Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डोटीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु : २२० नमुना संकलन

७ साउन, डोटी । डोटी जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको/नफैलिएको जानकारी लिन स्वाब संकलन सुरु भएको छ । स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले दिएको जानकारी अनुसार जिल्लाका नौवटै स्थानीय तहहरुबाट प्रतिनिधिमूलक तरिकाले समुदायस्तरमा स्वाब संकलनको कार्य सुरु भएको छ । ‘प्रत्येक पालिकालाई चार क्लस्टरमा विभाजन गरेका छौं,’ मलासीले भने, ‘भारतबाट आएकाहरुको संख्या बढी भएको क्षेत्र […]

राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा

७ साउन, सप्तरी । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय […]

सौरपानीको वडा कार्यालयमा गाउँलेले लगाए ताला

७ साउन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सौरपानी स्वास्थ्यचौकी स्तरोन्नतीका लागि विनियोजन भएको रकम अन्यत्र खर्च गर्न लागेको भन्दै उनीहरुले विरोधमा तालाबन्दी गरेका हुन् । जिल्लाका तीन प्राथमिक स्वास्थ्य केन्द्रसहित सौरपानी स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न संघीय सरकारले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको […]

चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ

७ साउन, काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर चन्द्रदेव भट्ट बुधबार घुससहित पक्राउ परेका छन् । घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ बाट भट्टलाई २० हजार घुससहित नियन्त्रणमा लिएको हो । भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच […]

प्रहरी कर्मचारीमा काेराेना देखिएपछि जिप्रका स्याङ्जामा प्रवेश निषेध

७ साउन, काठमाडौं । स्याङ्जामा तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ । डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सर्वसाधरण तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो । डीएसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘तीनजना प्रहरी कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको छ । उनीहरुमा सामान्य रूघाखोकी […]

दैलेखमा समुदायस्तरमा परीक्षण : क्वारेन्टिन आसपासका स्थानीयमा भेटियो संक्रमण

७ साउन, सुर्खेत । दैलेखमा कोरोना भाइरस (कोभिड-१९)को समुदायस्तरमा परीक्षण सुरु भएको छ । र, प्रारम्भिक रिपोर्टमा स्थानीय संक्रमणका केसहरु भेटिएका छन् । ट्राभल हिस्ट्री नभएहरुको स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलो पटक समुदायस्तरमै परीक्षण सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । ‘ […]

उपत्यका आउन अझै पास चाहिने

६ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘साउन मसान्तसम्म […]

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

७ साउन, काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि […]

मन्त्री र सचिवका बीचमा कार्य सम्पादन सम्झौता

७ साउन, हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा बुधबार कार्यसम्पादन सम्झौता गरिएको छ । मन्त्री अरुणप्रसाद नेपाल र सचिव शिवकुमार वाग्लेका बीचमा कार्यसम्पादन सम्झौता भएको हो । एक वर्षको अवधिमा गर्ने कामका विषयमा सम्झौतामा मन्त्री र सचिवले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री […]

लम्कीचुहा नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

७ साउन, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको कागजात अख्तियारले नियन्त्रणमा लिएको छ । नगरपालिकाले पुरानो मिति हालेर चेक काटिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले छापा मारेर कागजात जफत गरेको हो । आवश्यक कागजात नियन्त्रणमा लिएसँगै छानबिनको प्रक्रिया सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिष जोशीले जानकारी […]

विराटनगरका कोरोना संक्रमित सम्पर्कविहीन

७ साउन, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका पुरुष सम्पर्कविहीन भएका छन् । बुधबार संक्रमण पुष्टि भएका विराटनगरका ५० वर्षीय पुरुष सम्पर्कबिहीन भएका हुन् । उनको मंगलबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो । कोशी अस्पताल, विराटनगरले बुधबार दिउँसो १ बजेमात्र विराटनगर महानगरपालिकालाई ती पुरुषमा सं‌क्रमण भएको […]

पूर्वका ५ जिल्लाका गाईवस्तुमा गम्भीर रोगको संक्रमण

७ साउन, काठमाडौं । प्रदेश १ र २ का पाँच जिल्लाका गाईगोरुमा अनौठो रोगको संक्रमण देखिएको छ । सुरुमा शरीरमा खटिरा देखिने, भोलिपल्टसम्म शरीरभरी खटिराले ढाकिने, उच्च ज्वरो आउने र केही दिनमा मृत्यु हुने देखिएको पशुरोग अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा गाईगोरुमा यस्तो अनौठो रोग देखिएको प्रयोगशाला प्रमुख […]

