Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

यात्रुलाई सुरक्षित बनाऊ

दशैंको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । दशैंको घटस्थापनापछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ भने एक हजार दुर्घटना भएका छन् । सडक सुरक्षाको सवालमा नेपालको अवस्था सडक र यातायातलाई विकासको पूर्वाधार मानिन्छ। हामी पूर्वाधारको अभावमा छट्पटाइरहेका छौं । अझ भएका पूर्वाधारहरू समेत व्यवस्थित गर्न सकिएको छैन […]

यसकारण जरूरी छ कृषि क्षेत्रको व्यवसायीकरण

‘कृषि मुलश्च: जीवनम्’ अर्थात् जीवनको मूल आधार नै कृषि हो । यसमा कुनै शंका छैन । आदि मानवहरूले अनाजलाई काँचै खान्थे । पछि प्राकृतिक प्रकोप हुँदा आगोको उत्पत्ति भयो । आगोमा पोलेको अन्न खाँदा स्वादिष्ट भयो । यसैले गर्दा अन्न पोलेर, उसिनेर वा पकाएर खाने चलनको विकास भयो । हरेक मानवको लागि चाहिने आवश्यक खाना कृषिबाटै […]

सुडानी सेनाले किन ‘कु’ गर्‍यो ?

१० कात्तिक, काठमाडौं । अफ्रिकी मुलुक सुडानमा सत्तापलट भएको छ । सोमबार भएको ‘कु’पछि प्रधानमन्त्री अब्दल्लाह हामदोकले नेतृत्व गरेको अन्तरिम सरकार विघटन गरिएको छ । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सैनिक ‘कु’ लगत्तै सडकमा पुन: विरोध प्रदर्शन सुरु  हुन थालेको छ । रोइटर्सका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच […]

पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं । पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को  मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ […]

प्रधानन्यायाधीश जबरामाथि न्यायाधीशहरुको पाँच आरोप

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेटे । र, राजीनामा दिएर समाधानको बाटो खोज्न सुझाव दिएका छन् । सोझै राजीनामा भन्ने शब्द प्रयोग नगरेका उनीहरुले ‘न्यायपालिकाको गरिमा र मर्यादा कायम राख्नका लागि निकास दिन’ भन्ने शब्दावली प्रयोग गरेका छन् । नेतृत्वकै राजीनामा मागेका उनीहरुले त्यसको आधार र औचित्य […]

कमजोर चोलेन्द्रशम्शेर कसरी भए दलहरुमाथि हाबी ?

९ कात्तिक, काठमाडौं । राजीनामा दिन चौतर्फी दबाव दिनेहरुलाई प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले मंगलबार जवाफ फर्काएका छन्, ‘प्रधानन्यायाधीश नियुक्त गर्ने र हटाउने संवैधानिक प्रक्रिया छ । त्यो प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन । तर सडकबाट दबाव दिएर हट्नुपर्छ भन्न जानु अराजकता हो, गैरसंवैधानिक हो । यो मलाई पटक्कै स्वीकार्य छैन ।’ करिव तीन वर्षअघि ठीक […]

प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारको निर्णय

९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । र राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘…वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ […]

सर्वोच्चमा अनुपस्थित ३ न्यायाधीशको सन्देश : हामी तपाईंहरुको साथमा छौं

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा अनुपस्थित रहेका तीन न्यायाधीशहरुले अरु न्यायाधीशहरुले सुरुवात गरेको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अमेरिका भ्रमणमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अनि खप्तड भ्रमणमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले इमेलमार्फत न्यायाधीशहरुको अभियानमा ऐक्यवद्धता जनाएका हुन् । ‘ईश्वर श्रीमानले हामी सबैजनालाई इमेल लेखेर तपाईंहरुले शुरु गरेको शुद्धीकरण अभियानमा भौतिक […]

वर्षौंपछि कृष्णपाटी भयो खुला, हटे अतिक्रमित पसलहरू

९ कात्तिक, काठमाडौं । सँधै लुगा किन्ने ग्राहकको भिड हुने मंगलबजार हौगलको ‘कृष्ण पाटी’ मंगलबारबाट खाली छ । करिब डेढ वर्ष वर्ष पुरानो ऐतिहासिक यो फल्चा वर्षौंदेखि दुई जना व्यापारीको कब्जामा थियो । तर, मंगलबारबार ललितपुर नगरपरहरीले हस्तक्षेप गरेर पाटीको पसलहरू हटाएको छ । सँधै रेडिमेड लुगाले ढाकिने पाटी मंगलबजारबाट आफ्नो वास्तविक स्वरुपमा देखिन थालेको […]

