समाचार
११ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका छन् । उनले विहीबार ३ जना थुनुवाको मुद्दा पेशी तोकेका छन् । साथै उनले पछिल्ला साता सर्वोच्च अदालतमा दर्ता भएका निवेदनहरु पनि आफ्नै इजलासमा राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी […]
११ कात्तिक, धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम […]
११ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौं विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेश आइडियाका लागि रकम उपलब्ध […]
११ कात्तिक, काठमाडौं । ताइवानी राष्ट्रपति साइ यिङ यिङ वेनले चिनियाँ खतरा दिनदिनै बढिरहेको बताएकी छन् । मंगलबार सीएनएनसँगको विशेष अन्तर्वार्तामा बोल्दै वेनले बेइजिङबाट हरेक दिन खतरा बढिरहेको बताएकी छन् । अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला वेनले उक्त अभिव्यक्ति दिएकी हुन्। अन्तर्वार्ताका क्रममा वेनले ताइवान लोकतन्त्रको स्तम्भ भएको समेत बताएकी छन् । चीनले ताइवानलाई […]
११ कात्तिक, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। ६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा […]
११ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए । समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार […]
११ कात्तिक, बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ […]
११ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को विरोधकै बीच बैठक दिउँसो एक बजे बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने […]
हिन्दुहरूको महान् चाड विजयादशमीलाई बिदा गरेर अर्को ठूलो चाड तिहारको प्रतीक्षामा रहेका छौं । दशैंको तुलनामा चहलपहल (शहरबजारमा किनमेल गर्नेको भीड र शहरबाट गाउँ फर्कने लहर) केही कम हुने देखिए तापनि तिहारमा पनि आर्थिक कारोबारमा भने खासै कमी हुँदैन । अधिकांशले तिहारका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडाको जोहो दशैंमा नै गर्ने भएका कारण पनि तिहारमा […]
११ कात्तिक, बुटवल । नेकपा (एमाले)को सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका उपमहासचिव एवम् सोही क्षेत्रका संघीय सांसद घनश्याम भूषाल पक्षीय तीनैजना उम्मेदवारले पराजय ब्यहोरेका छन् । नगर अधिवेशनबाट अध्यक्षमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् । भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ […]
११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध निर्वाचित भएका छन् । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । […]
११ कात्तिक, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार […]
११ कात्तिक, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ । यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका […]
११ कात्तिक, बार्सिलोना । सात बुँदे घोषणापत्र पारित गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको विश्व भेला आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ। संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गर्दै विश्व भेला सम्पन्न भएको हो । संघका केन्द्रीय अध्यक्षकुमार पन्तले आफू भेलामा सहभागी नबन्ने र अरुलाई पनि […]
११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (कात्तिक १२ गते) स्कटल्याण्ड प्रस्थान गर्दैछन् । त्यहाँ हुने साइड लाइन […]
काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो । जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे । सिटीका लागि फिल […]
११ कात्तिक, हेटौंडा । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी […]
काठमाडौं । बायर्न म्युनिखले सन् १९७८ यताकै सबैभन्दा ठूलो हार बेहोर्ने क्रममा जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोन्चेनग्लाडसँग ५-० को पराकिलो अन्तरले पराजित भएको छ । सर्वाधिक २० पटक च्याम्पियन बायर्नको जर्मन कपमा यो सबैभन्दा फराकिलो हार हो । हारपछि बायर्न दोस्रो चरणबाटै बाहिरिँदा मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश गरेको छ । मोन्चेनग्लाडबाको जितमा ब्रिल […]
११ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ । चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको उनकी भतिजी अमृता लम्सालले जानकारी दिइन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन […]
काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीले रियलले शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर भने गुमाएको छ । बराबरीपछि पनि रियल १० खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । तर अन्य तीन टोलीको पनि समान […]
from समाचार – Online Khabar https://ift.tt/2ZFBFIB
via IFTTT