समाचार
९ माघ, सुर्खेत । जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका–३, का ९० वर्षीया पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार खोकी र श्वास फेर्नमा कठिनाइ […]
९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५४५ नमुना परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ३४८ […]
९ माघ, काठमाडौं । विभाजित नेकपाका दुवै समूह सडकमा आउँदा त्यसको प्रभाव सरकारी कर्मचारीहरुमा पनि पर्न थालेको छ । शुक्रबार राजधानीमा आयोजित आमसभामा बोल्दै एउटा समूहका अध्यक्ष प्रचण्डले सरकारी कर्मचारीलाई ओली पक्षले धम्क्याइरहेको बताए । केपी ओलीको धम्कीबाट नडराउन र आन्दोलनलाई सहयोग गर्न प्रचण्डले कर्मचारीहरुलाई आग्रह गरे । अब चाँडै जनताको सरकार बन्ने भएकाले ओलीको […]
९ माघ, काठमाडौं । राजधानीमा आयोजित नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनमा अध्यक्ष प्रचण्डले केपी ओलीमाथि कटाक्ष गर्दै भने– फट्याइँ गर्न पनि कति सकेको क्या ! जालझेल गर्न पनि कस्तो दिमाग हो !’ विशेष गरी जनयुद्धका योद्धाहरुलाई प्रचण्डले बेवास्ता गरेको केपी ओलीले आरोप लगाउँदै आएका थिए, यसैको जवाफमा प्रचण्डले ओलीलाई ‘फटाहा’ को संज्ञा दिएका हुन् । […]
९ माघ, काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्री मद्यमा कुमारी अर्यालले आग्रह गरेकी छिन् । शुक्रबार मन्त्रालयमा नवनिर्वाचित नेतृत्वलाई शुभकामना तथा बधाइ दिंदै उनले पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान सम्बन्धी कार्यक्रम बनाउन सुझाब दिइन् । पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय […]
९ पुस, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहले बहिस्कार गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने बताएका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई सही ठहर्याउने काम भयो शान्ति प्रक्रिया डिरेल हुने चिन्ता व्यक्त गरे । आफूले त यसरी नै जनतासँग अपील गरेर […]
९ माघ, काठमाडौं । अतिविपन्न चमार समुदायका छात्र रामजी राम अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस चौथो वर्षको परीक्षा दिँदैछन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् रामजी । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र […]
९ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड–माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गरेका हुन् । तीन वर्षको अवधिमा […]
९ माघ, काठमाडौं । । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’ आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’ नेता खनालले केपी शर्मा ओलीले घुँडा […]
९ माघ, रामपुर । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाए । कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको उनले बताए । सर्वोच्च अदालतमा दिएको […]
९ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा पर्ने भोडाहा–खमवा सडक नबन्दा सर्वसाधरण मर्कामा परेका छन् । ७ किलोमिटर सडक ठेक्का लागेको पाँच वर्ष बितिसक्दा समेत नबनेको स्थानीय बताउँछन् । ०७३/७४ सालमा टेन्डर भएको सडक नबन्दा सर्वसाधरणलाई आवागमनमा समस्या रहेको सवरदिनाका गणेश यादव बताउँछन् । ‘सवरदिनाका बालबालिका भोडाहा पिलुवा, मनहर्वा पढ्न जान्छन् । स्कुल बस गाउँसम्म […]
९ माघ, काठमाडौं । डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् । बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् । वाइडनले सपथ ग्रहण गरेलगत्तै विहीबार राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी वाइडनको प्रमुख […]
९ माघ, काठमाडौं । तीन महिनायता खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरिएको छ । केही ब्राण्डका खाने तेलको भाउ लिटरमै ४० रुपैयाँसम्म बढेको छ । दैनिक उपभोग्य वस्तुमा भएको अचाक्लि मूल्यवृद्धिबारे चौतर्फी दबाबपछि वाणिज्य विभागले यसैसाता दुईवटा कम्पनीलाई कर्मकाण्डी कारबाही गर्यो । उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेर भटमास, सनफ्लावर र तोरीको तेल […]
९ माघ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६:५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर […]
९ माघ, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका कोर्ने काम […]
९ माघ, काठमाडौं । एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएकाले निक्षेपको ब्याजदर अत्यन्तै कम देखिएको छ । बैंकहरुले ब्इाजदर कम दिएर निक्षेपकर्ताहरु समस्यामा परिरहेका बेला एनएमबिले भने निक्षेपकर्ताको हित हुने गरी आकर्षक ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण बचतमा ५.१ प्रतिशत ब्याजदर दिने […]
९माघ, काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तो बनेको छ । बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रब्ाार ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि तजावी सुनको भाउ ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी […]
९ माघ, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउँदैछ । यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भइरहेको थियो । मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका […]
from समाचार – Online Khabar https://ift.tt/3o9IeJA
via IFTTT