समाचार
८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् । नेपाल र भारतबीच […]
८ कात्तिक, सुनसरी । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रदेश-१ को प्रदेश प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साह रहेकी छिन् । उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा साहलाई १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । […]
८ कात्तिक, काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदैछन् । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् । नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, […]
८ कात्तिक, काठमाडौं । विभिन्न सहकारी संस्था तथा घरबाट नगद तथा सुनचाँदीका गहना चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ […]
८ कात्तिक, काठमाडौं । सत्याग्रही प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् । डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाएका हुन् । न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने भन्दै उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका […]
८ कात्तिक, काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र […]
८ कात्तिक, काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ […]
८ कात्तिक, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८/७९ को बजेट सच्याउन माग गरेको छ । बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै तुरुन्त सच्याउन माग गरिएको हो । सोमबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले विज्ञप्ति जारी गर्दै सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरी […]
८ कात्तिक, काठमाडौं । सत्तापलटपछि सुडानी सेनाले सरकार विघटन गरेको छ । सेनाले प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको हो । शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गरेका छन् । त्यस्तै उनले सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारी […]
८ कात्तिक, विराटनगर । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो । […]
८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
८ कात्तिक, डोटी। असोज ३१ गतेदेखि आएको अविरल बर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ । बेमौसमी बर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट आएको पहिरोका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा झण्डै 2 सय ५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो। लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो […]
८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका छन् । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र […]
८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]
८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]
८ कात्तिक, काठमाडौं । सरकारले अरुण नदीमा पहिचाहन भएको ४९०.२ मेगावाटको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । विद्युत विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको […]
८ कात्तिक, काठमाडौं । काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ । उक्त सूचना अनुसार काठमाडौं […]
८ कात्तिक, काठमाडौं। ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौं महानगरपालिकाले एकै दिन वडा–३२ मा दुई वटा पार्कको शिलान्यास गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको शिलान्यास गरे । पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौँ […]
८ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैले योगदान गर्नुपर्ने बताएका छन् । समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढ्न सके १० वर्षभित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने उनको दाबी छ । विज्ञापन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री […]
८ कात्तिक, काठमाडौं । कोरोना महामारीले गर्दा मान्छेको बाँच्ने आशा बढेको छ भन्दा अत्युक्ति हुँदैन । यति ठूलो महामारीमा समेत मानिसले बाँच्नकै लागि अनेक तरहको संघर्ष गर्यो । कोही शहर छाडेर गाउँ गए, कोही एकदिन पनि घरबाट बाहिर ननिस्की बसे । शहरमा घरभित्र बस्दा भो खान नपाउनेहरू सडकमै निस्केर आफ्नो भोक मेटाउन उद्यत देखिए । […]
८ कात्तिक, काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप सोमबार बिहान नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । यसअघि प्रयोग भएका एस्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसन भन्दा फाइजर खोप भन्दा फाइजर खोप के […]
from समाचार – Online Khabar https://ift.tt/3beGue1
via IFTTT