कपिलवस्तुमा वडाध्यक्षहरुले मागे कोरोना जोखिम भत्ता

७ साउन, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडाध्यक्षहरुले कर्मचारीले जस्तै आफूहरुले पनि कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गरेका छन् । जिल्लाको सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको गाउँपालिकाका वडाध्यक्षले पनि भत्ता पाउनु पर्ने माग गरेपछि विवाद हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरुले आर्थिक वर्ष सकिँदासमेत कोरोना जोखिम भत्ता पाउन सकेका छैनन् । गाउँ कार्यपालिकाको बैठकमा कर्मचारीहरुले नियमअनुसार जोखिम […]

चितवनमा भेटिए बाढीले बगाएका ५ शव

७ साउन, चितवन । बाढीले बगाएर ल्याएका पाँच जनाको शव बुधबार चितवनमा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणी नदी र पूर्वी चितवनको बुढी राप्ती नदीको बाढीले बगाएर ल्याएका पाँच जनाको शव भेटिएको हो । प्रहरीका अनुसार नारायणी नदी किनारमा चार जना र बुढी राप्ती खोलामा एक जनाको शव भेटिएको हो […]

टेक्सासको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाको निर्देशन

अमेरिकाले चीनलाई टेक्सासको होउस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिका र चीनको सम्बन्ध चिसिँदै गएको अवस्थामा अमेरिकाले टेक्सासको महावाणिज्य दूतावास शुक्रबारदेखि बन्द गर्न निर्देशन दिएको हो । अमेरिकाको विदेशमन्त्रालयले यो निर्णय अमेरिकी बौद्धिक सम्पत्ति संरक्षणको लागि लिइएको बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा बौद्धिक सम्पत्ति र अमेरिकाको […]

मानसिक स्वास्थ्यलाई विद्यालयको पाठ्यक्रममा राख्न निर्देशन

७ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । ‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको बुधबारको निर्णयमा भनिएको छ । समिति बैठकमासांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । […]

प्रदेश १ प्रहरी कार्यालयका एक कर्मचारीमा कोरोना पु्ष्टि

७ साउन, काठमाडौं । प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा  कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना सं‌क्रमण देखिएको छ । ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए । उनलाई कोशी अस्पतालको आइसोलेसनमा  लगिएको छ । डीआईजी कार्कीका अनुसार उनको संक्रमणको स्रोत […]

यस वर्ष अमरनाथ यात्रा नहुने

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यस वर्ष अमरनाथ यात्रा नहुने भएको छ । भारत प्रशासित कश्मीरले हिमालय क्षेत्रको गुफाको तीर्थयात्रा रद्द गर्ने निर्णय गरेको हो । अधिकारीहरुले कोरोना भाइरसको कारण यो यात्रा रद्द गर्नुपरेको बताएका छन् । उनीहरुले स्वास्थ्य जोखिम निकै ठूलो रहेको बताएका छन् । दुई महिनासम्म चल्ने अमरनाथ […]

कोरोनाको जोखिम टरेको छैन, स्वास्थ्य नियम पालना गर्नुहोला : राष्ट्रपति

७ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आवश्यक नियमहरू पालना गर्न आग्रह गरेकी छन् । भण्डारीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको उल्लेख गरेकी हुन् । ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको […]

कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । मुटुको बिरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसीयूमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको  स्वास्थ्य तथा जनसंख्या […]

वैशाखदेखिको तलब सरकारले व्यहोर्नुपर्ने बोर्डिङका शिक्षकको माग

७ साउन, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थथामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार विज्ञप्तिमार्फत यस्तो माग राखेको हो । युनियनका अध्यक्ष होमकुमार थापा भन्छन्, ‘अन्य विकल्प नहुञ्जेलसम्म वैशाखदेखिको तलब सरकारद्वारा नै व्‍यहोरियोस् वा सञ्चालकहरूलाई […]



from समाचार – Online Khabar https://ift.tt/2ZQE5RX
via IFTTT
Powered by Blogger.