Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाँचथरमा बस दुर्घटना, ६५ जना घाइते

८ कात्तिक, काठमाडौं । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल […]

चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु

८ कात्तिक, काठमाडौं। चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु भएको छ । काठमाडौं महानगरपालिका-७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरोले अवरुद्ध बनाएको सडक अझै खुलेनन्

८ कात्तिक, धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ । सुदूरपश्चिम […]

नेपाल पत्रकार महासंघ हङ्कङका अध्‍यक्ष राईको भिरबाट लडेर मृत्यु

८ कात्तिक, खोटाङ । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट […]

एमालेको १० औं महाधिवेशनबाट ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

८ कात्तिक, काठमाडौं । मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् । गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । १० औं महाधिवेशनमा २ सय […]

होटेल संघका पूर्वअध्यक्ष श्रेष्ठ रहेनन्

८ कात्तिक, काठमाडौं । होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हानले उनको निधन भएको बारे जानकारी गराएको हो । हानले उनको निधनबाट मर्माहत भएको भन्दै यसबाट समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको बताएको छ । विसं. १९९५ […]

खोटाङमा महिला मात्रै रहेको एमाले वडा कमिटी चयन

८ कात्तिक, काठमाडौं । नेकपा एमालेले खोटाङको हलेसी–तुवाचुङ नगरपालिका-३ मा महिला मात्रै रहेको वडा कमिटी चयन गरेको छ । प्रथम वडा अधिवेशनबाट तार्मिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष कमलकुमारी राई, सचिव सम्झना राई, उपसचिवहरु अस्मिता राई र यशोदा विक, आर्थिक विभाग प्रमुख सर्मिला राई चयन भएकी छन् । ‘पूरै […]

लिखित राजीनामा तयार पार्दै भीम रावल

८ कात्तिक, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक-दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् । सोमबार अनलाइनखबरसित कुरा गर्दै रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए । ‘अस्ति मैले […]

एक शताब्दीपछि धानखेत बगर बनेपछि…

८ कात्तिक, कर्णाली (सुर्खेत) । मुखमा आएको गास खोसिएपछि तिला गाउँपालिका-४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा छन् । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । त्यसले उनको १० भारी धान मात्र क्षति भएन, खेत नै बगरमा परिणत भएको छ । सोही वडाका लालबहादुर सार्की र […]

गोरखामा अवैध सालको काठ बरामद

८ कात्तिक, गोरखा । अवैध रुपमा ओसारपोसार गर्न लागिएको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका-९ लुदीखोलास्थित पुन्चे सामुदायिक वनभित्र झाडीमा लुकाइ राखेको १२ गोलिया सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । ‘अवैध रुपमा सालको काठ ओसार पसार भइरहेको भन्ने गोप्य सूचना हामीले पाएपछि अस्थायी प्रहरी पोष्ट लक्ष्मीबजारबाट टोली खटायौ,’ प्रहरी निरिक्षक […]

राष्ट्रिय परिचयपत्रका लागि भक्तपुरमा १८ हजार जनाको विवरण संकलन

८ कात्तिक, काठमाडौं । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन् । यसैबीच सूर्यविनायक नगरपालिका ६ देखि १० सम्म सोमबारदेखि अभियान शुरु भएको छ । अभियान […]

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

८ कात्तित, काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् । अक्टोबर १७ […]

बानेश्वरको सडकमा खाल्डो !

८ कात्तिक, काठमाडौं । नयाँबानेश्वरको व्यस्त सडक भत्किएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ । खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ । काठमाडौं उपत्यका […]

सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटे

८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ । प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । यद्यपि फुलकोर्ट बस्ने/नबस्ने अन्योल छ । आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको […]

दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

८ कात्तिक, उदयपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका […]

सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो

८ कात्तिक, काठमाडौं । सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर […]

तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त, सात बालबालिकासहित १७ जना मारिए

८ काठमाडौं, काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको छ । पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ । ‘तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जनाको शब हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ’, स्रोतलाई उदृत गर्दै  स्पुटनिकले […]

दरबारमार्ग प्रहरीको जिम्मा खड्कालाई

८ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ । यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेको भए पनि सत्तारुढ नेपाली कांग्रेस निकट खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो । धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि उनलाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । प्रहरीले […]

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

८ कात्तिक, चितवन । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका […]

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

८ कात्तिक, पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । “अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या […]

सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ […]



from समाचार – Online Khabar https://ift.tt/3Bbmwvv
via IFTTT
Powered by Blogger.