Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

थप क्षति हुन नदिन प्रधानन्यायाधीशको राजीनामा : भीमार्जुन आचार्य 

९ कात्तिक, काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई थप क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटकपटक मौका दिँदा पनि नसुध्रिएको बताए । न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने उनको सुझाव छ । […]

सुधारको दिशामा शेयर बजार, तीन दिनमा करिब २ सय अंंकले बढ्यो

९ असोज, काठमाडौं । दशैं अघिसम्म लगातार जसो घटेको शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने सुधारको दिशमामा देखिएको छ । यो साता नेप्से परिसूचक लगातार वृद्धि भएको छ । आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा […]

भक्तपुरमा ग्‍यास लिक हुँदा घरमा आगलागी

९ कात्तिक, भक्तपुर। मध्यपुरथिमि नगरपालिका-२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ […]

सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा पर्‍यो : प्रदीप ज्ञवाली

९ कात्तिक, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको बताएका छन् । मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले न्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताए । उनले जनताले वर्षौंदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताए । कार्यपालिका र न्यापालिकाबीच अपवित्र साँठगाँठ भएको […]

तिहार नजिकिएसँगै माला उन्न व्यस्त वनमाला टोलका बासिन्दा

८ कात्तिक, काठमाडौं । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट […]

न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा प्रदर्शन

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा कानूनका विद्यार्थीको एक समूहले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले इजलास बहिष्कार गर्ने अधिकार न्यायाधीशलाई कसले दियो भन्ने प्रश्न गरेका छन् । उनीहरुले अदालतको विषयमा मिडिया ट्रायल भएको […]

यो संसद असफल भइसक्यो : ओली

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए । ‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध […]

४० लाख जनसंख्या भएकाे चिनियाँ सहर लान्झोउमा लकडाउन

९ कात्तिक, काठमाडौं । चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ । चीनमा सोमबार मात्रै  २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका […]

राष्ट्रिय पुस्तकालय जमलमा बनाउन दिने निर्णय

९ कात्तिक, काठमाडौं। राष्ट्रिय पुस्तकालय जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुस्तकालय जमलमा बनाउन दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । २०७२ वैशाख १२ को भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण बनेपछि सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको […]

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

९ कात्तिक, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि नगरपालिकाले तीन समूहलाई पञ्चेबाजाका सेट वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए । नगरपालिकाको बजेटअन्तर्गत प्रत्येक समूहलाई दमाहा, सहनाई र नरसिंहा दुई–दुई थान तथा ढोलक, टयाम्को, […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अगाडि बढ्यो

९ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको […]

ओलीले मागे परमादेश दिने पाँच न्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले […]

अफगानिस्तानमा चरम मानवीय संकट : भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी

९ कात्तिक, काठमाडौं । अफगानिस्तानले यतिबेला विश्वमै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको छ । अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि वैदेशिक सहयोग रोकिँदा अफगानिस्तान चरम आर्थिक संकट चुलिएको हो । सत्तामा आएको तालिबानको सामना कसरी गर्ने भनेर विश्व समुदायले छलफल गरिरहेको छ । तर कमजोर अर्थतन्त्रलाई ढाडस दिँदै आएको अन्तर्राष्ट्रिय सहायता रकम रोक्का भएपछि अफगानीहरु […]

उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ : मौसमविद्

९ कात्तिक, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् निराजन सापकोटाले बताए । उनले भने, […]

‘न धानमा दाना लाग्ने भो, न बारीको कोदो नै रह्यो’   

९ कात्तिक, बलेवा । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पुर्‍याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘फुल खेल्दै […]

भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

९ कात्तिक, चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् । मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् । ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । […]

न्यायाधीशहरूलाई प्रधानन्यायाधीश जबराको जवाफ : सडकमा माग्दैमा राजीनामा दिन्नँ

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो […]

कोहलपुरमा साढे ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

९ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र […]

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

९ कात्तिक, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको […]

सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । […]

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार

९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले गरिरहेका थिए । प्राधिकरणमा उनी सबैभन्दा सिनियर कर्मचारी हुन् । क्षेत्रीले यसअघि त्रिभुवन […]



from समाचार – Online Khabar https://ift.tt/3b9PRfh
via IFTTT
Powered by Blogger.