प्रश्न प्रधानन्यायाधीशमाथि, मुछ्न खोजिदैछ अरु न्यायाधीश

न्यायपालिकाको नेतृत्व गर्न नसकेको र न्यायिक गरिमा कायम गर्न नसकेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि राजीनामाको माग आएपछि विवाद उठेका सबै न्यायाधीशले ‘राजीनामा दिनुपर्ने’ भनेर विषयाान्तर गर्न खोजिएको छ । ९ कात्तिक, काठमाडौं । न्यायपालिकाको नेतृत्वमा बसेर आधारभूत मूल्यमान्यताको समेत पालना गर्न नसकेको निष्कर्षसहित सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर ‘न्यायपालिकाको […]

शिक्षण छाडेर कृषिमा लागेका उमेशलाई पहिलो गाँसमै ढुंगा !

९ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका-१० का उमेशप्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा आवद्ध थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङको लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । उनी २०५७ सालदेखि अस्थायी दरबन्दीमा गणित विषय पढाइरहेका थिए । २०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी […]

छठी माताको महिमा झल्कने सिक्का ल्याउन कांग्रेस पर्साको माग

९ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले छठी माताको महिमा झल्कने सिक्का ल्याउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै कांग्रेस पर्साले यस्तो माग गरेको हो । कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मंगलबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र पठाएको सचिव श्याम पटेलले जानकारी दिए […]

तिहारका लागि धमाधम बन्दैछ माटाको पाला (फोटो फिचर)

९ कात्तिक, काठमाडौं । तिहार नजिर्किएपछि काठमाडौंमा माटाको पालाको बिक्री ह्वात्तै बढ्छ । तिहारको लक्ष्मीपूजाका बेला तेल राखेर बत्ती बाल्ने पाला धेरै घरमा खोजिन्छ । त्यसैले भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई हिजोआज पाला बनाउन भ्याइ नभ्याइ छ । भक्तपुरमा तयार भएका पाला काठमाडौंको असन, इन्द्रचोकलगायतका मुख्य शहरी क्षेत्रमा बिक्री गरिन्छन् । तिहार नजिकिने बेलामा माटाको पालाको […]

ओलीले मागे परमादेश दिने पाँच न्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले […]

ओलीको शक्ति घट्यो, संकट उस्तै

झण्डै दुई तिहाइ नजिकको संसदीय बहुमतको सरकार अनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गुमाउनुबाहेक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र शक्ति सन्तुलन मिलाउनुपर्ने संकटमा कुनै फेरबदल छैन ।

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । […]

कांग्रेसमा महाधिवेशनको सकस : मिति तोकिन्छ तर हुँदैन

९ कात्तिक, काठमाडौं । ‘विधानको व्यवस्था अनुसार महाधिवेशन गर्न नसकेर थपिएको ६ महिनामा पनि घिसिपिटी गर्ने लोकतान्त्रिक पार्टी पनि छ यो मुलुकमा’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसप्रति गरेको व्यंग्य हो यो । शनिबार भर्चुअल माध्यमबाट एमालेको वडा अधिवेशन उद्घाटन गर्ने क्रममा ओलीले गरेको यो व्यंग्य यतिबेला कांग्रेसभित्र […]

प्रधानन्यायाधीशले अन्तरिम आदेश दिए, भाइले ऋण लिए

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अन्तरिम आदेशबाट पद थमौती गरिदिएका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले मातहतको शाखामा निर्देशन दिएर प्रधानन्यायाधीशका भाइ प्रभु शम्सेरलाई कानूनको आधारभूत पक्ष समेत पालना नगरी ऋण दिलाएको भेटिएको छ । 

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने […]

वीरगञ्जमा सवारी दुर्घटनामा परी महिलाको मृत्यु

९ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परी मंगलबार एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । वीरगञ्ज–१६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी ५५/६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पौने ७ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । घटना स्थलबाट प्रहरीले उद्धार […]

प्रधानन्यायाधीश जबरा पदमा बसिरहे न्याय सम्पादन क्षतविक्षत हुन्छ : शम्भु थापा

९ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानन्यायाधीश जबराले गरेका काम न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने बताए । कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजीनाको पक्षमा रहेको उनको भनाइ छ । […]



from समाचार – Online Khabar https://ift.tt/3nw8IHd
via IFTTT
Powered by Blogger.