Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बेमौसमी वर्षाले आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए

८ कात्तिक, डोटी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण डोटीमा सबैभन्दा बढी १६ जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–१ का बिरे रोकाया, वडा नम्बर ४ […]

पक्की पुल बनिसक्यो, सडक चाहिँ छैन

७ कात्तिक, काठमाडौं । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पक्की पुल गत वैशाखमा निर्माण सम्पन्न भयो । तीन वर्षमा सक्ने गरी २०७१ असार ३० ठेक्का लगाइएको उक्त पुल ७ वर्ष लगाएर पूरा त भयो तर सञ्चालनमा भने आउन सकेन । १५ करोड ११ लाख ३५ हजार लागतको १९२ मिटर लामो पक्की पुलको धादिङतर्फको क्षेत्रमा […]

महाधिवेशन कार्यतालिकाबारे कांग्रेसको निर्वाचन समितिले पदाधिकारीसँग छलफल गर्ने

८ कात्तिक, काठमाडौं । महाधिवेशनबारे कायम अन्यौलताबारे नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो । ‘महाधिवेशन गराउने जिम्मेवारी निर्वाचन समितिको हो तर पार्टीको सहयोग नभई समितिले मात्रै सम्भव हुँदैन,’ समिति सदस्य तेज रावलले भने, ‘अधिवेशन […]

वायुमण्डलमा हरित गृह ग्यासको मात्रा हालसम्मकै उच्च

८ कात्तिक, काठमाडौं । कोरोना महामारीबीच पनि वायुमण्डलमा पृथ्वीको तापमान बढाउने ग्यासको मात्रा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)का अनुसार गत वर्ष तापमान बढाउने ग्यासको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको हो । विगत १० वर्षको अवधिमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा वार्षिक औसतभन्दा बढी दरले बढेको बीबीसीले जनाएको छ […]

आधिकारिक परिचयपत्रबिना कसैलाई पनि घर-कोठा भाडामा नदिनू : गृह मन्त्रालय

८ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ । सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय […]

पक्राउ परेका ११ अफगानीलाई अध्‍यागमन विभागमा बुझाइयो

८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलमा पक्राउ परेका ११ अफगानी नागरिकलाई अध्‍यागमन विभागमा बुझाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाइएको डीआईजी धिरज प्रताप सिंहले बताए । ’11 जना अफगानी अवैध रुपमा नेपाल प्रवेश गरकेाले अध्यागमन ऐन अनुसार कारबाही अगाडी बढ्‍नेछ।’ डीआईजी सिंहले भने । […]

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे

८ असोज, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । सरकारी स्वामित्वको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका […]

सरकारी खर्चमा भोज भतेर गर्न नपाइने

८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित […]

सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । न्यायालयमा अहिलेको परिस्थिति आउनुमा नेतृत्व नै जिम्मेवार भएकाले उनले नै निकास दिनुपर्ने उनको भनाइ छ । ‘यो परिस्थिति आउनुमा अहिलेको नेतृत्व […]

अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैद, १३ लाख क्षतिपूर्ति भराउने फैसला

८ कात्तिक, विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ । असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण […]

महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ

८ कात्तिक, जनकपुरधाम। महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ बाट मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १२ प. १४४९ नम्बरको मोटरसाईकलमा सबार बर्दिबास नगरपालिका १ बस्ने ३२ वर्षीय पंकज साह र सोही ठाउँका ३१ वर्षीय रंजित थापालाई प्रहरीले […]

फाइजरको खोप कसले र कहिले पाउँछन् ?

८ कात्तिक, काठमाडौं । सोमबार काठमाडौं आइपुगेको एक लाख ६२० डोज फाइजर खोप सरकारले कात्तिक २८ गतेदेखि सार्वसाधारणलाई लगाउने तयारी गरेको छ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा राखिएको छ । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालले मधुमेह दिवसको […]

वरिष्ठ अधिवक्ताहरुले भने : प्रधानन्‍यायाधीशले राजीनामा दिनुपर्छ

८ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीशले न्यायालयलाई विवादमा तानेको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका भएका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्‍यायाधीश जबरा आफैंको व्यक्तित्वलाई बढी क्षति हुन नदिन पनि तत्काल […]

नेपालमा लगानी बढाउन फ्रान्ससँग अर्थमन्त्रीको आह्वान

८ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानी बढाउन फ्रान्ससँग आह्वान गरेका छन् । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका हुन् । लगानीमैत्री वातावरणको लागि सरकार हरदम […]

भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : प्रचण्ड

८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् । नेपाल र भारतबीच […]

बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति सुनसरीबाट पक्राउ

८ कात्तिक, सुनसरी । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रदेश-१ को प्रदेश प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साह रहेकी छिन् । उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा साहलाई १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । […]

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्छ । संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि छैन […]

राष्ट्रियसभाका यी २० सांसद हुँदैछन् पदमुक्त, एमालेका ८ जना

८ कात्तिक, काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदैछन् । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् । नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, […]

नगद र सुनचाँदीका गहना चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

८ कात्तिक, काठमाडौं । विभिन्न सहकारी संस्था तथा घरबाट नगद तथा सुनचाँदीका गहना चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ […]

डा. केसीले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

८ कात्तिक, काठमाडौं । सत्याग्रही प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् । डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाएका हुन् । न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने भन्दै उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका […]

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

८ कात्तिक, काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र […]



from समाचार – Online Khabar https://ift.tt/3nkq61q
via IFTTT
Powered by Blogger.