Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साताभरी बढ्यो शेयर बजार

११ कात्तिक, काठमाडौं । लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम […]

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ । भारत सरकारले एक विज्ञप्ति जारी […]

एमालेको दशौं महाधिवेशनमा उद्घाटनपछि सिधै मतदान

११ कात्तिक, काठमाडौं । नेकपा एमालेले उद्घाटनपछि सिधै निर्वाचन गर्ने गरी दशौं महाधिवेशनको तयारी गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दशौं महाधिवेशनको उद्घाटनपछि निर्वाचन प्रक्रिया शुरु हुने भएकाले यो महाधिवेशन विगतको भन्दा फरक हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘वैचारिक बहसका लागि विधान महाधिवेशन गर्ने निर्णय २०७१ […]

प्रतिनिधिसभा बैठक १८ दिनका लागि स्थगित

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे । सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका […]

बझाङ पहिरो : बेपत्ता १९ जना अझै भेटिएनन्

११ कात्तिक, बझाङ । थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ । यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई […]

सिनामंगलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

११ कात्तिक काठमाडौं । काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको […]

संसदमा बिहीबार पनि एमालेको नाराबाजी

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् । २३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले बिहीबारको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता […]

संसदको चालु अधिवेशन अन्त्यको तयारी

११ कात्तिक, काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्ने एक मन्त्रीले बताए । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पनि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको जानकारीमा रहेको बताएको छ । ‘बुधबारसम्मको सल्लाह अनुसार […]

बागमतीमा खनाल आन्तरिक मामिला र भँडेल भौतिक पूर्वाधार मन्त्री बन्ने

११ कात्तिक, हेटौंडा । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने […]

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

११ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् । ‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था […]

एमालेले गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक अवरोध

११ कात्तिक, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका […]

पोल भाडा सम्झौता गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

११ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकहरुलाई नेपाल विद्युत प्राधिकरणसँग विद्युतीय पोल प्रयोगको भाडा समझौता गर्न निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै विद्युतको पोल प्रयोग गरेको स्थान, परिणाम र अवधि स्वयं घोषणा गरी कात्तिकभित्रमा विद्युत प्राधिकरणसँग सम्झौता गर्न निर्देशन दिएको हो । आफ्नो विद्युतीय संरचना […]

खोलाले बगाएर बेपत्ता बनाएको युवकको शव भारतमा भेटियो

११ कात्तिक, सप्तरी । सप्तरीको जीता नदीमा एकसाताअघि आएको बाढीमा डुबेर बेपत्ता भएका युवकको शव भारतमा भेटिएको छ । लगातारको बर्षाका कारण जीता नदीमा आएको बाढीमा डुबेर हनुमानगर कंकालिनी नगरपालिका ९ बस्ने २३ बर्षीय लालु मण्डल ३ कात्तिकमा वेपत्ता भएका थिए । सोही नगरपालिकाको वडा नम्बर १४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका मण्डलको शव […]

३ किलो ४७० ग्राम चरेससहित काठमाडौंको नरेफाटबाट तीनजना पक्राउ

११ कात्तिक, काठमाडौं । प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलास गाउँपालिका १ घर भइ हाल काठमाडौंको बालाजुस्थित बोराटार बस्‍दै आएका १९ वर्षीय युवराज स्याङबो, काठमाडौं महानगरपालिका-३२ जडिबुटी घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर हेटौडा उपमहानगरपालिका घर भइ हाल ललितपुर […]

भरतपुरको दुर्गा मन्दिरमा दलित र गैरदलित समुदायले गरे सामूहिक रुपमा पूजा  

११ कात्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ स्थित दुर्गा मन्दिर अहिले चर्चामा छ । दशैंको महानवमीका दिन मन्दिर नजिकै स्थानीय भीमबहादुर विकको कुटेर हत्या गरिएपछि उक्त मन्दिर चर्चामा रहेको छ । बिहीबार बिहान दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना तथा विश्व ओमकार महासंघको समन्वयमा जातीय र धार्मिक विभेदको अन्त्य, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले एक कार्यक्रम […]

जलवायु परिवर्तनको असर न्यूनिकरणसम्बन्धी कोषमा नेपालको पहुँच कम : अर्थमन्त्री

११ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न खोलिएका विभिन्न कोषमा नेपालको पहुँच कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । विश्व बैंकका प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । बुधबार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको […]

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा एक पक्राउ

११ कात्तिक, काठमाडौं। अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन रहेका छन् । पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न […]

चैत मसान्तभित्र सबै नागरिकले खोप पाउने गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उनले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री देउवाले नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने बताए । ‘दाताहरुसँग पनि खोप मागौं । आग्रह गरौं । हामी आफैं […]

वडाध्यक्षले आफूमाथि कुटपिट गरेको बाराका एक प्रधानाध्यापकको आरोप

१० कात्तिक, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले वडाध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । प्रसौनी–६ स्थित नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहले वडाध्यक्ष वृजकिशोर कुशवाहाले आफूलाई कुटपिट गरेको दाबी गरेका हुन् । वडाध्यक्ष कुशवाहाले कार्यालयमै थुनेर कुटेको प्रधानाध्यापक सिंहको दाबी छ । घटनापछि वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराएर फर्केको उनले […]

चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए

११ कात्तिक, भक्तपुर। विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् । गतसाता देशभर बाढी-पहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका […]

कोटेश्वरमा अन्डरपास बनाउने योजनामा अलमल

११ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म […]



from समाचार – Online Khabar https://ift.tt/3Cpnrdc
via IFTTT
Powered by Blogger.