समाचार
१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन । न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् । जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की […]
१० कात्तिक, कालिकोट । कालिकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु.दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका-४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका-७ का २३ वर्षीय […]
१० कात्तिक, काठमाडौं । सैनिक ‘कु’पछि अपदस्त गरिएका सुडानका राष्ट्रपति अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् । सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित […]
१० कात्तिक, डोटी। एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ । यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या […]
१० कात्तिक, काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो […]
१० कात्तिक, मोरङ। मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले बिल नभएको ९४ तोला चाँदी बरामद गरेको छ […]
१० कात्तिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । बुधबार […]
१० कात्तिक, काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले मुलुकलाई आर्थिक विकाससहितको समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । बुधबार तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले युवाहरुको योगदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आर्थिक समृद्धिमा पनि युवाहरुको आवश्यकता औंल्याएका हुन् । ‘हाम्रो पटकपटकको […]
१० कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी छ । सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा […]
१० कात्तिक, सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक […]
काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् । दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा […]
१० कात्तिक, काठमाडौं । मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ […]
१० कात्तिक, काठमाडौं । अघिल्लो वर्ष जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाका साक्षीको बकपत्र आजबाट सुरु हुँदैछ । जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिए । श्रेष्तेदार बोहराका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ […]
१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]
१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला […]
१० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो । एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । ‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस […]
कस्तो अक्कासे रैछ ! पश्चिम पहाडको गाउँले परिवेशमा बाल्यकाल बिताउनुभएको भए तपाईंका दाइ-दिदी, बुबा-आमा, हजुरबा-हजुरआमा, काका-काकीले प्रकटमा अलिकति रिसाएर तर भित्रभित्र शायद आहृलादित हुँदै बोलेको यो वाक्य तपाईंका कानमा पटक-पटक ठोक्कियो कि ? ठोक्किएन भने मेरा दुई थोपा आँसु स्वीकार्नोस् किनभने तपाईं साह्रै ‘ज्ञानी’ बालक हुनुहुँदोरहेछ । चराचुरूङ्गी जस्तो फुर्रफुर्र गर्दै ‘उड्ने’ एउटा उमेर हुन्थ्यो […]
१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको थियो । बागमती प्रदेशको मुख्यमन्त्री […]
१० कात्तिक, काठमाडौं । विहानको ३ बज्नै लाग्दा जुरुक्क उठ्यो । अनि मर्दी भ्यू प्वाइन्टतिर खुट्टा लम्किन्छ । एक हातमा १५ लिटरको पानीको गिलेन अर्को हातमा चियाको पोको । पदयात्रीहरु मर्दी हिमालतिर लम्कदै गर्दा बिच बाटोमै उछिन्यो । पदयात्रीहरु भ्यू क्याम्प पुग्दा तातो चिया तयार भइसकेको हुन्छ । मर्दी हिमाल रुटको हाई क्याम्पमा बस्ने टंक […]
‘कृषि मुलश्च: जीवनम्’ अर्थात् जीवनको मूल आधार नै कृषि हो । यसमा कुनै शंका छैन । आदि मानवहरूले अनाजलाई काँचै खान्थे । पछि प्राकृतिक प्रकोप हुँदा आगोको उत्पत्ति भयो । आगोमा पोलेको अन्न खाँदा स्वादिष्ट भयो । यसैले गर्दा अन्न पोलेर, उसिनेर वा पकाएर खाने चलनको विकास भयो । हरेक मानवको लागि चाहिने आवश्यक खाना कृषिबाटै […]
१० कात्तिक, काठमाडौं । अफ्रिकी मुलुक सुडानमा सत्तापलट भएको छ । सोमबार भएको ‘कु’पछि प्रधानमन्त्री अब्दल्लाह हामदोकले नेतृत्व गरेको अन्तरिम सरकार विघटन गरिएको छ । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सैनिक ‘कु’ लगत्तै सडकमा पुन: विरोध प्रदर्शन सुरु हुन थालेको छ । रोइटर्सका अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच […]
from समाचार – Online Khabar https://ift.tt/3pKoCAi
via IFTTT