन, काठमाडौं । फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । […]
काठमाडौं । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् । भण्डारीलाई थप उपचारका […]
८ साउन, काठमाडौं । ठूला बैंकहरुको मर्जर नीतिबाट नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । मर्जमा जान बैंकहरुलाई दबाव दिँदै आएको राष्ट्र बैंकले मौद्रिक नीतिमा भने फोर्स मर्जरको साटो प्रोत्साहनको बाटो रोजेको छ । मौदि्रक नीति आउनुअघि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल आफैंले ठूला बैंकहरु मर्जरमा नगए फोर्स मर्जरको नीति समेत लिइने बताएका थिए […]
from समाचार – Online Khabar https://ift.tt/2Gt5q2C
via IFTTT





















