समाचार
७ कात्तिक, काठमाडौं । बानेश्वरबाट शंखमूलको टेम्पो चढेका रामकृष्ण श्रेष्ठले चालकलाई भाडाबपात २० रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने २ रुपैयाँ ओर्लिने बेलासम्म पनि पाएनन् । जब श्रेष्ठले खुद्रा पैसा फिर्ता मागे, उनका हातमा चालकले २ वटा चकलेट थमाइदिए । ‘म मधुमेह भएको मान्छेलाई चकलेट के काम ? पैसा नै दिनुस्’ भनेर उनले […]
७ कात्तिक, काठमाडौँ । विप्लव समूहले ०७७ फागुन २० गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको छ । गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र विभिन्न घटनामा पक्राउ परेका नेकपाका नेता कार्यकर्तालाई कानुनसम्मत रुपमा रिहाइ गर्ने तथा मुद्दा फिर्ता अगाडि बढाउन सहमत भएका […]
७ कात्तिक, वीरगञ्ज । तराई–मधेसका गाउँमा लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् । लमीले राम्री केटी भेटिएको खबर ल्याउँछ । केटा र केटी दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछ । केटाकी आमा दाइजो खोज्ने खालकी हुन्छिन् । केटाको बुवाले आफ्नो पाँच गाउँमा नाम रहेको र आफू दाइजो विरोधी भएको बताउँछन् । आफ्ना लागि केही चाहिन्न […]
७ कात्तिक, जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण […]
७ कात्तिक, काठमाडौं । बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराएका हुन् । एमाले केन्द्रीय सदस्य रवीन कोइराला भन्छन्, ‘उहाँलाई के हैसियत दिने भन्ने पछि छलफल होला, अहिले पार्टी प्रवेश गर्नुभएको छ ।’ आइतबार पार्टी प्रवेश गरेका […]
७ कात्तिक, विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । […]
७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली शान्ति सैनिकको गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । संख्यात्मकरुपमा नेपाली फौजले दोस्रो सबैभन्दा धेरै उपस्थिति जनाइसकेको अवस्थामा अब गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताइएको हो । नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. […]
७ कात्तिक, डोटी। सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरोबाट र डुबानबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहात स्वरुप एक लाख रुपैयाँ दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौषमी बर्षाका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रदेश सरकारले राहात स्वरुप एक लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिइन् […]
७ कात्तिक, सुर्खेत । डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–९, भित्तीमा आइतबार भएको जीप दुर्घटनामा परी ९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१, सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेल […]
७ कात्तिक, काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग २०७९/८० सम्म नसकिने बताएको छ । आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको यो आयोजना आर्थिक वर्ष २०७४/७५ मा सक्ने लक्ष्य थियो । तर, ०७४/७५ मा रुट परिवर्तन गर्दै २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, लक्ष्यअनुसार २०७९/८० सम्ममा पनि निर्माण सम्पन्न हुने सम्भावना नरहेको भन्दै […]
७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्मा भाग नखोजेको र गजेन्द्र हमाल आफ्नो सिफारिसमा मन्त्री नभएको दोहोर्याएका छन् । आइतबार विहान भएको भेटमा नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागवण्डा लिएको विषय उठाएका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले आफ्नो पहिलो श्रीमती (हमालकी बहिनी) को २०४१ सालमा मृत्यु भएको र त्यसयता सो परिवरासँग आउजाउ नभएको […]
७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकमा एक व्यक्तिको हत्या गरी उनकै आँगनमा गाडेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा काभ्रेको खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरी […]
७ कात्तिक, काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना […]
७ कात्तिक, काठमाडौं । संसदीय समितिले बाढीपहिरो पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी […]
७ कात्तिक, काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ । दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा […]
७ कात्तिक, जनकपुरधाम। आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ गरी सार्वजनिक गर्न पार्टीले अल्टिमेटम […]
७ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ संयुक्त अरब इमिरेट्समा सोमबार शुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आइतबार दुबई प्रस्थान गरेका छन् । कात्तिक ८ देखि १२ गतेसम्म (२५-२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव […]
७ कात्तिक, बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको यात्रुबाहक बस मोतीपुरको ओरालोमा सडकदेखि तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी घोराही नगरपालिका–१० का […]
७ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको पहिचानलाई विश्वसामु पुर्याउन नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिबारे केही पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा दुःख लाग्ने गरेको बताए । रावलले देशको पहिचान मेटाएर आफ्नो […]
७ कात्तिक, कास्की। विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको आरोपमा प्रहरीले क्यानेडियन नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय क्यानेडियन नागरिक रोबर्ट किन्कले रहेका छन् । पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको सूचनाको आधारमा किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ […]
७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका छन् । आइतबार अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वमा गएका बार पदाधिकारीले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा जोड दिएको छ । बार महासचिव लीलामणि पौडेलका अनुसार प्रतिवेदनमा प्रधानन्यायाधीश, सर्वोच्च प्रशासन तथा कानुन व्यवसायी सच्चिनुपर्ने, ऐन कानुन संशोधन गर्नुपर्ने […]
from समाचार – Online Khabar https://ift.tt/3m6NQH0
via IFTTT




















