Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन, यस्तो थियो नेपाल नाता

१ कात्तिक, काठमाडौं । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणबाट निधन भएको छ । ८४ वर्षको उमेरमा पावेलको निधन भएको उनको परिवारले वक्तव्यमार्फत् जानकारी दिएको हो । रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा अमेरिकी विदेशमन्त्री बनेका थिए । अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने उनी पहिलो व्यक्ति थिए […]

हातमा किताब समाएपछिका माडीका बालबालिकाको कथा

थारु बस्ती, माडी चितवन । सन् २०१३ ।समथर भूमिमा लहराउँदो धानका बालाहरू । बिहानको सिमसिम पानी । कालोपत्रे सडककै छेउबाट भित्र जाने गल्ली जहाँ राँगा–भैंसीले टाँगा तानिरहेका थिए । बाटोको दायाँ र बायाँ झुपडी जस्ता देखिने घरहरू थिए । कुखुराका चल्लाहरू चारो खोज्दै थिए । स्कूले बच्चाहरू सर्टको बटन लगाउँदै थिए, कोही बाटोमा हिंडिरहेका । […]

नेपालबाट बिहारलाई पैंचोको बिजुली

१ कार्तिक, काठमाडौं । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको बिहार प्रान्तले पैंँचोमा लिन थालेको छ । बिहारले हिउँदमा फिर्ता गर्ने गरी आफूलाई आवश्यक परेका बेला विभिन्न प्रसरणलाइनमार्फत बिजुली लैजान थालेको हो । तर, यो व्यवस्थापछि पनि बढी भएर खेर गइरहेको सबैै बिजुली भारतीय बजारमा पुग्ने अवस्था बनेको छैन । कटैया, रक्सौल र रामनगरबाट […]

साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

१ कात्तिक, काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा […]

‘हामी शिक्षकहरू सिकाउँदैनौं, सुनाउँछौं’

हाम्रो पठन संस्कृति सुनाउने प्रकृतिको छ । पढाउनु भनेकै पाठ्यक्रमको कुरा विद्यार्थीलाई सुनाउनु हो भन्ने बुझाइ छ । दरबार हाइस्कूल स्थापनापछि सुनाउने शिक्षा प्रणाली विकास भयो । यसैलाई आधुनिक शिक्षा भनियो । त्यही पठन संस्कृतिले निरन्तरता पाउँदै आएको छ । कोभिड महामारीपछि पनि त्यही प्रणाली कायम छ । विद्यार्थीलाई पाठ्यक्रमको कुरा सुनाएर शैक्षिक सत्र सक्ने […]

विमानस्थलको छड्के अनुगमनमा पुगे पर्यटनमन्त्री आले

१ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका कमी–कमजोरीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा पुगेका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने बताए । अनुगमनका क्रममा विमानस्थलमा टयाक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरुलाई चिया, कफिमा समेत शुल्क महङ्गो लिने […]

एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक

१ कार्तिक, काठमाडौं। मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापालाई मातृशोक परेको छ । केही समयदेखि विभिन्न रोगबाट अस्वस्थ थापाकी आमा नरेन्द्रकुमारी बस्न्यातको आइतबार असोज ३१ गते उपचारका क्रममा अस्पतालमा निधन भएको र आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको […]

‘पढ्दै कमाउँदै’ कार्यन्वयनका लागि कार्यविधि मस्यौदा तयार

१ कार्तिक, काठमाडौं । सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ । यो वर्ष पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रुपमा केही प्राविधिक धारका विद्यालयहरुमा लागू […]

चोरीको मोटरसाइकलसहित बीरगञ्‍जबाट दुईजना पक्राउ

१ कार्तिक, पर्सा । प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष हवारी रहेका छन् । वीरगञ्ज महानगरपालिका-१५ का रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएकोमा सूचनाको आधारमा अनुन्धानको क्रममा प्रहरी टोलीले उनीहरुलाई बीरगञ्‍ज बसपार्कबाट पक्राउ […]

नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

१ कार्तिक, चितवन। चितवनको नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् । पानीको बहाव हिजोबाट […]

उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु

१ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्ला धिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरुलाई पुरिएको समाचारमा जनाइएको छ । घटनामा घाइते दुईजनालाई […]

सबैभन्दा बढी वर्षा डडेलधुरामा

१ कात्तिक, काठमाडौं । २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा डडेलधुरामा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर रेकर्ड भएका १९६ केन्द्रहरुमध्ये सबैभन्दा धेरै डडेलधुरामा वर्षा मापन भएको हो । २४ घण्टाको अवधिमा डडेलधुराको जोगबुढा केन्द्रमा सबैभन्दा धेरै १६८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै गाइबन्डे केन्द्रमा १४७ दशमलव ६ […]

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

१ कार्तिक, काठमाडौं। काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो […]

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

१ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ ती मन्त्रीले भने । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव […]

नचाहँदा नचाहँदै सरकारमा गएका हौं : गृहमन्त्री खाँण

१ कात्तिक, बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले नचाहँदा नचाहँदै कांग्रेसले सरकारमा गएको दाबी गरेका छन् । बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास दिन कांग्रेस सरकारमा आएको उनले बताए । गृहमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका खाँणले देशलाई निकास दिन वाध्यतावश कांग्रेसले दलहरुसँग गठवन्धन गरेर […]

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण ब्रिटेन

१ कात्तिक, काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड  लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ […]

सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

१ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए । विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका […]

भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

१ कात्तिक, काठमाडौं । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

कैलालीमा नदीमा बगेर एकजना बेपत्ता

१ कात्तिक, धनगढी । कैलालीमा नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् । सोमबार दिउँसो खुटिया नदीको छेउमा ढुङ्गागिटी लोड गरिरहेको अवस्थामा एक्कासी आएको बाढीले गोदावरी नगरपालिका-८ का ३० वर्षीय गणेश आउजी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक समेत रहेका उनको खोजी कार्य भइरहेको छ । उनको खोजीका लागि गोताखोर सहितको टोली खटाइएको […]

५९१ जनामा कोरोना संक्रमण पुष्टि

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् […]

गुल्मीको डहरे खोलाले जीप बगायो

१ कात्तिक, गुल्मी । गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको छ । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा […]



from समाचार – Online Khabar https://ift.tt/2Z4eF5K
via IFTTT
Powered by Blogger.