समाचार
९ कात्तिक, विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ […]
९ कात्तिक, काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ । न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ । समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको […]
९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने […]
हिजो हो कि अस्ति टि्वटरको टाइमलाइनमा टहल्दै थिएँ, एकजना प्रतिष्ठित अर्थशास्त्री नूरिअल रौबिनीले ‘वालस्ट्रिट जर्नल इकोनोमिक्स’ को एउटा आर्टिकल रि-टि्वट गरेका रहेछन् । आर्टिकलको हेडलाइनमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले अर्थतन्त्रको पूर्ति पक्षका बाधाहरूले मुद्रास्फीतिको जोखिमलाई अझै बढाइरहेको उल्लेख छ । आर्टिकल भित्र गएर हेर्दा शुरुमै सब्स्क्राइब गर् भन्छ । ‘स्पेशल […]
९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]
९ कात्तिक, पाँचथर । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी […]
९ कात्तिक, सिमकोट (हुम्ला) । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा […]
९ कात्तिक, बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख […]
९ कात्तिक,रामपुर (पाल्पा) । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो-कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन […]
९ कात्तिक, काठमाडौं । चीन अहिले विश्वशक्ति बनिसकेको छ । केही दशकअघिसम्म चीन विश्वशक्ति बन्ला भनेर कसैले कल्पना गरेका थिएनन् ।उसले कहिलेकाहीँ बाँकी विश्वसँग गरिने पेरिस जलवायु सम्झौता जस्ता सहकार्यबाट शक्ति आर्जन गर्छ । कहिलेकाहीँ प्रतिस्पर्धाबाट शक्ति आर्जन हुन्छ र यसको एउटा उदाहरण पश्चिमी ऋणबाट बञ्चित विश्वको ठूलो क्षेत्रमा लगानी भित्र्याएको र ६० भन्दा बढी […]
९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् । न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न उनीहरुले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । भेटका लागि विहान साढे ११ बजेको समय तय भएको छ । ‘भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर हामीले तयारी गरेका छौं । तर […]
९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो । काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य […]
भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इण्डिया टाटा कम्पनीले खरीद गरेको छ । यो कम्पनी १८ हजार करोड भारतीय रुपैयाँमा बिक्री भएको हो । निरन्तर घाटामा गएपछि यसको निजीकरणका प्रयासहरू हुँदै आएको भए पनि सरकारले सफलता प्राप्त गर्न सकेको थिएन । मोदी सरकारले सन् २०१८ मा निजीकरणको प्रयास गरेको थियो । इतिहासमा एयर इण्डिया सन् […]
९ कात्तिक, काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केही जिल्लामा भने प्राविधिक […]
बार्सिलोना। ‘कहिले सासुको पालो कहिले बुहारीको’ यो उखान स्पेनको नेपाली समाजमा दुरुस्तै मेल खाएको छ । विगतमा प्रवासी नेपाली मञ्च निकटले एनआरएनए स्पेनको नेतृत्वमा सम्हाल्दा जनसम्पर्क समितिले सधैं असहयोग मात्रै गरिरह्यो। अब जनसम्पर्क समिति निकटले नेतृत्व सम्हाले लगत्तै चौतर्फी विरोध र असहयोग सतहमा नै पोखिन सुरु भएको छ। एनआरएनए अध्यक्ष शालिकराम डुम्रेलाई आफ्नो कार्यकाल सफलतापूर्वक […]
काठमाडौं । स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेपछि अफगानिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । युएईको शारजाँहमा सोमबार भएको एक मात्र खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले पराजित गरेको हो । दुई खेलाडीको स्पिन जादु चलेपछि अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभर मात्रै क्रिजमा टिकेर ६० […]
८ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ । १४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् । पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी […]
जबरासँगको लेनदेन वा अदालतमा विचाराधीन मुद्दाले पार्नसक्ने प्रभावका कारण प्रमुख दलहरुले न्यायपालिकाभित्र देखिएको समस्यामा मौनता साधिरहेका छन् ।
८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]
८ कात्तिक, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–१ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश […]
८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन ५ चैत २०७८ भित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री देउवालाई भेटेर आयोग पदाधिकारीहरुले राष्ट्रियसभा सदस्यका साथै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तयारीबारे छलफल गरेको छ । बालुवाटारमा भएको भेटमा आयोग पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन चैत ५ भित्र गरिसक्नुपर्ने बाध्यता रहेको […]
from समाचार – Online Khabar https://ift.tt/3b8UZjR
via IFTTT