Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतीय क्रिकेट टिम छनोट विवादित, पूर्वकप्तान गांगुलीले उठाए प्रश्न

९ साउन, काठमाडौं । पूर्वकप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट टिमको छनोटमा प्रश्न उठाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘अब समय आइसक्यो । भारतीय क्रिकेट टिमको छनोटकर्ताले यस्तो खेलाडी छनोट गर्न आवश्यक छ जसले खेलको हरेक फर्म्याटमा खेल्न सकोस् । ताकि भरोसा बनिरहोस् । कुनै यस्ता खेलाडी छन् जो हर फर्म्याटमा खेलिरहेका छन् । […]

अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै धेरै जरिवाना

९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना […]

१० घण्टापछि रिहा भए वडाध्यक्षहरु

९ साउन, दिक्तेल। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्काजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर समिति अध्यक्ष सुरेन्द्रकुमार […]

एथ्लेटिकोले किन गर्‍यो ग्रिजम्यानको दर्ता रोक्न माग ?

९ साउन, काठमाडौं । एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको ला लिगाका अध्यक्ष जाभियर टेबसले भनेका छन् । बार्सिलोनाले केही दिनअघि मात्रै २८ वर्षीय ग्रिजम्यानलाई आफ्नो क्लबमा भित्र्याएको थियो । ग्रिजम्यानलाई बार्सिलोनाले १ सय ८ मिलियन पाउन्डको रिलिज […]

पहिलो पारीमा इंग्ल्यान्ड १२२ रनले पछि

९ साउन, काठमाडौं । आयरल्यान्डसँगको टेष्ट क्रिकेट खेलको पहिलो पारी सकिँदासम्म घरेलु टोली इंग्ल्यान्ड १२२ रनले पछि परेको छ । क्रिकेटको ‘मक्का’ भनेर चिनिने लर्ड्समा जारी टेष्ट क्रिकेटको पहिलो पारीमा आयरल्यान्डले इंग्ल्यान्डलाई ८५ रनमै अलआउट गरेको थियो । यो आयरल्यान्डको लागि इतिहासकै ठूलो उपलब्धि हो भने इंग्ल्यान्डको लागि नमिठो पारी । घरेलु टोली इंग्ल्यान्डले टस […]

दोर्दी बाढी अपडेट : बगेका २ को सनाखत, वेपत्ताको खोजी जारी

९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् । सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । निर्माणाधीन दोर्दी ‘ए’ […]

छापामा आज : विप्लवप्रति दोहोरो नीति, नियन्त्रण पनि वार्ता पनि

९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् । जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । […]

दमकमा ग्याङ फाइट, एकको मृत्यु

काठमाडौं । झापाको दमकमा रहेको दुर्गा मन्दिर छेउमा युवाको समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मृत्यु हुनेमा दमक-२ का १८ वर्षीय विक्रम लिम्बू छन् । घटनामा दमक ३, बेलडाँगीका सरोज भण्डारी र दमक ३ का सुजन भुजी घाइते छन् । भण्डारीलाई थप उपचारका […]

बैंक मर्जर बाध्यकारी होइन सुविधा, कृषि कर्जामा राहत

८ साउन, काठमाडौं । ठूला बैंकहरुको मर्जर नीतिबाट नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । मर्जमा जान बैंकहरुलाई दबाव दिँदै आएको राष्ट्र बैंकले मौद्रिक नीतिमा भने फोर्स मर्जरको साटो प्रोत्साहनको बाटो रोजेको छ । मौदि्रक नीति आउनुअघि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल आफैंले ठूला बैंकहरु मर्जरमा नगए फोर्स मर्जरको नीति समेत लिइने बताएका थिए […]

निर्मला हत्या छानबिन प्रकरणमा डाक्टरकाे लापरवाही !

८ साउन, काठमाडौं । फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । […]

ठूला होटलको बाढी, ४० प्रतिशत कोठा खाली

८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० […]

बाढीबारे विशेष प्रस्ताव पास गर्दा संसद रित्तो !

८ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, डुवान तथा पहिरोले पुर्‍याएको क्षति, उद्दार तथा राहतबारे बुधबार प्रतिनिधिसभामा ५ घन्टा बढी छलफल भयो । सर्लाही घटनालाई लिएर संसद अवरुद्ध पार्दै आएका कांग्रेस र राजपाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरे, त्यसमाथि मात्र छलफल गर्ने गरी बुधबार संसद सुचारु भयो । सत्तारुढ, प्रतिपक्षी सबै सांसदले आफ्नो धारणा […]

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

८ साउन, जनकपुरधाम । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् । गत वैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामांकरण गरिएको थियो । एकीकरण पश्चात बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा […]

विपदमा संसदको एक स्वर : सरकारले पूर्वतयारी गरेन

८ साउन, काठमाडौं । बाढी, पहिरो र डुवानका कारण ठूलो जनधनको क्षति भएको झण्डै दुई हप्तापछि जननिर्वाचित प्रतिनिधिहरुको थलो संसदमा बुधबार छलफल भएको छ । यसअघि दलीय विवादका कारण बाढी, पहिरो, डुवानका विषयमा छलफल गर्न नसकेको संसदले बुधबार भने नागरिकको पीडामा दलहरु एक ठाउँमा भएको सन्देश दिएको हो । बाढी, पहिरो, डुवानका कारण भएको धनजनको […]

बाढी पीडितलाई सांसदको एक दिनको तलब

८ साउन, काठमाडौं । प्रतिनिधिसभाले बाढी तथा पहिरो पीडितहरुको उद्दार, राहत तथा पुनर्स्थापनामा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गर्दै विशेष प्रस्ताव पास गरेको छ । बुधबार सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलपछि सभामुख कृष्णबहादुर महराले विशेष प्रस्ताव पेश गरेका थिए, जसलाई प्रतिनिधिसभाले पास गरेको छ । संसदले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई निर्देश गरेको […]

कर्मचारी आन्दोलनले पर्साका स्थानीय तहमा काम ठप्प

८ साउन, वीरगञ्ज । कर्मचारीहरुको आन्दोलनका कारण पर्साका १३ स्थानीय तहको कामकाज ठप्प भएको छ ।  जनप्रतिनिधिले कर्मचारीमाथि कुटपिट गरेको भन्दै कर्मचारीहरुले सोमबारदेखि नै स्थानीय तहमा काम रोकेका हुन् । सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीलाई आइतबार वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवको समूहले दुव्र्यवहार गरेका थिए । त्यसको […]

समाजवादीको प्रदेश २ समिति : फोरमलाई ५१, नयाँ शक्तिलाई १९

८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको अढाई महिनापछि प्रदेश २ मा पार्टी समायोजन भएका छन् । गत बैशाख २३ गते दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामाकरण गरिएको थियो । बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा गरिएको छ । समायोजन गर्न पार्टीका […]

तेल बोक्ने ट्यांकरमा लागूऔषध : सहचालक समातिए, चालक फरार

८ साउन, विराटनगर । भारतबाट डिजेल बोकेर विराटनगर आएको ट्याङमा लागु औषध फेला परेको छ । भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगर स्थीत नेपाल आयल निगमको प्रादेशिक डिपोमा आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागुऔषध फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नोपार्किङमा रोकी राखेको ट्याङकर भित्र कोडिन […]

बालिकालाई बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

८ असार, पोखरा । बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा एक शिक्षक पोखराबाट पक्राउ परेका छन् । ८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा विराटनगर घर भई हाल उदयपुर चौदन्दी ७ बस्ने बस्ने राजेश कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिकाको […]

दोर्दी खोलामा एक्कासी बाढी आउँदा ४ को मृत्यु, ७ जना पेवत्ता

८ साउन, काठमाडौं । लमजुङको दोर्दी खोलामा अचानक बाढी आउँदा चार जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको हो । ७ जना हराइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए । मृत्यु हुने र बेपत्ता हुनेमा लिबर्टी जलविद्युत […]

दोलखामा भूकम्पको धक्का महसुस

८ साउन, काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस भएको छ । सिंगटी आसपास भएर बुधबार साँझ ५ः५८ मा ४.२ म्याग्नेच्युटको पराकम्प गएको हो । यो कम्पन् पनि यसअघिको भूकम्पको पराकम्पन मात्रै भएको भूकम्प मापन केन्द्रका सहयाक प्राविधक राजेश शर्माले जानकारी दिए ।



from समाचार – Online Khabar https://ift.tt/2K6WzF0
via IFTTT
Powered by Blogger.