Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ […]

महोत्तरीका संक्रमित मृतकको कन्ट्याक ट्रेसिङ भोलिदेखि

७ साउन, जनकपुरधाम । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका कोरोना संक्रमित प्रादेशिक अस्पताल जनकपुरधाम हुँदै धरान पुगेको पाइएको छ । महोत्तरीको महोत्तरी गाउँपालिकाका ६० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार शवलाई ल्याएर बुधबार बिहान नियम अनुसार अन्तिम संस्कार गरिएको छ । मृतक सेवानिवृत्त सरकारी इन्जिनियर […]

त्रिभुवन विमानस्थलले दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने

७ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए । उनले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले […]

सर्लाहीमा बाढीले बगाउँदा दुईजनाको मृत्यु

७ साउन, जनकपुरधाम । सर्लाहीमा दुई छुट्टाछुट्टै स्थानमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर […]

बाढी पहिरोबाट घर गुमाउनेलाई पनि भूकम्पपीडितलाई जत्तिकै सुविधा

७ साउन, काठमाडौं । सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता कारणबाट घरवारविहीन भएका परिवारलाई घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ । मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ । उक्त मापदण्ड […]

होटेल-रेष्टुरेन्टमा स्वास्थ्य प्रोटोकलको अनुगमन गर्न संयन्त्र बन्ने 

७ साउन, काठमाडौं । सरकारले १५ साउनबाट होटेल तथा रेष्टुरेन्ट सञ्चालनको घोषणा गरेको छ । सञ्चालनका लागि भने उनीहरुले नेपाल पर्यटन बोर्डले बनाएको सेवा संचालन सम्बन्धी प्रोटोकल भने पालना गर्नुपर्छ । बोर्डले गत असार पहिलो साता प्रोटोकल बनाएर सबै सरोकारवालालाई पठाएको छ । त्यसको पालना कसरी गर्ने भन्ने सम्बन्धमा असारमै तलिम तथा अभिमुखीकरण कार्यक्रम समेत […]

दोलखामा झोलुङ्गे पुलबाट हामफाले एक वृद्ध

७ साउन, काठमाडौं । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा  जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् । झोलुङ्गेपुलबाट हामफालेको सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले […]

५० अर्बको आर्थिक पुनरुत्थान कोष : आकाशको फल हुने आशंका

७ साउन, काठमाडौैं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित घरेलु, साना तथा मझौला उद्यम र पर्यटन व्यवसाय लक्षित आर्थिक पुनरुत्थान कोष बनाउने घोषणा गर्‍यो । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यले यसलाई सम्बोधन गरेको छ । घोषणाअनुसार यी व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब […]

बुधबार विदेशबाट ५७० जना नेपाल फर्किए, आन्तरिकतर्फ बढ्यो चाप

७ साउन, काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ । हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ । बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई […]

डोटीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु : २२० नमुना संकलन

७ साउन, डोटी । डोटी जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको/नफैलिएको जानकारी लिन स्वाब संकलन सुरु भएको छ । स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले दिएको जानकारी अनुसार जिल्लाका नौवटै स्थानीय तहहरुबाट प्रतिनिधिमूलक तरिकाले समुदायस्तरमा स्वाब संकलनको कार्य सुरु भएको छ । ‘प्रत्येक पालिकालाई चार क्लस्टरमा विभाजन गरेका छौं,’ मलासीले भने, ‘भारतबाट आएकाहरुको संख्या बढी भएको क्षेत्र […]

राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा

७ साउन, सप्तरी । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय […]

सौरपानीको वडा कार्यालयमा गाउँलेले लगाए ताला

७ साउन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सौरपानी स्वास्थ्यचौकी स्तरोन्नतीका लागि विनियोजन भएको रकम अन्यत्र खर्च गर्न लागेको भन्दै उनीहरुले विरोधमा तालाबन्दी गरेका हुन् । जिल्लाका तीन प्राथमिक स्वास्थ्य केन्द्रसहित सौरपानी स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न संघीय सरकारले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको […]

चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ

७ साउन, काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर चन्द्रदेव भट्ट बुधबार घुससहित पक्राउ परेका छन् । घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ बाट भट्टलाई २० हजार घुससहित नियन्त्रणमा लिएको हो । भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच […]

प्रहरी कर्मचारीमा काेराेना देखिएपछि जिप्रका स्याङ्जामा प्रवेश निषेध

७ साउन, काठमाडौं । स्याङ्जामा तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ । डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सर्वसाधरण तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो । डीएसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘तीनजना प्रहरी कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको छ । उनीहरुमा सामान्य रूघाखोकी […]

दैलेखमा समुदायस्तरमा परीक्षण : क्वारेन्टिन आसपासका स्थानीयमा भेटियो संक्रमण

७ साउन, सुर्खेत । दैलेखमा कोरोना भाइरस (कोभिड-१९)को समुदायस्तरमा परीक्षण सुरु भएको छ । र, प्रारम्भिक रिपोर्टमा स्थानीय संक्रमणका केसहरु भेटिएका छन् । ट्राभल हिस्ट्री नभएहरुको स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलो पटक समुदायस्तरमै परीक्षण सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । ‘ […]

उपत्यका आउन अझै पास चाहिने

६ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘साउन मसान्तसम्म […]

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

७ साउन, काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि […]

मन्त्री र सचिवका बीचमा कार्य सम्पादन सम्झौता

७ साउन, हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा बुधबार कार्यसम्पादन सम्झौता गरिएको छ । मन्त्री अरुणप्रसाद नेपाल र सचिव शिवकुमार वाग्लेका बीचमा कार्यसम्पादन सम्झौता भएको हो । एक वर्षको अवधिमा गर्ने कामका विषयमा सम्झौतामा मन्त्री र सचिवले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री […]

लम्कीचुहा नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

७ साउन, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको कागजात अख्तियारले नियन्त्रणमा लिएको छ । नगरपालिकाले पुरानो मिति हालेर चेक काटिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले छापा मारेर कागजात जफत गरेको हो । आवश्यक कागजात नियन्त्रणमा लिएसँगै छानबिनको प्रक्रिया सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिष जोशीले जानकारी […]

विराटनगरका कोरोना संक्रमित सम्पर्कविहीन

७ साउन, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका पुरुष सम्पर्कविहीन भएका छन् । बुधबार संक्रमण पुष्टि भएका विराटनगरका ५० वर्षीय पुरुष सम्पर्कबिहीन भएका हुन् । उनको मंगलबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो । कोशी अस्पताल, विराटनगरले बुधबार दिउँसो १ बजेमात्र विराटनगर महानगरपालिकालाई ती पुरुषमा सं‌क्रमण भएको […]

पूर्वका ५ जिल्लाका गाईवस्तुमा गम्भीर रोगको संक्रमण

७ साउन, काठमाडौं । प्रदेश १ र २ का पाँच जिल्लाका गाईगोरुमा अनौठो रोगको संक्रमण देखिएको छ । सुरुमा शरीरमा खटिरा देखिने, भोलिपल्टसम्म शरीरभरी खटिराले ढाकिने, उच्च ज्वरो आउने र केही दिनमा मृत्यु हुने देखिएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा गाईगोरुमा यस्तो अनौठो रोग देखिएको प्रयोगशाला प्रमुख […]



from समाचार – Online Khabar https://ift.tt/39kRXam
via IFTTT
Powered by Blogger.