Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माइनस ८० डिग्रीको चिसोमा राखियो फाइजरको खोप

८ कात्तिक, काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप सोमबार बिहान नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । यसअघि प्रयोग भएका एस्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसन भन्दा फाइजर खोप भन्दा फाइजर खोप के […]

फिदिम बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

८ कात्तिक, पाँचथर। फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना […]

धानबाली टुसाएपछि राहतको पर्खाइमा सुदूरपश्चिमका किसान

८ कात्तिक, कैलाली । ‘राहत दिने कोही छन्कि हजुर, यो तस्वीर सञ्चार माध्यममा हाल्दिनु पर्‍यो, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो । आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्वीर  देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव […]

शिक्षामन्त्री पौडेल र युनिस्को नेपाल प्रमुख माइकलबीच भेटवार्ता

८ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनिस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो । युनिस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए । ‘नेपाल प्राकृतिक […]

बाढीले बगाएर जुम्लाको विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

८ कात्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो। तर यही कात्तिक १ […]

सर्वोच्चमा इजलास बस्न सकेन

८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार खाजा समय अघिसम्म इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरबाहेकका अरु १३ जना न्यायाधीश छुट्टै बैठकमा बसेपछि सोमबार तोकिएका ७ वटामध्ये कुनै पनि इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन् । उनले आफ्ना लागि भने इजलास तोकेका छैनन् […]

पाँचथरमा बस दुर्घटना, ६५ जना घाइते

८ कात्तिक, काठमाडौं । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल […]

चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु

८ कात्तिक, काठमाडौं। चाबहिलमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्‍यु भएको छ । काठमाडौं महानगरपालिका-७ चाबहिल पिपलबोटस्थित सडकमा बा.५ ख ६४०० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री भक्तपुर घर भएकी ७२ वर्षीया सानु माया पासाजुको आइतबार दिउँसो मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सुदूरपश्चिममा पहिरोले बिगारेका सडक अझै खुलेनन्

८ कात्तिक, धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ । सुदूरपश्चिम […]

सरकारी खर्चमा भोज भतेर गर्न नपाइने

८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित […]

नेपाल पत्रकार महासंघ हङ्कङका अध्‍यक्ष राईको भिरबाट लडेर मृत्यु

८ कात्तिक, खोटाङ । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट […]

एमालेको १० औं महाधिवेशनबाट ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

८ कात्तिक, काठमाडौं । मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् । गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । १० औं महाधिवेशनमा २ सय […]

होटेल संघका पूर्वअध्यक्ष श्रेष्ठ रहेनन्

८ कात्तिक, काठमाडौं । होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हानले उनको निधन भएको बारे जानकारी गराएको हो । हानले उनको निधनबाट मर्माहत भएको भन्दै यसबाट समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको बताएको छ । विसं. १९९५ […]

खोटाङमा महिला मात्रै रहेको एमाले वडा कमिटी चयन

८ कात्तिक, काठमाडौं । नेकपा एमालेले खोटाङको हलेसी–तुवाचुङ नगरपालिका-३ मा महिला मात्रै रहेको वडा कमिटी चयन गरेको छ । प्रथम वडा अधिवेशनबाट तार्मिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष कमलकुमारी राई, सचिव सम्झना राई, उपसचिवहरु अस्मिता राई र यशोदा विक, आर्थिक विभाग प्रमुख सर्मिला राई चयन भएकी छन् । ‘पूरै […]

लिखित राजीनामा तयार पार्दै भीम रावल

८ कात्तिक, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक-दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् । सोमबार अनलाइनखबरसित कुरा गर्दै रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए । ‘अस्ति मैले […]

एक शताब्दीपछि धानखेत बगर बनेपछि…

८ कात्तिक, कर्णाली (सुर्खेत) । मुखमा आएको गास खोसिएपछि तिला गाउँपालिका-४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा छन् । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । त्यसले उनको १० भारी धान मात्र क्षति भएन, खेत नै बगरमा परिणत भएको छ । सोही वडाका लालबहादुर सार्की र […]

गोरखामा अवैध सालको काठ बरामद

८ कात्तिक, गोरखा । अवैध रुपमा ओसारपोसार गर्न लागिएको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका-९ लुदीखोलास्थित पुन्चे सामुदायिक वनभित्र झाडीमा लुकाइ राखेको १२ गोलिया सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । ‘अवैध रुपमा सालको काठ ओसार पसार भइरहेको भन्ने गोप्य सूचना हामीले पाएपछि अस्थायी प्रहरी पोष्ट लक्ष्मीबजारबाट टोली खटायौ,’ प्रहरी निरिक्षक […]

राष्ट्रिय परिचयपत्रका लागि भक्तपुरमा १८ हजार जनाको विवरण संकलन

८ कात्तिक, काठमाडौं । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन् । यसैबीच सूर्यविनायक नगरपालिका ६ देखि १० सम्म सोमबारदेखि अभियान शुरु भएको छ । अभियान […]

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

८ कात्तित, काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् । अक्टोबर १७ […]

बानेश्वरको सडकमा खाल्डो !

८ कात्तिक, काठमाडौं । नयाँबानेश्वरको व्यस्त सडक भत्किएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ । खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ । काठमाडौं उपत्यका […]

सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटे

८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ । प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । यद्यपि फुलकोर्ट बस्ने/नबस्ने अन्योल छ । आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको […]



from समाचार – Online Khabar https://ift.tt/3m8uAsD
via IFTTT
Powered by Blogger.