Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन

१२ कात्तिक, गुल्मी । नौ दिनदेखि बन्द गुल्मीको रिडी-रुद्रबेनी-वामी सडक खुलाउन सेना परिचालन भएको छ । रुरुक्षेत्र गाउँपालिका-२ को साँघुरेमा अवरुद्ध रहेको सडक खुलाउन नसकेपछि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोली खटाइएको हो । कात्तिकको शुरुमा भएको बेमौसमी वर्षाले सडकका विभिन्न स्थनमा ठूलो पहिरो खसेको थियो । अवरुद्ध सडक […]

सबै क्लस्टरबाट महाधिवेशन प्रतिनिधि थप्ने एमालेको तयारी

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको नयाँ मापदण्ड बनाउने निर्णय स्थायी कमिटीलाई दिएको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ बनाउने निर्णय गरेको छ । बिहीबारको स्थायी कमिटीले प्रस्ताव गरेको संख्यामा थप चार सय प्रतिनिधि बढाउने निर्णय केन्द्रीय कमिटीले गरेको हो । नयाँ मापदण्ड बनाउँदा सबै क्लस्टरबाट प्रतिनिधि संख्या […]

‘नयाँ महसुलले इन्डक्सन प्रयोग बढाउँछ, विद्युतको शुल्क घटाउँदै जाने हो’

विद्युत्को महसुल जति माथि गयो, उति धेरै बढ्यो भन्ने गुनासो रहँदै आएको छ । पहिलो कुरा चाहिँ हामीले यसपटक ‘लाइफलाइन ट्यारिफ’लाई ध्यान दियौं । अब २० युनिटसम्म इनर्जी शुल्क निःशुल्क नै बनायौं । अब २० युनिटसम्म न्युनतम् चार्ज ३० रुपैयाँ तिर्दा हुन्छ । यसबाट लाभ लिने २२ लाख ग्राहक छन् । मिनिमम (डिमान्ड) चार्ज हामीले […]

किशोरीलाई बलात्कार प्रयासको आरोपमा दुई जना पक्राउ

१२ कात्तिक, वीरगञ्ज । १६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् । उनीहरुले कात्तिक ९ गते बिहान ६ बजे १६ वर्षीया किशोरी ट्युसन पढ्न निस्केको बेलामा फोटो स्टुडियोभित्र लगेर बलात्कार प्रयास […]

१९ वर्षीया युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

१२ कात्तिक, वीरगञ्ज। प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन् । बारा घर भइ उच्च शिक्षाको लागि वीरगञ्जमा डेरा लिइ बस्दै आएकी १९ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा उनलाई वीरगञ्‍जबाट पक्राउ गरेको हो । यस्तै […]

एमालेको १०औ महाधिवेशनका लागि १२ समिति गठन

१२ कात्तिक, काठमाडौं। नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ समिति गठन गरेको हो । केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले महाधिवेशनमा विभागीय जिम्मेवारी बाँडफाँड गर्न समितिहरु गठन गरेको […]

दुर्गाप्रसादलाई जेलबाट छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित

१२ कात्तिक, काठमाडौं । विना सुनुवाइ ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई छुटाउन भूमिका खेल्ने दुई भारतीय नागरिक सम्मानित भएका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अम्बारसिनाग विश्वास र हीरक सिन्हालाई महावाणिज्य दूत ईश्वरराज पौडेलले सम्मान गरेका हुन् । विश्वास वेष्ट बंगाल रेडियो क्लबका सचिव हुन् भने सिन्हा उच्च अदालत कोलकाताका वकिल हुन् […]

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]

विद्यालय जाने क्रममा प्रधानाध्यापकमाथि दुर्व्यहार

१२ कात्तिक, धनुषा। धनुषाका विद्यार्थीले प्रधानाध्यापकमाथि दुर्व्यहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक बैजुप्रसाद साहलाई विद्यालय जाने क्रममा विद्यार्थी दुर्व्यहार भएको हो । विभिन्न माग राख्दै विद्यार्थीहरुले विद्यालयमा चार दिनदेखि ताला लगाएका थिए । सोही विषयमा विद्यालयमा नै मेयर विजय शंकर प्रसाद साहसहित हुने छलफलका लागि विद्यालय […]

एमालेमा पदाधिकारी समावेशी बनाइनुपर्ने माग

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व समावेशी हुनुपर्ने माग गरिएको छ । केन्द्रीय सदस्य प्रकाश शाहले केन्द्रीय पदाधिकारी समावेशी हुनुपर्ने माग राखेका हुन् । नेपाली कांग्रेस जति पनि एमाले समावेशी बन्न नसकेको उनको भनाइ थियो । ३० सदस्यीय स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य एक्लै हुनुले विधानबाटै समावेशी व्यवस्था गर्नुपर्ने शाहले माग […]

रवीन्द्र मिश्रलाई कारबाही गर्न मिलन पाण्डे समूहले बनायो सुशासन आयोग

१२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष रवीन्द्र मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो […]

बार एशोसिएसन परिसरमा वकिलबीच कुटाकुट (भिडियो)

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता […]

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।

घनश्‍यामलाई ओलीको जवाफ : पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक छैन

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् । एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । […]

उत्तर कोरियामा नोटको अभाव, ‘कुपन’ प्रयोग गर्न थालियो

१२ कात्तिक, काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ । रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ । कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र […]

चितवन राजनीतिको कुरुक्षेत्र बन्दैछ : प्रचण्ड

१२ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे । बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा […]

एमालेमा २ केन्द्रीय सदस्य थपेकोमा भीम रावलको आपत्ति

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका छन् । प्रभु साह निकट दुवै जना हालै मात्र केन्द्रीय समितिमा मनोनित […]

बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !

१२ कात्तिक, बागलुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ । सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्र समेत थियो । तर उनलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन् […]

पुष्प उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ : अर्थमन्त्री 

१२ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुष्प उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने बताएका छन् । शुक्रबार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले देशको अर्थतन्त्र माथि उकास्न पुष्प व्यवसायको महत्वपूर्ण भूमिका रहेको धारणा राखे । ‘देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको […]

विश्व शहर दिवस मनाइने

१२ कात्तिक, काठमाडौं । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व शहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । पत्रकार […]

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १,९९९ पुर्‍याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए यसअघि बिहीबार बसेको स्थायी कमिटीले १,५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । केन्द्रीय सदस्यहरुले संख्या बढाउन माग गरेपछि ४३६ प्रतिनिधि थप्ने निर्णय गरेको […]



from समाचार – Online Khabar https://ift.tt/3Gyzhnz
via IFTTT
Powered by Blogger.